राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस
२७ मंसिर २०७८
•
३ मिनेट पाठ
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम सिफारिस
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले संक्षिप्त सूची (सर्ट लिस्ट) प्रकाशित गरेको छ। लोक सेवा आयोगको अध्यक्ष माधव रेग्मीको संयोजकमा गठित तीन सदस्यीय सिफारिस समितिले पाँच जना योग्य उम्मेदवारको नामा सिफारिस गरेको समिति सदस्य एवं खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्माले बताए।




सदस्य शर्माका अनुसार समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि,०७८ अनुसार सिफारिस समितिले बर्णानुक्रमको आधारमा प्राडा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे,प्राडा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्राडा शोभाकर कंडेलको नामसहितको संक्षिप्त सूचि प्रकाशित गरेको हो। समितिले योग्य उम्मेदवारहरुको बोर्डको अध्यक्ष पदको उम्मेदवारको लागि आवेदन माग गरेको थियो। १५ जनाको आवेदन मध्ये समितिको कार्यविधि अनुसार मापदण्ड पुगेकाहरुको संक्षिप्त सूची प्रकाशित गरिएको हो।

संक्षिप्त सूचीमा परेका सूचीकृत भएका उम्मेदवारहरुको राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनौट सम्बन्धी कार्यविधि, ०७८को दफा ११ अनुसार अवधारणापत्र र कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तवार्ताका सबै कार्यक्रमहरु पुस २ गते भित्र सम्पन्न गर्ने सदस्य शर्माले बताए।

‘संक्षिप्त सूचीकृत भएका उम्मेदबारहरुलाई समितिले अनुभव र शैक्षिक योग्यताको आधारमा नम्बर दिएर लोक सेवा आयोगको सबै प्रकृया पुरा गरी नतिजा प्रकाशित गरिएको हो,’ सदस्य शर्माले नागरिकसँग भने ‘अब चार वर्षे कार्यकालमा अध्यक्ष हुने उम्मेदवारले नेतृत्व कसरी अगाडि बढाउनेबारे अवधारणापत्र  र कार्ययोजनाको प्रस्तुति पुस १ गते गर्नु पर्ने तय गरिएको छ। यसैगरी छनौटमा परेका उम्मेदवारहरुको अन्तरवार्ता पुस २ गते हुन्छ।’ उनले थपे ‘मूल्याँकन गरि नतिजा प्राप्त गरेकाहरुको लोकसेवा आयोगको पद्धती अनुसार डबल कोडिङ गरेर मात्र विज्ञहरुले परिणाम दिनु हुन्छ।’ पुस २ गते भित्र परीक्षा बोर्डले अध्यक्ष पाउने उनको दाबी छ। असोज २५ गते बोर्डको पहिलो अध्यक्ष प्राढा चन्द्रमणी पौडेलकाे चार वर्षे अध्यक्ष कार्यकाल सकिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष हुने योग्य उम्मेदवार कुनै पनि राजनिति दलको सदस्य नभएको हुनु पर्ने मापदण्ड सिफारिस समितिले तय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डमा अध्यक्षको चार वर्षे पदावधि सकिएको एक महिनापछि राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षको नियुक्तिको लागि सिफारिस समितिको दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित भएको थियो।

‘शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हाँसिल गरि सोही समयमा परीक्षा व्यवस्थापन तथा संचालन समबन्धी कार्यमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनु पर्ने समितिले गरेको व्यवस्थामा उल्लेख छ ‘ अध्यक्ष हुने उम्मेदवार परीक्षा बोर्डसँग कुनै किसिमको स्वार्थको द्वन्द्व नभएको हुनु पर्ने छ। सोही व्यवस्थामा थप भनिएको छ ‘उम्मेदवारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधी हाँसिल गरेको र अध्यक्ष भएपछि नेतृत्व गर्ने सम्बन्धी अवधारणा पत्र तथा चार वर्षको व्यवसायिक कार्ययोजना अलग/अलग खाममा सिलबन्दी गरी दुइ/दुइ प्रति पेस गर्नु पर्नेछ। 

शिक्षा ऐन २०२८ को आठौं संसोधनपछि ०७३ सालमा गठन भएको राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक प्राडा चन्द्रमणी पौडेललाई  स्वच्छ प्रतिस्पर्धाबाटै अध्यक्षको रुपमा प्राप्त गरेको थियो।
अर्को समाचार
परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा
२३ मंसिर २०७८
•
१ मिनेट पाठ
परीक्षा बोर्डको अध्यक्षका लागि पाँच जना संक्षिप्त सूचीमा
राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ।




शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा डा शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ। सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस