त्रिवि सभाको गलत निर्णयविरुद्ध विद्यार्थी सर्वोच्चमा
१६ पौष २०७८
•
३ मिनेट पाठ
त्रिवि सभाको गलत निर्णयविरुद्ध विद्यार्थी सर्वोच्चमा
त्रिभुवन विश्वविद्यालयबाट रसायन शास्त्रमा स्नातकोत्तर तह पास गरी दीक्षित भएकी मनीता खड्गीले त्रिवि सेवा आयोगले भदौं १५ गते हुने तय गरेको खुला प्रतिस्पर्धाका लागि उपप्राध्यापक पदको परीक्षाको तयारी गरिरहेकि थिइन्। आयोगले परीक्षा तालिकानै सर्वाजनिक गरीसकेपछि परीक्षा भदौं १५ गतेनै हुनेमा मनीता ढुक्क  भएर परीक्षाको तयारीमा जुटेकी थिइन्।




तर आयोगले परीक्षा अगावै कात्तिक तिर सूचना प्रकासित गरि एक्कासी परीक्षाको सम्पूर्ण तालिका स्थगित गरेको सूचना प्रकाशित गर्‍याे। तर  पनि उनले केहि दिनमै त्रिवि सेवा आयोगले परीक्षा तालिका प्रकासित गरि पुनःपरीक्षाको मिति तय गर्नेमा विश्वस्त थिइन्। उनी तब निरास बनिन् जब त्रिविले एकाएक मंसिर १४ गते बसेको त्रिवि सभाबाट त्रिविमा कार्यरत ४ सय ८० करारका शिक्षलाई कार्यरत पदमा विशेष आन्तरिक प्रतिस्पर्धाबाटै स्वतः स्थाई गराउने निर्णय गर्‍याे। यसकोलागि सभाले त्रिवि शिक्षक सेवा सम्बन्धी नियम २०५०को परिच्छेद २ नियम ५मा संशोधन गरी करारलाई स्वतः स्थार्य गराउने व्यवस्था गर्‍याे।

‘म रसायन शास्त्रको विद्यार्थी विज्ञानकै क्षेत्रमा अध्यापन तथा अनुसन्धान गर्ने लक्ष्यसहित स्वदेशमै बसेर काम गर्ने पक्षमा छु,’ २५ वर्षीया मनिताले नागरिकसँग भनिन् तर ‘त्रिविमा बढी रहेको राजनीति र अप्राज्ञिक विकृतिका कारण हामी जस्ता थुप्रै युवाहरुलाई विदेशीन बाध्य बनाइरहेको छ। मैले त्रिवि सेवा आयोगमा खुला प्रतिस्पर्धाबाटै उपप्राध्यापक पदकोलागि परीक्षा फारम भरेकी थिँए।’ उनले निराश भावमा भनिन् ‘तर बिचैमा षड्यन्त्त पूर्वक त्रिवि सभाले परीक्षाको सार्वजनिक गरेको तालिकानै रद्ध गरेर करारका ४८० शिक्षकलाई स्वतः स्थाई गराउने निर्णयनै पास गरायो। यसले हामी यस्ता युवाले कहिले त्रिवि सेवामा प्रवेशको अवसर पाउने? त्यही भएर हामी जस्ता पिडित विद्यार्थीहरु त्रिवि सेवा आयोगको गैर कानीनू निर्णयको विरुद्ध सर्वोच्चमा गएका हौं।’

त्रिवि सभाको मंसिर १४ गतेको करारका शिक्षकलाई स्वतः स्थाई गर्ने निर्णयविरुद्ध मनिाता खड्गी र अर्का विद्यार्थी रमेश विस्ट गत विहिबार सर्वोच्चमा मुद्धा दायर गरेका हुन्। यति मात्र होइन हाल त्रिवि सभाको गलत निर्णयको विरुद्ध विद्यार्थीहरु पनि आन्दोलनमा उत्रेका छन्। सरकार पक्षकै नेपाल विद्यार्थी संघ( नेविसं), गठबन्धन सरकारका माओवादि निकट क्रान्तिकारी विद्यार्थी संगठन र एमाले निकठ अनेरास्ववीयु तथा संयुक्त विद्यार्थी संगठनले त्रिविका उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्य कक्षमा तालाबन्दी गरेका छन्। 

हाल त्रिविको उपकुलपति प्राडा धर्मकान्त बासकोटाको कार्यक्ष र मूल गेटमै अनेरास्ववीयुको तालाबन्दी छ। पदाधिकारीहरुको कार्यकक्षमा चार–चार वटा तला झुन्डिएको छ। अनेरास्ववीयुका त्रिवि इकाई इन्चार्ज मदन विस्टले  त्रिविले गरेको गलत निर्णय खारेजी नगरेसम्म अनिश्चित तालाबन्दी कायम हुने चेतावनी दिए। उनले विश्वविद्यालयमा पदाधिकारीहरुले गलत निर्णय गर्दै आआफनो दल निकटका ब्यक्ति भर्तिको केन्द्र बनाउन गलत निर्णय गराउने विकृतिको विरुद्ध विद्यार्थी संगठन आन्दोलनमा उत्रेको जनाए।

‘त्रिविले गठन गरेको वार्ता टोलि पनि औचित्यहिन बार्ता गरेकोले हामी बार्तामा नबसेका हौं,’ इकाई इन्र्चा विस्टले चेतावनी दिए. ‘त्रिविले गलत निर्णय नसच्चाए थप आन्दोलनमा उत्रने छौं।’उनले थपे‘त्रिविका पदाधिकारीहरु दलबाटै नियुक्ति भएकाले वाहाँहरु सरकारको तलब खाए पनि त्रिविमा बसेर दलकै कम गरिरहनु भएको छ। जुन अनेरास्ववीयुले सहन सक्दैन।’

त्रिविका प्रवक्ता सुर्यप्रसाद अधिकारीले भने त्रिविका पदाधिकारीहरुको कार्यकक्षमा  अनेरास्ववीयु, नेविसं, क्रान्तिकारी र संयुक्त विद्यार्थी संगठनले चार–चर वटा तालाबन्दी गरेकै कारण त्रिविका दैनिक शैक्षिक, प्रशासनिक र आािर्थक सबै कार्यहरु ठप्प बनेको जनाए।

‘त्रिविमा तालैताल लगाइएको कारण विश्वविद्यालयले गर्नु पर्ने सबै कामहरु ठप्प बनेका छन्। पदाधिकारीहरु कार्यकक्षमा आउन पाउनु भएको छैन,’ प्रवक्ता अधिकारीले भने ‘त्रिविले दिनु पर्ने विषयगत समकक्षतादेखिन त्रिविका  निर्णयहरु कार्यन्वयन गर्नु पर्ने निर्देशनलगाएत आर्थिक, शैक्षिक र प्रशासनिक निर्णयहरु कार्यन्वयन गर्न सकिएको छैन। एक महनिादेखि सम्पूर्ण कार्य ठप्प छ।’ उनले थपे‘त्रिविले गठन गरेको पशुपति सरको नेतृत्को बार्ता टोलिले पटकपटक छलफल गरे पनि निष्कर्ष निस्कन नसकेको कारण समस्या समाधान भएको छैन।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२३ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस