विश्वभरि नै कोरोना महामारीको जोखिम उच्च बन्दै गएको छ। कुन बेला कुन देशको बोर्डर बन्द हुन्छ भन्ने ठेगान छैन। तर नेपाली विद्यार्थी भने जस्तोसुकै विषम परिस्थितिमा पनि बिदेसिन तयार रहेको देखिन्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दिनहुँ नो अब्जेक्सन लेटर (एनओसी) वितरण शाखामा देखिएको भिडले पनि त्यसको पुष्टि गर्छ। एनओसी लिने विद्यार्थीको भिडका कारण शाखा प्रमुख हरि निरौलालाई भ्याइनभ्याइ छ। त्यसरी भिड बढेको देखेर आफू चकित भएको उनले सुनाए।
‘विश्वभरि नै कोरोनाको जोखिम उच्च छ तर हाम्रा विद्यार्थी उच्च शिक्षा हासिल गर्न बिदेसिन हतारिइरहेका छन्,’ प्रमुख निरौलाले नागरिकसँग भने, ‘बोर्ड बन्द हुने त्रासका कारण जनवरी इन्टेकका लागि एनओसी लिनेहरूको भिड नै भएको छ।’ उनले थपे, ‘यति मात्र होइन, बोर्डर बन्द भएका देशहरूमा अनलाइन अध्ययनका लागि एनओसी लिनेको पनि त्यतिकै भिड छ।’
प्रमुख निरौलाका अनुसार सन् २०२१ जनवारीदेखि डिसेम्बरसम्ममा कुल १ सय ३ देशका लागि विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न एनओसी लिइसकेका छन्। यो अवधिमा कुल ४५ हजार ३ सय ५२ विद्यार्थीले एनओसी लिएका छन्। जसमा सबैभन्दा बढी जापानका लागि छन्। कुल १३ हजार ८ सय ७७ विद्यार्थीले जापानमा विभिन्न विषयमा अध्ययन गर्न एनओसी लिएका छन्। जबकि जापानको बोर्डर खुलेकै छैन।
‘मैले विद्यार्थीलाई जापानको बोर्डर नखुले पनि किन एनओसी लिएको भनेर सोधें। उनीहरूले अनलाइन पढाइका लागि भर्ना हुँदा पैसा तिर्न एनओसी लिएको जवाफ दिए,’ प्रमुख निरौला भने, ‘नेपालमै पढ्न पाइने विषय जापानमा अनलाइन अध्ययनका लागि विद्यार्थीले पैसा तिरेको देख्दा पो आश्चर्य लाग्यो।’ उनले थपे, ‘एनओसी लिने विद्यार्थी बोडर्र खुलेपछि जापान गएर अध्ययन गर्ने आशाले पनि एनओसी लिएर कलेजमा भर्ना भएको पाइयो।’ यसैगरी अर्को ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षा हासिल गर्न जाने देशमा अस्ट्रेलिया रहेको छ। त्यो देशका लागि सोही अवधिमा कुल ११ हजार ५ सय ११ विद्यार्थीले एनओसी लिएका छन्। क्यानाडाका लागि ५ हजार ७ सय ६३, बेलायतका लागि ६ हजार ९ सय १८ र रिपब्लिक अफ कोरियाका लागि ३ हजार २ सय ४५ विद्यार्थीले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ।
‘कोरोना कहरबीच पनि दैनिक औसत ५ सय विद्यार्थीले मन्त्रालयबाट एनओसी लिने गरेका छन्,’ प्रमुख निरौलाले नागरिकसँग भने, ‘केही देशले कोरोना कहरबीच पनि विदेशी विद्यार्थीलाई दिएको सेवासुविधा र भिसामा गरेको सहजताका कारण अध्ययनका लागि बिदेसिने विद्यार्थी बढी भएका हुन्।’ उनले थप सुनाए, ‘अस्ट्रेलिया, क्यानडा, युकेलगायत देशले विदेशी विद्यार्थीलाई राम्रो सुविधा दिएकाले जनवरी इन्टेकका लागि धेरै विद्यार्थीले एनओसी लिएका हुन्।’ उनले अमेरिका, नर्वे, फिलिपिन्स, स्विजरल्यान्ड र थाइल्यान्डलगायत देशले समेत विदेशी विद्यार्थीलाई आकर्षक सेवासुविधा, छात्रावृत्ति तथा शुल्कमा छुट दिएकाले विदेशी शिक्षाप्रति नेपाली विद्यार्थीको आकर्षण बढेको पाइएको जनाए।
‘मैले जापानको वासेडा विश्वविद्यालयमा आइटी विषयमा स्नातकोत्तर अध्ययनका लागि भर्ना पाएँ। अंग्रेजी माध्यमबाट पठनपाठन हुने र विश्वमा पनि राम्रो मानिने विश्वविद्यालयमा भर्ना पाउनु मेरा लागि ठुलो हो,’ मन्त्रालयमै एनओसी लिन आएकी शिक्षा तुलाधरले भनिन्, ‘विश्वविद्यालयमा पैसा तिर्न एनओसी चाहिन्छ। मैले त्यो लिएँ। अब केही दिन आनलाइन अध्ययन गर्छु।’ उनले थपिन्, ‘बोडर्र खुलेपछि जापानमै गएर अध्ययन गर्नुपर्छ। भिसा पाइसकेकी छु।’ शिक्षाले जापानको विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र विश्वबजारमा बिक्ने र राम्रो अवसर पाइने भएकाले पनि त्यहाँ अध्ययन गरेको सुनाइन्।
‘नेपालमा ससाना निहुँमा कलेजमा आन्दोलन र तालाबन्दीले चार वर्षे कोर्स पाँच वर्ष पुग्छ। वर्ष नै खेर जान्छ,’ उनले भनिन्, ‘तर विदेशी शैक्षिक संस्थाहरूले जस्तो विषम परिस्थितिमा पनि विद्यार्थीको शैक्षिक सत्र खेर जान दिँदैनन्। अनललाइनमै भए पनि कोर्स पूरा गाराउँछन्।’ उनले थपिन्, ‘कोरोनाका समयमा क्यानडा, अस्ट्रेलिया, अमेरिकालगायतका थुप्रै देशले विदेशी विद्यार्थीलाई पनि राम्रो सेवासुविधा दिएका छन्।’ बरु, नेपलाी शैक्षिक संस्थाहरूले केही पनि राहत/छुट विद्यार्थीलाई दिएनन्।
युक्रेनका लागि एनओसी स्थगन
युद्धका कारण विषम परिस्थिति उत्पन्न भइरहेकाले शिक्षा मन्त्रालयले युक्रेनमा अध्ययनका लागि विद्यार्थीलाई एनओसी दिन रोक लगाएको छ। माघ ११ गते बसेको सचिवस्तरीय निर्णयले युक्रेनमा हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै एनओसीमा रोक लगाएका हो।
२०७७/७८ आर्थिक वर्ष युक्रेनका लागि ३ सय ७६ ले एनओसी लिएका थिए। भने सन् २०२१ को अन्तसम्मा ६ सय ७८ एनओसी युक्रेन अध्ययनका लागि जारी भएको थियो।
हाल सन् २०२२ को जनवरी पहिलो सातासम्म ६२ एनओसी जारी भएको थियो। ‘हाल युक्रेन युद्धग्रस्त क्षेत्र बन्दै गएको छ। अन्य मुलुकले पनि आफ्ना विद्यार्थी फिर्ता बोलाएका छन्,’ प्रमुख निरौलाले भने, ‘त्यहाँ विश्वका राम्रा विश्विद्यालयहरू छन्। तर, विद्यार्थी युक्रेन पठाएर असहज परिस्थितिमा जहाज पठाएर फिर्ता बोलाउनुभन्दा हाललाई युक्रेनका विश्वविद्यालयहरूमा अध्ययन गर्न दिइने अनुमतिपत्र स्थगन गरिएको छ।’