दबावमा आंशिकलाई स्वतः स्थाई गराउने काम पदाधिकारीले नस्विकार्ने त्रिविको चेतावनी
०४ फागुन २०७८
•
५ मिनेट पाठ
दबावमा आंशिकलाई स्वतः स्थाई गराउने काम पदाधिकारीले नस्विकार्ने त्रिविको चेतावनी
विश्वविद्यालयको शैक्षिक मर्यादा कायम गर्न र प्राज्ञिक उन्नयनको लागि त्रिविमा खुला प्रतिस्पर्धाबाट आफूलाई अब्वल र अनुसन्धानमा रुचि राख्ने सक्षम तथा सृजनसिल योग्य शिक्षकलाई मात्र विश्वविद्यालयमा प्रवेश  गराउने त्रिवि कार्यकारी परिषद्ले निर्णय नै गरेको छ।




त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई अब कुनै पनि संघ-संगठनहरुले अनसन वा तालाबन्दीको आडमा भौतिक, मानसिक र नैतिक दबावमा पारेर आंशिकलाई स्वत करार र करारबाट स्वतः स्थायी गराउने गलत कृयाकलाप अब त्रिविका पदाधिकारीले नस्विकार्ने चेतावनी दिएका छन्।

हाल विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदकोखाली खुला विज्ञापन गरेसँगै विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरु स्वत करारको माग गर्दै त्रिविका विभिन्न निकायहरुमा तालाबन्दी गर्दै विरोध जनाउँदै आएका छन्। हाल विश्वविद्यालयमा गत पुष मसान्तभित्र विभिन्न संघ संगठनका नाममा गरिएका तालबन्दीले एक सय ४९ दिन त्रिवि तालाबन्दीमा विताएको रजिष्ट्रार कार्यालयले सूचना सर्वजनिक गर्दै जनाएको छ।

विभिन्न विद्यार्थी संगठनको नामबाट, आंशिक शिक्षकको नामबाट, वैैचारिक संगठनको नामबाट माग पुरा गराउने निहुँमा त्रिविमा उपकुलपति, शिक्षाध्यक्ष, राजिष्ट्रार, अनुगमन महाशाखा र डिन कार्यालयहरुमा तालबन्दी छ। माघ ६ गतेदेखि सरकार पक्षधर नेपाल विद्यार्थीसंघ (नेविसघं)ले त्रिविले जनकपुरमा रहेको नेपाल युथ कलेजको खारेज गरेको विषयको सम्बन्धन तत्काल कायम गरिनु पर्ने माग राख्दै तालाबन्दी गरेको छ भने आंशिक शिक्षकहरुले त्रिविमा कार्यरत २ हजार २ सय आंशिक शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट मासिक पारिश्रमिकमा करार गरिनु पर्ने माग राख्दै तालाबन्दी गरेका छन्।

त्रिवि कार्यकारी परिषद्को फागुन २ गते बसेको बैठकले नै अब त्रिविमा कुनै पनि किसिमको तालाबन्दी स्वीकार नगरिने र कुनै पनि संघसंगठनको दबावमा विश्वविद्यालयलाई हानि नोक्सासनी पुग्ने कुनै पनि गलत निर्णय नगर्ने निर्णय गरेको त्रिविका सूचना अधिकिारी योगेन्द्रप्रसाद दहालले जनाए। कार्यकारी परिषद्कै निर्णय अनुसार त्रिवि रजिष्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दहालले सार्वजनिक सूचना जारी गरी बारम्बार तालाबन्दीको आडमा अब त्रिवि पदाधिकारीले त्रिविलाई हानी नोक्सानी हुने कुनै पनि गलत माग नस्विकार्ने अपिल गरेको जनाए।

उनले त्रिविमा हाल कहिले विद्यार्थी संगठनले इकाई समितिको नामबाट, कहिले , कहिले आंशिक शिक्षकको नामाबाट त कहिले वैचारिक संगठनको नामबाट भौतिक, नैतिक र मासिनक दबाव दिएर जस्तो सुकै माग पुरा गराउने विकृति फैलिदैं गएको औल्याए। जसका कारण त्रिविमा पदाधिकारीहरुले शैक्षिक र प्राज्ञिक मार्यादा कायम गर्न नसकेको चौतर्फी आलोचना खेप्नु परिरहेको छ।

अर्को तर्फ त्रिविले आंशिकलाई करार नगरे देशभरिका आंगिक कलेज र परीक्षा कार्यालयहरुमा समेत तालाबन्दी गर्ने चेतावनी आंशिक प्राध्यापक संघले दिएको छ। मंगलबार पनि आंशिक प्राध्यापक संघले त्रिविका शिक्षा, मानविकी, कृषि तथा वन, व्यवस्थापन लगाएतका डिन कार्यालयहरु, अनुगमन महाशाखामा समेत तालाबन्दी गरेको जनाए। 

‘२०७४ सालमा दबावमै त्रिविमा १४२० आंशिकलाई स्वतः करार गरियो। तर आर्थ मन्त्रालयले हालसम्म पनि आर्थिक स्रोत उपलब्ध नगराउँदा समस्या आएको,’ सूचना अधिकारी दहालले नागरिकसँग भने ‘अनसन र तालाबन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीहरुलाई भौतिक, मानसिक र नैतिक दबाव दिई आंशिकलाई स्वत: करार र करार सेवा प्रवेश गरे स्वतः स्थाई गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त स्वीकार गर्दैन।’

उनले कडा रुपमा भने ‘कार्यकायरीको निर्णयनै खुला प्रतिष्पर्धामार्फत आफूलाई अब्वल साविन गर्न खोज्ने अनुसन्धानमा विशेष रुचि राख्ने सृजनसिल, लगनसिल र अनुशासित शिक्षकलाई मात्र त्रिविले स्वीकार गर्छ।’ माघ ६ गतेदेखि लगाइएको तालाबन्दीको बारेमा त्रिविले माघ ११ गतेनै त्रिविले वार्ता समिति र उच्चस्तरीय छानविन समिति गठन गरी वर्ता र छानविनको प्रकृया अगाडि बढाइसकेको उनले जनाए।

समस्या समाधानकोलागि विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति देवेन्द्र पौडेललाई तथा तलाबन्दी गर्ने विद्यार्थी संगठनको केन्द्रीय नेतृत्वलाई विशेष आग्रह गरेको समेत उनले अवगत गराए।

‘त्रिविका आंशिकलाई सम्बन्धित क्याम्बसबाटै आन्तरिक व्यवस्थापन गर्दै जाने, सेवा आयोगद्धारा नियमित विज्ञापन गरी आंशिकलाई स्थायी हुने अवसर दिने र ०७४ सालमा सरकारले स्वीकृत गरेको १४२० दरबन्दीलाई आवश्यक आर्थिक स्रोतलाई निरन्तरता दिन त्रिविले पहल गरिरहेको छ,’ सूचना अधिकारी दहालले भने ‘विश्वविद्यालयको प्राज्ञिक मर्यादामानै आँच आउने गरी अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नुका पछाडिको उदेश्यमा कतै प्राज्ञिक भन्दा भिन्नको तत्वले सक्रीयता बढाइरहेको त छैन भन्ने गम्भीर आशंका पनि सिर्जना गरेको छ।’

अर्को तर्फ आंशिक प्राध्यक संघका केन्द्रीय अध्यक्ष गोकुल लिम्बु, केन्द्रीय सहअध्यक्ष राजेन्द्र आचार्य र केन्द्रीय सहअध्यक्ष एवं प्रवक्ता एलवि विष्टले जारी गरेको विज्ञप्तीमा आंशिकहरुले ज्यालाको समानताको न्यायाकोलागि मात्र आन्दोलन गरेको उल्लेख गरेको छ।

‘त्रिविमा हाल चार हजार ५ सयको हाराहारीमा दरबन्दी खालि छ। त्यही दरबन्दीमा आंशिकहरुले कामगरिरहो छन्,’ अध्यक्ष लिम्बुले नागरिकसँग भने ‘त्रिवि शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५०मा रिक्त दरबन्दीमा ६ महिनादेखि १ वर्ष अस्थायी र २ वर्षसम्म करार नियुक्ति गर्ने स्पष्ट ब्यवस्था भए पनि खाली दरबन्दीमा नेपाल सरकारबाट आएको पैसाले देशविदेश भ्रमण, विभिन्न शिर्षकमा खर्च देखाएर पदाधिकारीहरुको रजगज चलिरहेका छ।’

उनले चेतावनी दिए ‘त्रिविले १७ वर्षदेखि निरन्रत आंशिकहरुको बौद्धिक श्रम शोषण पिडित बनाइरहेको छ। त्रिविमा आंशिकलाई करार नगरे देशभरिका आंगिक, परीक्षा कार्यालयलगाएत सम्पुर्णमा तालाबन्दी गरि त्रिविनै ठप्प पार्ने छौं।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस