त्रिभुवन विश्वविद्यालयको मंसिर १४ गते बसेको त्रिवि सभाको बैठकले करार अस्थायी शिक्षकलाई स्वतः स्थायी गराउने गरी गरेको निर्णय खारेजीको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन्।
त्रिविमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको यस्तो निर्णयले विश्वविद्यालयको समग्र प्राज्ञिक र शैक्षिक गतिविधिलाई ध्वस्त बनाउने भन्दै आन्दोलनमा उत्रेका हुन्।
बिहीबार अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववीयु)ले निर्णय खारेजीको माग गर्दै त्रिवि परिसरमा नाराबाजी गरेका थिए भने उपकुलपति, राजिष्ट्रार र शिक्षा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको अनेरास्ववीयुका त्रिवि इन्चार्ज तथा सचिवालय सदस्य मदन विष्टले जनाए।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाका दबाबमा विश्वविद्यालयका पदाधिकारीहरुले कार्यकारी परिषदबाट करारलाई विशेष प्रतियोगिताबाट स्वतः स्थायी गराउने गरी त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५०को परिच्छेद २ को नियम ६ मा संशोधन गरी सभाबाट पास गराइएको प्रति विद्यार्थीहरु आक्रोशित बनेको उनले जनाए।
त्रिवि सभाले यस पटक करारलाई स्वतः स्थायी गराउने निर्णयको विद्यार्थीहरुको विरोध आउने त्रासका कारण विश्वविद्यालय हाताभित्र सभा नबसेर बालुवाटारमै सभाका सदस्यहरुले खुलाएका छन्। सभामा विद्यार्थी मध्येबाट सभा सदस्य अनिवार्य उपस्थित हुने व्यवस्थाको समेत पालना नगरेको सभाका एक सदस्यले बताए। उनका अनुसार सभाले आफन्तलाई स्थायी गराउन एक व्यक्ति एक पदमै स्वतः स्थायी गराउने घातक निर्णयको सभामा सभा सदस्य प्राध्यापकहरुले समेत विरोध गरेका थिए।
सभामा राजिष्ट्रार पेशल दहालले पेस गरेको प्रस्तावमा बाकी रहेका ४ सय ८० करारलाई ०७९ भित्र विशेष प्रतियोगिताबाट स्थायी गराउने निर्णय गरिएको हो। यी शिक्षकहरु ०६३÷०६४को आन्दोलनपछि प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको पालामा रत्नपार्कमा अनसनबसी जुस खाएर आंशिकबाट स्वतः करार भएका एक हजार ३ सय ८० मध्येकै बाँकी हुन्।
विश्वविद्यालयका नेपाली विषयका प्राध्यापक एवं नेपाल रािष्ट्रय प्राध्यापक संघका अध्यक्ष जगदीशचन्द्र भण्डारीका अनुसार सभाले गरेको निर्णय विश्वविद्यालयको लागि घातक हो। ‘०६९मा परीक्षामा फेल भएका ४ सय ८० करारकोलागि कुलपति र पदाधिकारीहरु मिलेर स्वतः स्थायी बनाउने निर्णय जागिर खानेको हकमा राम्रो भए पनि विश्वविद्यालयको प्राज्ञिक मर्यादा र शैक्षिक क्षेत्रमै घातका सावित हुन्छ,’ अध्यक्ष भण्डारीले नागरिकसँग भने, ‘थुप्रै नयाँ र योग्य तथा दक्ष शिक्षकहरुलाई खुला प्रतिस्पर्धाबाट त्रिविमा भित्राउनुको साटो अयोग्यलाई त्रिविमा थुपारिने थलो बनाइँदै छ। आफनो नातेदार र भोटरहरुलाई सत्तापक्षले नै गलत किसिमले विश्वविद्यालयमा छिराउँदा त्रिवि क्षतविक्षत र ध्वस्त भएको छ।’
त्रिवि सभाका सदस्य एवं नेपाल प्राध्यापक संघका अध्यक्ष बुद्धबहादुर थापाका अनुसार मंगलबार राजिष्ट्रार पेशल दहालले पेस गरेको प्रस्तावमा त्रिविमा कार्यरत अस्थायी करारलाई स्वतः स्थायी गराउने निर्णय पासले त्रिविलाई अहित गर्ने जनाए।