रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुन्छन् धनकुमार
२६ भदौ २०७८
•
४ मिनेट पाठ
रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी हुन्छन् धनकुमार
अनलाईन कक्षाका लागि अर्खौले नवलपुर सिम्लेका छात्र धनबहादुर मगरले रुखमा बनाएको डेरा । तस्बिर सौजन्य : नविन चाम्लिङ
अनलाईन कक्षा सञ्चालनका लागि विद्यालयले सूचना जारी गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका कक्षा १० मा अध्ययरत छात्र धनबहादुर मगर अलमलमा परे। कोभिड–१९ को महामारीका कारण पठन–पाठन ठप्प रहेको अवस्थामा धनकुमार अध्ययनरत सरस्वती मावि अर्खौलेले साउन १८ गते सूचना जारी गर्दै अनलाईन कक्षाका लागि तयारी रहन विद्यार्थीका लागि सूचना जारी गरेको थियो। नभन्दै विद्यालयले साउन २४ गतेदेखि अनलाईन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गर्‍यो। 




तर, धनकुमारमाथि फसाद आइलाग्यो। नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्थ्यो। कनेक्ट भइहाले जुम मिटिङमा ज्वाइन हुन सम्भव थिएन। कमजोर कनेक्सनकै कारण उनी ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन्। साथीभाईलाई फोनमा सम्पर्क गरेर पढाइको बारेमा जानकारी लिन्थे। साथीभाईले ‘यो पढियो, त्यो पढियो, यती विषय पढियो’ भनेर सुनाउँदा उनी पढाइमा पछि परियो भनेर अतासिन्थे।  

यत्तीकै बस्न उनको मनले मानेन। घर वर पर कहीँकतै कनेक्सन हुने ठाउँ पत्ता लाग्छ की भनेर उनी त्यस्तो ठाउँको खोजीमा निस्किए। घरको कामकाे माया मारेर घर वरपरको अलि अग्लो भाग र डाँडामा पुगेर ‘ट्राई’ गरे। घरभन्दा माथिमाथिका डाँडामा निस्केर प्रयास गरे तर कनेक्सन राम्रो देखिएन। अन्ततः एउटा रुखको फेदमुनि बसेर चेक गरे। त्यहाँ कनेक्सन राम्रो देखायो। रुखमा चढ्दा अझ राम्रो कनेक्सन होलान् भनेर रुखमा चढे। नभन्दै अझ राम्रो कनेक्सन देखायो। उनी जुम मिटिङमा जोडिन सफल भए। 

दिन माया मारेर कनेक्सन हुने ठाउँ खोज्न निस्कएका धनकुमार प्रफुल्लित भए। रुखमै चढेर दुई दिन अनलाईन क्लासमा सहभागी बने। दिनभर रुखमा बसेर क्लासमा सहभागी हुन कठिन थियो। सहजताका साथ बस्नका लागि धनकुमारले रुखमै बस्ने टाँड (डेरा) बनाएका छन्। डेरामा पुग्नका लागि उनले घरबाट १० मिनेट उकालो र थोरै तेर्सो हिँड्नुपर्छ।  

९ अखटा भएको भर्‍याङ चढेपछि रुखको टाँडमा उक्लिन सकिन्छ। घामपानीबाट बच्नका लागि टाँडमा बुर्काको छानो हालिएको छ। करिब महिना दिनदेखि उनले सोही रुखको टाँडमा चढेर अनलाईन कक्षामा सहभागिता जनाइरहेका छन्। 

‘पढाइ छुट्दा म अत्तालिइरहेको थिएँ। बरु एकदिन घरको काम गर्दिन, कनेक्सन हुने ठाउँ खोज्छु, जहाँ टिप्छ त्यही डेरा बनाउँछु र पढ्छु भनेर चेक गर्दै हिँडेँ। माथि डाँडातिर गएँ त्यहाँ पनि राम्रो टिपेन। त्यहाँ आएर बसेको राम्रो कनेक्सन देखायो। रुखमा चढ्दा झन् राम्रो होला भनेर रुख चढेको त्यहाँ अझ राम्रो कनेक्सन दियो,’ धनकुमारले भने, ‘दुई दिन त रुखको हाँगामा बसेर जुम मिटिङमा ज्वाइन हुन सिके अनि अनलाईन क्लासमा सहभागी भएँ। त्यसपछि सजिलोका लागि रुखमै डेरा बनाउन थालेँ। टाँडमा बसेर पढ्न थालेको महिना दिन पुग्न लाग्यो।’  

अर्खौले नवरपुरको सिम्ले गाउँको पुछारमा पर्छ। सो क्षेत्रमा भनेको बेलामा फोन समेत लाग्न गार्‍हो छ। तर, ‘जहाँ समस्या त्यहाँ समाधान’ भनेझैं धनकुमारले आफ्नै गाउँमा जुम मिटिङ हुने किसिमको कनेक्सन हुने ठाउँ खोजेर पढिरहेका छन्, जसले दुरदराजका विद्यार्थीको अनलाईन कक्षामा भइरहेको कठिनाईको प्रतिनिधित्व गर्छ। रुखमा डेरा बनाएर पढ्न थालेपछि गाउँघरदेखि सामाजिक सञ्जालमा उनको चर्चा छ। पढाईप्रति उनले देखाएको लगाव र आकर्षणको उच्च प्रशंसा भइरहेको छ। उनलाई भेट्ने/देख्नेले उच्च शिक्षा हासिल गर्न र देशको असल सेवक बन्नका लागि शुभेच्छा प्रकट गर्ने गरेका छन्।  

कक्षाको जेहेन्दार विद्यार्थीमा धनकुमारको गणना हुन्छ। कक्षामा चौथो/पाँचौं स्थानमा छन् उनी। उनी हप्ता/दश दिनसम्म अनलाईन क्लासमा सहभागी नहुँदा विद्यालयमा खोजी पनि भएको थियो। नियमित कक्षा सञ्चालन सुरु भएको १०/१२ दिनपछि मात्र धनकुमार अनलाईन कक्षामा ज्वाइन भएको सरस्वती माबि अर्खौलेका निमित्त प्रअ नविन चाम्लिङले बताए। 

‘किन ढिलो ज्वाइन भएको, पढाई छुट्यो भनेर सोधेका थिएँ,’ निमित्त प्रअ चाम्लिङले भने, ‘कनेक्सन हुने ठाउँ खोजेँ, रुखमा टहरा बनाएँ, बसेर पढ्ने ठाउँ बनाएँ भनेर सुनाए। त्यो सुनेपछि म आफै सिरिङ भएँ। स्टाफलाई त्यो बारेमा जानकारी गराएँ। उसको पढाईप्रतिको लगावले हामीलाई गर्व महसुस भएको छ।’  

सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाईन माध्यमबाट सञ्चालन भइरहेको छ। हाल डाटा कनेक्ट हुने ठाउँका छात्र/छात्रा अनलाईन कक्षामा जसोतसो सहभागी भइरहेका छन्। डाटा कनेक्ट नहुने ठाउँका धेरैजसो विद्यार्थी अहिलेसम्म अनलाई कक्षामा समेटिन सकेको छैनन्। कतिपय मोवाईल नभएका र डाटा कनेक्ट नहुने ठाउँका विद्यार्थी मोवाईल भएका र डाटा टिप्ने साथीकोमा भेला भएर पनि अनलाईन कक्षामा सहभागी भइरहेको निमित्त प्रअ चाम्लिङले बताए। आगामी असोज ३ गतेदेखि भने भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाले भदौ २२ गते सूचना जारी गरेको छ।  

१६ वर्षीय धनकुमार परिवारको जेठो सन्तान हुन्। उनका भाई नयन कक्षा ८ मा अध्ययनरत छन्। बुवाले अर्को विवाह गरेर छाडेपछि मगर दाजुभाई आमासँग बसिरहेका छन्।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
१७ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस