देशभर कोरोना संक्रमितको ग्राफ उकालो लागेको बेला जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा २५ जना बढी जमघट हुन प्रतिबन्ध लगाएको छ। तर, जिल्ला प्रशासन कार्यालय बर्दियामा माघ ५ गते परीक्षा छनौट समितिका लागि प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले सरकारी निकायले लिने परीक्षामा ८ सय बढीलाई सहभागी गराउने निर्णय गरेको छ।
माघ ५ गते भएको निर्णयले माघ ८ गते दिउँसो हुने लुम्बिनी प्रदेशको कृषि खाद्य प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयले करारमा लिने जनशक्ति परीक्षा संचालनका लागि प्रजिअ सुनारकै अग्रसरता देखिन्छ। परीक्षाको समन्वय बर्दिया जिल्लामा रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयले गरिरहेको छ। एकीकृत कार्यालयको लेटर प्याडमा शुक्रबार माघ ८ गते दिउँसो १ बजेका लागि परीक्षाको तालिका सार्वजनिक गरेको भेटिएको छ।
जिल्लाको सदरमुकाम गुलरियामा रहेको बबई बहुमुखी क्याम्पस र बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा परीक्षा हुने खबरले स्थानीयमा त्रास फैलिएको छ। प्रजिअ सुनारको अध्यक्षतामा बसेको बैठकले ८ सय परीक्षार्थी रहेको परीक्षा तयारीका लागि निर्णय गरेको हो। बबई बहुमुखी क्याम्पसमा सरकारी निकायले तयार पारेको तालिका अनुसार परीक्षामा ४ सय ७७ जना र गुलरिया नगरपालिका ६ स्थित बगलामुखी राधाकृष्ण थारु माविमा ३ सय ४२ जना प्रशिक्षार्थी सहभागी हुने छन्।
तर, मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको बबई बहुमुखी क्याम्पसले पूर्व निर्धारित मिति तय भईसकेको परीक्षा स्थगन गरेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासमा माघ २ गतेदेखि सुरु भएको ईन्जिनियरिङ परीक्षा र मध्यपश्चिम विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले बबई बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तरका लागि माघ १२ गते मध्यवधि परीक्षा स्थगन गरेको सूचना निकालेको छ। तर, कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको सन्त्रास आमनागरिकमा भईरहेको बेला संक्रामक रोग नियन्त्रण वा न्यूनीकरणका लागि नियमनकारी निकायका प्रमुख अथवा प्रजिअ सुनारको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयले कोरोना भएमा कसले जिम्मा लिने भन्दै स्थानीयले जवाफ मागेका छन्।
भारतको खुला सीमासँग जोडिएको सदरमुकाम गुलरियामा नियमनकारी निकायको बेवास्ताले ओमिक्रोनको उच्च जोखिम रहेको नाम नखोल्ने शर्तमा एक शिक्षकले बताए। ‘यति बेला विद्यालय, हाट बजार र विवाहमा समेत मानिसहरुलाई भिडभाड गर्न प्रतिबन्ध लगाएको अवस्था छ’, उनले भने,‘तर, जिल्ला प्रशासनको निर्देशन नै सरकारी निकायकै प्रमुखले लत्याउनु दुःखद् कुरा हो।’
सुरक्षा मापदण्ड अवलम्बन गरेर परीक्षा संचालन गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए। ‘जनशक्ति पदपूर्ति गर्ने परीक्षा भएकाले सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको छु’, सुपरिवेक्षक समेत रहेका प्रजिअ सुनारले भने,‘परीक्षाको सम्पूर्ण तयारी गरिसकेकाले रोक्न जाहेज लागेन, एक घन्टाभित्र परीक्षा लिने भएका मापदण्ड मिल्ने गरी परीक्षा लिन्छन्।’