शिक्षक र विद्यार्थीको आन्दोलन र तालाबन्दीले रणभूमि बन्दै त्रिवि
२४ फागुन २०७८
•
६ मिनेट पाठ
शिक्षक र विद्यार्थीको आन्दोलन र तालाबन्दीले रणभूमि बन्दै त्रिवि
नेपालकै जेठो त्रिभुवन विश्वविद्यालय  हाल आंशिक प्राध्यापक र विद्यार्थीहरुको आन्दोलनका कारण रणभूमि बनेको छ। त्रिविमा लामो समयदेखि पठनपाठन गराउँदै आएका आंशिक  शिक्षकले आंशिकबाट स्वत करारको माग राख्दै त्रिविका विभिन्न निकायहरुमा एक महिनादेखि तालाबन्दी गर्दै आएका छन् भने विद्यार्थीहरु विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्य सुचारु गर्नु पर्ने माग राख्दै ताला फोड्दै आएका छन्।




शुक्रबार एमाले निकट अनेरास्ववीयुले उपप्राध्यापक पदमा परीक्षा संचालन गराउनु पर्ने भन्दै सेवा आयोगको ताला फोड्यो। त्यसलगत्तै आंशिक शिक्षकहरुले पुनः तालाबन्दी गरे। विवाद चर्केर मुठभेडको अवस्था आयो। हाल पनि सेवा आयोगको मुख्य गेटमै आंशिक प्राध्यापकहरु २४ घन्टा धर्नामा बसिरहेका छन्।

त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापकहरुको तालाबन्दी र विद्यार्थीले ताला फोड्ने कार्यले मुठभेडको अवस्था सृजना भएकोले त्रिवि सेवा आयोगले आइतबारदेखि संचालन गर्ने भनि तय गरेको उपप्राध्यापक पदको परीक्षा सारेको छ। फागुन २२ गतेदेखि चैत्र २३ गतेसम्म संचालन गर्ने भनि सार्वजनिक गरिसकेको उपप्राध्यापक पदको परीक्षा तालिका सारेको हो। आंशिक प्राध्यापकहरु एक महिनादेखि विश्वविद्यालयका सबै डिन कार्यालय, आंगिक कलेज र सेवा आयोगका सम्पूर्ण कार्यालयहरुमा तालाबन्दीगरि विश्वविद्यालय ठप्प पार्दै आएका छन्।

शनिवार सेवा आयोगले विद्यार्थी  र शिक्षकको आन्दोलनका कारण परीक्षा गर्ने वातावण नरहेको भन्दै परीक्षा सार्ने निर्णय गरी सूचनानै सार्वजनिक गरेको छ। सेवा आयोगका प्रसाशन प्रमुख केदारनाथ ढकालले एकातिर विद्यार्थीले तला फोड्ने र अर्कोतर्फ शिक्षकहरुले ताला लगाउने अप्राज्ञिक कार्यले विश्वविद्यायमा मूठभेड जस्तै वातावरण बनेको बताउँदै यस्तो अवस्थामा परीक्षा सार्नेको विकल्प नरहेको जनाए।

‘नयाँ तालिका अनुसार अब चैत्र २३ गतेदेखि वैशाख ९ ते सम्म परीक्षा गरिने छ,’ प्रमुख ढकालले नागरिकसँग भने ‘आगिक शिक्षकले एक महिनादेखि तालाबन्दी गरेकै कारण आयोगको परीक्षा सम्बन्धी सबै काम ठप्प छ। उता विद्यार्थीले परीक्षा गर भन्छ। अदालतले पनि परीक्षा  गर्ने निर्देशन दिएको छ तर शिक्षकहरु परीक्षा नगराउने पक्षमा हुनुहुन्छ।’ उनले थपे‘ आयोगमा काम गर्ने वातावरणै  छैन। जुनसुकै परिस्थिीतमा सेवा आयोगले त्रिवि भित्र स्वस्थ्य प्रतिस्पर्धा गराइ मात्र शिक्षक प्रवेस गराउँछ। गुणस्तरमा कुनै समझौता गर्दैछ।’

विगतमा आंशिकबाट करार र करारबाट स्वतः स्थाई गर्ने त्रिविमा विकृति कायम भएकोले यस पटक त्रिविका पदाधिकारीहरु सेवा आयोग पास गरेका शिक्षकहरुलाई मात्र प्रवेस गराउने अडानमा छन्। आायोगले परीक्षा सारे लगत्तै उपप्राध्यापक पदको परीक्षाको तयारीमा रहेका हजारौं विद्यार्थीलाई मार्का परेको भन्दै अनेरास्ववीयु आन्दोलनमा उत्रेको छ। 

अनेरास्ववीयु त्रिवि इन्चार्ज तथा सचिवालय सदस्य  मदन विष्टले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै परीक्षा गराउनै उदेश्यले विद्यार्थीले सेवा आयोगको ताला फोडेको उल्लेख गरेका छन्। उनले  सेवा आयोगले विनाकराण बदनियत पुर्वक परीक्षा सारेकोमा अनेरास्वीयुको ध्यानाकर्षण भएको बताए। उनले आयोगले परीक्षालाई पर धकेल्नु भनेको प्रतिस्पर्धाबाट पदपुर्ति गर्ने प्रकृयालाई आवरुद्ध गर्न खोजिएकोले यसको विरुद्धमा अनेरास्ववीयु कुनै पनि हदसम्म जान सक्ने चेतावनी दिएका छन्।

विश्वविद्यालय धरासायी बन्दै गएपछि विश्वविद्यालयका सहकुलपति एवं शिक्षा मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयको समस्या समाधान गर्ने आफु लागि परेको जनाए। उजले विश्वविद्यालयको अवरोध खुलाउन सहकुलपतिको हैसियतले मन्त्री पौडेलले  विश्वविद्यालयका उपकुलपति, रेक्टर , रजिष्ट्रारलगाएतका पदाधिकारीहरुसँग छलफल गरिरहेको जनाए।

‘दुइ दिनभित्र म आँफै लागेर विश्वविद्यालयको सेवा आयोगको ताला खुलाउन सबै पक्षसँग वार्ता गरि समाधान निकाल्छु,’ मन्त्री पौडेले नागरिकसँग भने ‘आंशिक प्राध्यापकसँग छफफल गरीरहेको छु। वार्ताबाटै समस्या समाधान हुन्छ। प्राध्यापकहरुले तालाबन्दी गर्नु ठिक होइन।’ उनले थपे, ‘विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक मार्यादा कायम गर्न सेवा आयोगको परीक्षा पास भएका सक्षम र योग्य शिक्षको विश्वविद्यालयमा प्रवेस हुन्छ। यसको लागि विश्वविद्यालयले वातावरण तयार पार्नु पर्छ। ’

त्रिभुवन विश्वविद्यालय राजनीति दलदलमा फस्दै गएको छ। २०४६ सालपछि देशमा बहुदल आएपछि  विश्वविद्यालयमा प्रवेश गरेको राजनीति पछिल्लाे समय संस्थागत रुपमै अघि बढेकै कारण विश्वविद्यालय राजनिति दलदलमा फस्दै गएाको  छ। प्राज्ञिक भन्दा अप्राज्ञिक कार्यहरु हुँदै गएको छ। मुलुकै जेठो र उच्च शिक्षाको ८० प्रतिशत स्थान ओगटेको त्रिविमा कहिले प्राध्यापक त कहिले विद्यार्थीहरुले विभिन्न माग राखेर तालाबन्दी गर्दै आएका छन्।'

त्रिविका आंशिक प्राध्यापकहरुले भने समान कामको समान ज्यालाको माग राख्दै एक महिनादेखि शान्तिपुर्ण आन्दोलन गर्दा समेत सम्बन्धित निकायले सुनुवाई नगरेकोलो आफूहरु बाध्य भएर तालाबन्दी गर्नु परेको आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बुले जनाए। उनले त्रिविका आंगिक कलेजहरुमा ६५ प्रतिशत कक्षा भार आंशिकहरुले ओगटेको तर त्रिविले उनीहरुको समान कामको समान ज्याला नदिएकोले आफूहरु चिन्तित् बनाएको उनको भनाई छ। ‘त्रिविमा ४ हजार ५ सयको हाराहारीमा दशकौंदेखि दरबन्दी खाली छ।

सरकारले भने त्यही दरबन्दीको समेत तलब सेवा सुविधा निकासा गर्दै आएको छ,’ अध्यक्ष लिम्बुले त्रिविको अवस्था सुनाए‘ सोहि रकममा त्रिविका पदाधिकारीहरु परिवारसहित विदेश सयर गर्छन्। ४ हजार ५ सय खाली प्राध्यापकहरुको कक्षा भार १७ वर्षदेखि आंशिकहरुलेनै धानी रहेको छ। ’ उनले थपे, ‘हाम्रो एउटै माग हो दैनिक ज्यादादारीबाट मासिक ज्यालादारीमा  परिणत गरिनुपर्छ।’

विश्वविद्यालयमा विद्यार्थीलाई नैतिकताको पाठ सिकाउने प्राज्ञिक क्षेत्रका प्राध्यापकहरुनै तालाबन्दीमा उत्रिनुलाई शिक्षाविद्हरुले त्रिविमा राजनिति दलले संस्थागत मान्यता पाएको विश्लेषण गरेका छन्।  ०४६ पछि देशमा  बहुदल आएपछि पनि विश्वविद्यालयहरुको कुलपति राजानै हुने व्यवस्थाले ०६३ साल अघिसम्म विश्विद्यालयमा पदाधिकारी नियुक्ति गर्दा केहि हदसम्ममा मात्र भागबन्डा हुन्थ्यो। तर ०६२/०६३को आन्दोलनपछि विश्वविद्यालयहरुमा राजनीति भागबन्डामा पदाधिकारी नियुक्ति गर्ने प्रकृयाले संस्थागत रुपमै मान्यता पाउन थाल्यो। यसकारण विश्वविद्यालयको शैक्षिक स्तरनै खस्कन्दै गएको विज्ञहरुको तर्क छ।

शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयका पदाधिकारीहरु पनि विश्वविद्यालयभित्र प्रणाली बनाएर अघि बढ्न नसक्नुको कारण विश्वविद्यालय राजनीति दलदलमा फस्दै गएको औल्याए। उनले विश्वविद्यालयहरुको प्राज्ञिक र संस्कृति मर्यादा भत्काउने काम लोकतन्त्र स्थापनापछि बढ्दै गएको विश्लेषण गरे। ‘०४६पछिको बहुदल स्थापना हुँदा राजा कुलपति हुने व्यवस्था कायम थियो। पदाधिकारी नियुक्तिमा दलगत कुरा आयो तर विवाद थिएन,’ शिक्षाविद् कोइरालाले समस्या बताए ‘०६२/०६३ पछिको आन्दोलनले लोकतन्त्र प्राप्त गर्यो। विश्वविद्यालयहरुमा शिक्षक/कर्मचारिहरु पनि दलगत बाडिए। यसैले विश्वविद्यालयहरुको शैक्षिक, संस्कृति र प्राज्ञिक क्षेत्रलाईनै खस्काउँदै लग्यो।’ उनले सुझाए ‘त्रिविले ६/६ महिनामा त्रिवि सेवा आयोग खुलाएर शिक्षक/कर्मचारीको नियुक्तिकोलागि परीक्षा संचालन गरि योग्य र सक्षम व्यक्तिलाई भित्र्याउनुपर्छ।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस