त्रिवि र आंशिक प्राध्यापकबीच सहमति
२६ फागुन २०७८
•
२ मिनेट पाठ
त्रिवि र आंशिक प्राध्यापकबीच सहमति
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगमा एक महिनादेखि लागेको ताला बुधबार खुलेको छ। आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समिति र त्रिविबीच शिक्षकको स्थायी र पदोन्नतिका लागि लिइने आगामी परीक्षाको पाठ्यक्रम तथा मूल्यांकन पद्धति परिमार्जनका लागि स्वतन्त्र विज्ञ समूह गठन गर्न त्रिवि सेवा आयोगलाई १५ दिनभित्र अनुरोध गर्नेलगायत चारबुँदे सहमति भएपछि ताला खोलिएको हो।




वार्ता समितिबीच आगामी चैतमा सेवा आयोगले सञ्चालन गर्ने उपप्राध्यापक पदको परीक्षा आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनअघि प्राविधिक विषयको र पछाडि अन्य विषयको गर्ने सहमति भएको छ। त्यसका लागि सेवा आयोगले पुनः परीक्षा तालिका सार्वजनिक गर्न अनुरोध गर्ने सहमति भएको छ।

यसैगरी सेवा आयोगको परीक्षालाई मर्यादित र निर्बाध रूपमा सञ्चालन गर्न सबैले आवश्यक सहयोग गर्ने र आंशिक प्राध्यापक सेवा आयोगमा लगाएको तालाबन्दी, धर्ना, विरोधलगायतका कार्यक्रम फिर्ता लिने सहमति पनि भएको छ।

सहमतिपत्रमा संघर्षका अध्यक्ष गोकुल लिम्बू, सदस्य राजेन्द्र आचार्य र सदस्य बैकुण्ठ थापाले हस्ताक्षर गरेका छन् भने त्रिवि वार्ता टोली संयोजक विष्णुप्रसाद वाग्ले, सदस्य हिक्मतबहादुर राणा र सदस्य अर्जुनविक्रम खड्काले हस्ताक्षर गरेका छन्।

विभिन्न राजनीतिक दलनिकट शिक्षक र विद्यार्थी संगठनहरूले आफ्ना माग पूरा गराउन दबाब दिने उद्देश्यले गरिने आन्दोलन र तालाबन्दीका कारण त्रिवि एक महिनादेखि गन्जागोल बन्न पुगेको छ। त्यस्ता गतिविधिका कारण त्रिविले दैनिक शैक्षिक, आर्थिक र प्रशासनिक काम सहज रूपमा गर्न सकेको छैन। उपकुलपति, रेक्टर, रजिस्ट्रारलगायतले कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् ।

माघ पहिलो सातादेखि आंशिक प्राध्यापकहरूले स्वतः करार हुनुपर्ने माग राख्दै विश्वविद्यालयका सेवा आयोग, उपकुलपति, रेक्टर, रजिस्ट्रार, सबै डिन कार्यालय र ६२ वटै आंगिक कलेजका लेखा, प्रशासन र कार्यालय प्रमुखहरूको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

तालाबन्दीका कारण एकातिर त्रिवि सेवा आयोगले फागुन २२ देखि उप्राध्यापक पदको परीक्षा सार्नुपरेको छ भने अर्कातिर परीक्षाको तयारीमा रहेकाहरूले निर्धारित मितिमै परीक्षा हुनुपर्ने भन्दै आयोगमा लागेको ताला फोडिदिएका थिए। लगत्तै आंशिक शिक्षकहरूले पुनः आयोगमा तालाबन्दी गरेर २४ घन्टे धर्ना दिँदै आएका थिए ।
अर्को समाचार
त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
२५ पौष २०७७
•
१ मिनेट पाठ
त्रिवि र आंशिक प्राध्यापकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ। विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार) मा नियुक्ति दिने सहमति भएको  छ।  




यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाटे पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन्। सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ।  

सहमतिमा विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक सहप्रा. विष्णुप्रसाद खनाल र सङ्घका तर्फबाट मोहनप्रसाद घिमिरेलगायतको हस्ताक्षर रहेको छ। हाल त्रिविमा करीव दुई हजार आंशिक प्राध्यापक छन्। रासस
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस