स्कुलमा रमाए विद्यार्थी
०५ कार्तिक २०७८
•
२ मिनेट पाठ
स्कुलमा रमाए विद्यार्थी
कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन्। बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरे।  




‘अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न पाएको थिइनँ। विषयवस्तु बुझ्नै समस्या थियो,’ कक्षा ११ की सुदीपा चौलागाईंले नागरिकसँग भनिन्, ‘आज विद्यालयमै आएर ल्याबमा बसेर साथीहरूसँग ल्यापटपमा एक्सेलमा प्राक्टिकल गरें। विषयवस्तु पनि राम्ररी बुझें।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउँदा निकै रमाइलो भएको उनले बताइन्।

यस स्कुलका शिक्षकले विद्यार्थीको सिकाइलाई थप उपलब्धिमूलक बनाउन गृहकार्य दिएका छन्। ‘अनलाइन कक्षामा बीचैमा छुटेका पाठ पनि सर मिसहरूले प्रत्यक्ष बुझाइ दिनुभयो,’ कक्षा ११ कै छात्रा सम्झना कँडेलले भनिन्, ‘सरले गुगलमा सर्च गरेर गृहकार्र्य गर्न दिनुभएको छ। यसले हाम्रो पढ्ने र अध्ययन गर्ने बानीलाई नियमित गर्छ।’  

ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यालयमा साना नानीहरूलाई विशेष ख्याल गर्ने व्यवस्था गरेको बताए। ‘बालबालिका नै रोगको वाहक भएकाले सुरक्षित बन्न मैले विद्यालयमा विद्यार्थीलाई विशेष गरी मास्क नसाटुन् भन्ने रेखदेख गर्न कक्षा शिक्षकहरूलाई सचेत गराएको छु,’ प्रअ महर्जनले भने, ‘धेरै दिनपछि विद्यालय खोल्न पाउँदा विद्यार्थी र शिक्षक दुवै दंग परेका छन्।’ उनले थपे, ‘हामीले विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गरेका छौं।’

कालिमाटीमा रहेको जनप्रभात माविका प्रअ सतेन्द्र यादवका अनुसार स्कुलमा विद्यार्थीको सहभागिता उत्साहजनक छ। उनले स्कुलमा स्वास्थ्य सुरक्षाको ख्याल गर्न इन्चार्ज प्रणाली लागू गरेका छन्। ‘स्कुल नियमित चलाउन मैले तहगत रूपमै इन्चार्ज तोकिदिएको छु,’ प्रअ यादवले भने, ‘इन्चार्जले नै आआफ्नो तहका बालबालिकाको कक्षा, मास्क तथा सेनिटाइजर व्यवस्थापन गर्नुहुन्छ।’ उनले थपे, ‘साना केटाकेटीले मास्क नसाटून् भनेर विशेष ख्याल गरेका छौं।’  

भीमसेनस्थानमा रहेको परोपकार माविका सहप्रधानाध्यापक खिलकुमार प्रधानका अनुसार बालबालिकालाई सुरक्षित बनाउन स्कुलमै मास्कको व्यवस्था गरिएको छ। उनले क्यान्टिनमा समूहमा खाजा खाँदा रोग सर्ने डरले घरबाटै अनिवार्य खाजा ल्याउनुपर्ने व्यवस्था गरेको बताए। ‘बालबालिका रमाएर स्कुल आएका छन्। आमाबुवा पनि नानी स्कुल पठाएर काममा फर्कन पाउँदा खुसी हुनुभएको छ,’ प्रधानले भने, ‘अब विद्यालय नियमित खुल्छ। विद्यालयमा हात धुन साबुनपानीको व्यवस्था छ। ज्वरो नाप्ने व्यवस्था पनि छ।’
अर्को समाचार
ज्ञानोदय माविको नयाँ भवन उद्घाटन
०६ भदौ २०७९
•
१ मिनेट पाठ
ज्ञानोदय माविको नयाँ भवन उद्घाटन
ज्ञानोदयको नयाँ भवन उद्घाटन गर्दै शिक्षामन्त्री देवेन्द्र पौडेल। तस्बिर: नीलः साय्मि/नागरिक
शिक्षामन्त्री देवेन्द्र पौडेलले आइतबार काठमाडौंकै नमुना विद्यालयका रूपमा स्थापित ज्ञानोदय माविको नयाँ भवनको उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा पौडेलले असल विद्यार्थीको मापन गर्ने आधार अंक भए पनि अनुशासन, इच्छाशक्ति, संकल्प, इमानदारी र सक्रियता आवश्यक रहेको बताउनुभयो।




कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरभित्रका ९० सामुदायिक विद्यालयमध्ये सफल विद्यालयका रूपमा उभिन सकेकोमा ज्ञानोदय माविलाई बधाई दिँदै विद्यार्थीलाई अंकका आधारमा भन्दा आफ्नो इच्छाका आधारमा विषय रोज्न आग्रह गरिन्। साथै उनले आजको समयमा युवापुस्ता राजनीतिमा लाग्नुपर्छ भन्ने सोचअनुरूप आफू राजनीतिमा आएको बताइन्।

उद्घाटन कार्यक्रममा विद्यालयमा २५ वर्षभन्दा बढी सेवा गरेका शिक्षक, शिक्षिका, कर्मचारीका साथै एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो। २०७८ सालको एसईईमा यस विद्यालयबाट ३८५ जना विद्यार्थी उत्तीर्ण भएका थिए।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस