समग्र शिक्षाको गुणस्तर सुधार गर्न अबको राष्ट्रिय शिक्षा नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर बनाउन राष्ट्रपति विद्यादेवीले आग्रह गरेकी छन्।
देशको शैक्षिक अवस्थाबारे चासो देखाई त्यसबारे जानकारी लिन राष्ट्रपति भण्डारीले सोमबार शिक्षा पत्रकारहरूलाई डाकेकी थिइन्। सोही सन्दर्भमा शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को सहकार्यमा शिक्षा पत्रकारहरूले राष्ट्रपति भण्डारीलाई विद्यालयदेखि विश्वविद्यालय तथा विदेशी शिक्षाको अवस्थमा जानकारी गराएका थिए। पत्रकारहरूको प्रस्तुतिपछि भण्डारीले देशको शैक्षिक गुणस्तर वृद्धि गर्न अबको राष्ट्रिय शिक्षा नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर बनाउनु आवश्यक रहेको उल्लेख गरिन्।
उनले शिक्षा मन्त्रालयदेखि विद्यार्थी संगठन, शिक्षक, कर्मचारीलगायत शिक्षासँग सरोकार राख्ने सबै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित हुने र अन्तराष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको विकास गर्नुपर्नेमा जोड दिइन्।
उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम समग्र शिक्षा क्षेत्रलाई राम्रो बनाउने उद्देश्यका साथ कार्यान्वयन गरे पनि बजेट बनाउने र बजेट विनियोजन गर्ने समयमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याइन्। ‘सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेर बर्सेनि शिक्षा क्षेत्रमा बजेट निकासा गर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘तर सरकारी लगानीअनुसारको सार्वजनिक शिक्षाको परिणाम आउन सकेको छैन।’ हालको सार्वजनिक शिक्षा भगवान् भरोसमा चलेको उनको भनाइ थियो। ‘यसतर्फ हामी सबैको समयमै ध्यान जानु आवश्यक छ,’ उनले भनिन्।
उनले शिक्षामा २० प्रतिशत लगानी गर्ने विषय प्राथमिकताका साथ उठान गरे पनि हालसम्म कार्यान्वयन गर्न नसक्नु दुःखको विषय रहेको जिकिर गर्दै अब सार्वजनिक शिक्षा सुधार गर्न विद्यालय तहमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने जनाइन्।
‘कतै विद्यार्थी कम शिक्षक धेरै त कतै विद्यार्थी धेरै शिक्षक कम भएको अवस्था छ,’ उनले भनिन्, ‘यो समस्याले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर वृद्धि गर्न रोकावत खडा गरेको छ।’ उनले निजी शिक्षालाई गाली गर्नुको साटो हामीले आफ्नो सार्वजनिक शिक्षालाई सुधार गर्नुपर्नेमा जोड दिइन्। ‘राज्यको कानुनअनुसार निजी विद्यालयहरू सञ्चालन भएका हुन्,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘निजीलाई हामीले ठ्याप्पै बन्द गर्न मिल्दैन। सार्वजनिक शिक्षाको गुणस्तरमा सुधार भए निजीको सटर आफैं बन्द हुन्छ।’
सचेत नागरिकहरू स्वास्थ्य र शिक्षामा लगानी गर्न पछि नपर्ने भएकै कारण उनीहरू आफना सन्तालाई सकेसम्म राम्रो शिक्षा दिलाउन राम्रो स्कुल र विदेशसम्म पठाउन तयार हुन्छन्। त्यही भएर राज्यको कानुनअनुसार निजी र सरकारी खुलेकाले राज्यका लागि दुवै बराबर भएको उनको भनाइ थियो। ‘सरकारले शिक्षा नीतिमै सुधार गर्नुपर्ने खाँचो देखिएको छ,’ उनले सुझाइन्, ‘वैदेशिक शिक्षामा राज्यको थुप्रै रकम बाहिरिनु दुःखद विषय हो।’