त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू जागिर त्रिविमा खाने तर काम निजी कलेजको सेटिङमा गर्ने गरेको रहस्य खुलेको छ। त्रिविले हालै सञ्चालन गरेको व्यवस्थापन संकायको छैटौं सेमेस्टरको परीक्षाको प्रश्नपत्रमा भएको लापर्बाहीले त्रिविका प्राध्यापकहरू त्रिविका लागि निर्माण गर्ने प्रश्नपत्र निजी कलेजसँग सेटिङ गरी किनबेच गर्ने गरेको देखिएको छ। विद्यार्थीदोलनपछि व्यवस्थापन संकाय डिन कार्यालयले छानविन गर्दा त्रिविका लागि निर्माण गरिएको प्रश्नपत्र निर्माणकर्ताले निजी कलेजलाई उपलब्ध गराएको प्रमाािणत भएको डिन डिल्लीराज शर्माले बताए।
त्रिभुवन विश्वविद्यालयले परीक्षाको प्रश्नपत्र निर्माणमा चरम लापरवाही गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार रजिस्ट्रार पेशल दाहाल र व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै तालाबन्दी गरेको छ। विश्वविद्यालयले जेठ–असार महिनाभित्रै सञ्चालन भएका विभिन्न तहका परीक्षाका प्रश्नपत्र निर्माणमा चारपटक त्रुटी गरी चरम लापर्बाही गरेको भए पनि जिम्मेवार पदाधिकारीले दोषीलाई कुनै कारबाही नगरेको भन्दै विद्यार्थीहरू त्रिविको विकृतिका विरुद्ध आन्दोलनमा उत्रेका छन्।
सोमबार काठमाडौं उपत्यकाभित्रका विभिन्न व्यवस्थापन संकाय तथा अन्य क्याम्पसका नेविसंघ इकाइ समितिका तर्फबाट नेविसंघका नेता दीपक ओझाको नेतृत्वको टोली कीर्तिपुर पुगेर रजिस्ट्रार र व्यवस्थापन संकाय डिन कार्यालयमा ताला लगाएका छन्।
विश्वविद्यालयले असार २२ गते व्यवस्थापन संकायको बिबिए छैटौं सेमेस्टरका लागि लिएको परीक्षा ‘एमजीटी २०३ अर्गनाइजेसन बिहाभियर’ को प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि–बोर्ड’ परीक्षाका लागि लिएको परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको छ। यसैगरी असार २५ गते शनिबार बिबिए छैटौं सेमेस्टरको नेप्लिज सोसाइटी एन्ड पोलटिक्स (एसओसि २०२) विषयको परीक्षाको प्रश्नपत्र पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य प्रमाणित भएपछि व्यवस्थापन संकाय डिन कार्यालयले दुवै परीक्षा रद्ध गरिसकेको छ।
यसरी त्रिविले पटकपटक लापर्बाही गर्दै जाने र परीक्षा रद्ध हुँदा विद्यार्थीको भविष्य माथि नै गम्भीर खेलवाड भएको भन्दै नेविसंघले डिन डिल्लीराज शर्मा र परीक्षा समितिका अध्यक्ष एवं रजिस्ट्रार पेशल दाहालको राजीनामा माग गरी तालाबन्दी गरेका छन्।
परीक्षामा जस्तो संवेदनशील कार्यमा पनि त्रिविका पदाधिकारीबाट पटकपटक लापर्बाही हुने र दोषीलाई कारबाही पनि नहुने त्रिविका पदाधिकारीहरूको गैरजिम्मेवार रवैयाप्रति विद्यार्थीहरू आक्रोशित बनेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जनाए।
‘त्रिविका प्राध्यापकहरू जागिर त्रिविमा खाने, प्रश्नपत्र निर्माणका लागि थप रकम पनि लिने तर त्रिविको गरिमामाथि आँच आउने गरी निजी कलेजलाई प्रश्नपत्र बेच्ने काम गरिरहँदा समेत त्रिवि पदाधिकारी मौन बस्नु त्रिविको अहितमा छ,’ अध्यक्ष शेर्पाले भने, ‘जागिर त्रिविमा काम निजीमा गर्ने, निजी कलेजसँगको सेटिङमा प्रश्नपत्र बेच्ने कार्यले त्रिविका विद्यार्थीको मनोभावनामा गम्भीर आघात पुर्याएको छ।’ उनले चेतावनी दिए, ‘विद्यार्थीको भविष्य कुल्चने दुष्प्रयास गरिरहेका त्रिविका पदाधिकारीहरूले नैतिक आधारमा पनि राजीनामा दिनुपर्छ। राजीनामा नदिएसम्म आन्दोलन थप कडा गर्छौं।’
उता विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले व्यवस्थापन संकायको दुवै परीक्षाको प्रश्नपत्र निर्माणकर्ताले नै आफूले त्रिविका लागि निर्माण गरेको प्रश्नपत्र आफूले पढाउने निजी कलेजलाई समेत उपलब्ध गराएकाले समस्या उत्पन्न भएको स्वीकारेका छन्। उनले डिन कार्यालयले डा. रामजी गौतमको संयोजकत्वमा उच्च स्तरी छानबिन समिति गठन गरी छानबिन अघि बढाएको समेत जनाए। ‘प्रश्नपत्र निर्माण कर्ताबाट लापर्बाही भयो। वहाँहरूले त्रिविका लागि निर्माण गरेको प्रश्नपत्र आफूले पढाउने निजी कलेजको प्रिबोर्ड परीक्षामा समेत प्रयोग गर्नुभएको फेला पर्यो,’ डिन शर्माले नागरिकसँग भने, ‘प्रश्नपत्र लिक गर्ने तीनै प्राध्यापकलाई डिन कार्यालयले विभागीय कारबाही गरिसकेको छ।’ उनले थपे, ‘सोमबार बसेको त्रिवि कार्यकारी परिषद्ले समेत ती दोषी प्राध्यापकहरूलाई कारबाहीको निर्णय गरी सम्बन्धित कलेजहरूलाई परिपत्र गरिसकेको छ।
घटना छानविन गर्न कार्यकारी परिषद्ले उच्च स्तरीय छानबिन समिति गठन गरेको छ। समितिले प्रतिवेदन दिएपछि थप कारबाहीको प्रक्रिया अघि बढ्छ।’ हाललाई ती प्राध्यापकहरूलाई कुनै परीक्षाको काममा संलग्न नगराउने कारबाही भएको उनले जनाए। यसैबीच नेकपा समाजवादी निकट अनेरास्ववियु विद्यार्थी संगठनले आफूहरूलाई भेट नदिएको निहुँमा उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन्।