एसइई परीक्षाका लागि ताप्लेजुङमा १७ जना केन्द्राध्यक्ष तोकिए, २२ सय बढी परीक्षार्थी
०६ वैशाख २०७९
•
२ मिनेट पाठ
एसइई परीक्षाका लागि ताप्लेजुङमा १७ जना केन्द्राध्यक्ष तोकिए, २२ सय बढी परीक्षार्थी
माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ताप्लेजुङमा कायम भएका १७ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएका छन्। जुन माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ, सोही विद्यालयका प्रधानाध्यापक वा प्रिन्सिफल स्वत केन्द्राध्यक्ष चयन भएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए।




यो वर्षको एसइई परीक्षा सञ्चालनका लागि २ वटा निजी तथा आवासीय विद्यालयहरु समेत केन्द्र तोकिएका छन्। भट्टराईका अनुसार परीक्षा केन्द्र तोकिएका लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुल परीक्षा केन्द्रमा प्रिन्सिपल युवराज गिरी र नवज्योति आवासीय माविमा प्रिन्सिपल तेजबहादुर भट्टराई केन्द्राध्यक्ष तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ।

यस्तै बाससुं मावि मेदिबुङ परीक्षा केन्द्रमा रामचन्द्र उपाध्याय, भानुजन माविमा राजमणि प्याकुरेल, सिँवा माविमा ओमनाथ गौतम, युवा वर्ष मावि कैंजलेमा चन्द्रमणि पौडेल र जनता मावि हाङ्देवामा शरदराज निरौला केन्द्राध्यक्ष चयन भएका छन्।

यस्तै मोती मावि खोक्लिङमा केबुहाङ लिम्बू, त्रिभुवन मावि थुकिमामा खड्ग केदेम, सिनाम मावि सिनाममा महेन्द्रप्रकाश गौतम, थेचम्बु मावि थेचम्बुमा देउकुमार लिम्बू, तेल्लोक मावि तेल्लोकमा रुकमान थेबे र गणेश मावि खेवाङमा रामकुमार लिम्बू केन्द्राध्यक्ष चयन भएका छन्।

यस्तै भञ्ज्याङ मावि साब्लाखुमा राजेन्द्र इदिङ्गो, मैवाखोला मावि तेम्बेमा भक्तबहादुर लिम्बू, सरस्वती मावि हाङ्पाङमा चन्द्रप्रसाद तामाङ र दुर्गा मावि फुलवारीमा कुलप्रसाद भट्टराई केन्द्राध्यक्ष चयन भएका छन्।

१८ सहायक केन्द्राध्यक्ष र १ सय ११ निरीक्षक खटिने 

जिल्ला विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार यो सालको एसइई परीक्षामा ताप्लेजुङमा एउटा परीक्षा केन्द्र बाहेक सबै परीक्षा केन्द्रमा १–१ जना सहायक केन्द्राध्यक्ष खटिने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भट्टराईका अनुसार विद्यार्थी संख्याको अनुपातमा युवा वर्ष मावि कैंजलेमा मात्र २ जना सहायक केन्द्राध्यक्ष खटिने छन् भने बाँकी १६ वटा परीक्षा केन्द्रमा १–१ जना सहायक केन्द्राध्यक्ष खटिने छन्। भट्टराईका अनुसार सबै परीक्षा केन्द्रमा गरी कूल १ सय ११ जना निरीक्षक (गार्ड) खटिने छन्।

सबैभन्दा बढी निरीक्षक २ सय ३८ परीक्षार्थी रहेको युवावर्ष मावि कैंजलेमा १२ जना र सबैभन्दा कम ७२ परीक्षार्थी रहेको नवज्योति आवासीय मावि परीक्षा केन्द्रमा ४ जना निरीक्षक खटिने छन्। जिल्लाभरमा गरी कूल २ हजार २ सय २३ जनाले एसइई परीक्षा लेख्ने शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ।
अर्को समाचार
विद्यार्थीलाई पेशा चिनाउँदै मदरल्याण्ड मावि
१३ जेष्ठ २०८२
•
५ मिनेट पाठ
विद्यार्थीलाई पेशा चिनाउँदै मदरल्याण्ड मावि
पोखराको मदरल्याण्ड माविले एसइइ दिएका विद्यार्थीका लागि दिलाएको सौन्दर्यकला सम्बन्धि प्रशिक्षणमा सीप सिक्दै छात्राहरु। तस्बिरः सन्तोष/नागरिक
माध्यमिक शिक्षा परीक्षा (एसइइ) पछि फुर्सदिला भएका विद्यार्थीले के गर्दैछन्? कतिपय थप अध्ययनका लागि विभिन्न विषयको तयारी कक्षामा जुटेका छन्। परीक्षा सकेर फुर्सदिला भएपछि केही घुमफिरमा व्यस्त छन भने कतिपय फुर्सदिलो अवस्थामा घरमै बसेका छन्।  




कतिपय अभिभावक भर्खरैमात्र परीक्षाको चटारो सकेका छोराछोरीलाई आराम र घुमघाममा स्वतन्त्र पनि छाडेका छन्। परीक्षाको रिजल्टको पर्खाइमा रहेका विद्यार्थीबारे कतिपय विद्यालय समेत बेखवर छन। तर, पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले भने एसइइ दिएर फुर्सदिला भएका विद्यार्थीलाई फरक फरक सीपमुलक काममा व्यस्त बनाएको छ।

विद्यालयले विद्यार्थीका लागि इलेक्ट्रोनिक, प्लम्बिङ, वेभ डिजाइनिङ, वारिष्टा, कुकिङ–बेकिङ, सिलाईकटाई र सौन्दर्य कला सम्बन्धि सीप सिकाएर विद्यार्थीलाई व्यस्त बनाएको छ। विभिन्न समूह बनाएर विद्यार्थीलाई सीपमुलक काममा प्रशिक्षण दिएको संयोजक अनुप आचार्यले बताए। विद्यालयका १ सय ६६ जना विद्यार्थीलाई अहिले विभिन्न समूह बनाएर प्रशिक्षण दिएको आचार्यले बताए। विद्यालयले योपटक समेत गरेर लगातार तेश्रोपटक यस्तै प्रशिक्षण दिएको छ।

‘विद्यार्थीलाई फुर्सदको समयमा कतै न कतै व्यस्त बनाउन सक्ने हो भने उनीहरुले फरक फरक सीप पनि सिक्छन। फुर्सदको समयलाई उपयोग गर्दा उनीहरुमा जिम्मेवार बोध हुन्छ,’ आचार्यले भने, ‘पढाई छैन भनेर घरमा बस्दा उनीहरु मानसिक र शारिरिक समस्यामा थपिन सक्छ। डिजिटल डिभाइसको भरमा मात्र उनीहरुलाई राख्नुहुँदैन। फुर्सदको यो समयमा उनीहरुले भविश्य खोजिरहेका छन।’
कतिपय विद्यार्थी ब्रिजकोर्षको नाममा विभिन्न कक्षामा सहभागि भइरहँदा मदरल्याण्डले भने सीपमुलक कक्षा संचालन गरेर विद्यार्थीलाई नयाँ सीप सिकाएको छात्रा सिम्रन ढुंगानाले बताईन। ढुंगाना अहिले विद्यालयले संचालन गरेको सौन्दर्यकला सम्बन्धि प्रशिक्षणमा व्यस्त छिन्। ‘आफैले आफैलाई राम्रो बनाउन सकिन्न होला जस्तो लागेको थियो, तर अब त आफैले आफैलाई सिंगार्न सक्ने भए,’ उनले भनिन, ‘म मा आत्मबल पनि बढेको छ। घरबाहिर निस्कन हच्कने हामीलाई यो सिकाईले क्षमता बढाएको छ।’  

पछिल्लो पुस्तामा सामान्य खालको सीप पनि नभएको अवस्थामा यो सिकाईले नयाँ अनुभव दिलाएको उनले बताईन। ‘हामी अघिल्लो महिनासम्म पढाईमा मात्र व्यस्त थियौ। बाहिरी अवस्था बुझ्न सकेका थिएनौ, सीपको महत्व त थाहै थिएन। तर, यो सिकाईले हामीलाई आत्मबल पनि दियो, केही सीप पनि सिकायो,’ उनले भनिन, ‘भविश्यमा यो क्षेत्रमा पनि अवसर छ भन्ने देखाएको छ। फरक फरक पेसा र सीपको महत्व बुझ्ने अवसर पाएका छौ।’

अर्की छात्रा सुप्रिया काफ्ले पनि सौन्दर्यकला सम्बन्धि तालिममै व्यस्त छिन्। ‘दिनभर घरमा बसिरहन भन्दा केही सीप सिक्न पाएका छौ। यसले हामीलाई व्यस्त पनि बनाएको छ। सीप सिक्न पनि पाएका छौं,’ काफ्लेले भनिन, ‘ब्रिजकोर्ष मात्र होइन, यस्ता सीपमुलक काममा पनि व्यस्त हुनुपर्छ।’ अहिले सिकेको सौन्दयर्कला सम्बन्धि सीप सबैका लागि जरुरी रहेको उनले बताईन।  

‘सौन्दर्यकला नराम्रोलाई राम्रो मात्र बनाउने नभई राम्रोलाई झनै राम्रो पनि बनाउने सीप रहेछ, यो बल्ल बुझन पाए,’ काफ्लेले भनिन, ‘सौन्दर्यकलाको सीप जो कोहीलाई कुनैपनि बेला चाहिने भएकोले पनि यसको महत्व छ।’ फुर्सदिला छोराछोरीलाई उनीहरुको रुची अनुसारको सीप बुझाउने उपयुक्त समय भएको पनि उनले बताईन। ‘ब्रिजकोर्ष भनेर पढाईका पछाडि मात्र दौड्ने धेरै छन। तर, सीप र भविश्यको सम्भावना पहिचानमा धेरैको चाँसो छैन,’ उनले भनिन।  

पछिल्लो समय स्वदेश मात्र नभई विदेशमा पनि सौन्दर्यकला सम्बन्धि सीपले बढी महत्व पाउन थालेको उनले बताईन। ‘विदेश गएका धेरै महिलाले सौन्दर्यकलाको सीप सिकेर गएका छन। त्यसले उनीहरुलाई काम र दाम दिएको छ,’ उनले भनिन, ‘स्वदेशमै उद्यमशिल बन्नका लागि यस्ता सीप जरुरी छ।’ आफुलाई रुची रहेको कुनैपनि क्षेत्रमा सीप सिकेर बस्दा फाइदा हुने उनले सुनाईन।

‘सौन्दर्यकलाको सामान्य काम गर्न पनि महंगो शुल्क तिरेर बाहिर जानुपर्ने अवस्था अब रहन्न, यो पनि फाइदाकै पक्ष हो,’ उनले भनिन, ‘सीप सिकेर कसैलाई नोक्सान गर्दैन, बरु फाइदा नै हुन्छ। अहिले सिकेको सीपले भविश्यमा विदेश नै जानुपरेमा पनी अतिरिक्त काममा केही न केही सहयोग पुग्नेछ।’  
विद्यालयका प्राचार्य डा. नारायण बराल अहिले विद्यार्थीले सिकेको सीपलाई अन्यत्र कतै नभए आफैमा प्रयोग गर्न सक्ने बताउँछन। ‘व्यक्तिगत क्षमता बढाउने यस्ता सीप सिकेर तत्कालका लागि अन्यत्र प्रयोग नआउँला, तर, विद्यार्थी आफैले आफ्ना लागि त यो सीप प्रयोग गर्न सक्छन,’ बराल भन्छन, ‘विद्यार्थीलाई आफैमा निर्भर बनाउनका लागि विद्यालयले यो अभ्यास थालेको हो।’ एसइइ दिएका विद्यार्थीका लागि अहिले नै ब्रिजकोर्षको साटो यस्ता सीपमुलक सिकाईको आवश्यकता रहेको उनले बताए।

‘यस्ता सीपले विद्यार्थीले रुची बुझ्न पाउँछन। विद्यार्थीले आफ्नो रुचीको विषय पहिचान गर्न सक्नु पनि महत्वपूर्ण मानिन्छ। छोराछोरीको चाहना र अभिभावकको बुझाई फरक पर्न गयो भने त्यहाँ समस्या निम्तिन्छ। अहिले हामीले विद्यार्थीकै चाहना अनुसार सिकाईमा जोडेका हौ,’ बरालले भने।  

बरालका अनुसार विद्यालयले कक्षा ४ भन्दा माथिका विद्यार्थीलाई कुनै न कुनै तरिकाले सीपमुलक अभ्यासमा जोड्ने अभ्यास गरिरहेको छ। साताको एकदिन ‘बुक फ्री डे’ बनाएर त्यो दिन विद्यार्थीलाई यस्तै सीपमुलक सिकाईको अभ्यास गराइएको उनले बताए।  

‘एसइइ दिएका विद्यार्थीलाई फुर्सदको समयलाई सदुपयोग गराउन पनि यस्ता अभ्यास जरुरी छ। हामीले अभिभावकलाई आर्थिक भार नपर्नेगरि विद्यार्थीलाई निशुल्क सीप सिकाएका छौ। एकैजना विद्यार्थीले दुइ वा बढी सीप पनि सिक्न पाएका छन,’ उनले भने, ‘यो सीपले आफ्नो क्षमताले भ्याएसम्मका काम गर्न उनीहरु सक्षम हुनेछन।’ विद्यार्थीले आफ्नो रुची पहिचान गर्न नसक्दा कहिलेकाँही समस्या पर्ने गरेको प्राचार्य बरालले बताए। ‘हामीले विद्यार्थीको भोक जगाइदिने हो, खाने त उनीहरुले नै हो,’ उनले भने।  
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस