विश्व विद्यालयस्तरका सबै परीक्षार्थीहरुलाई प्रवेश पत्रकाे आधारमा खोप दिइने
२८ साउन २०७८
•
३ मिनेट पाठ
विश्व विद्यालयस्तरका सबै परीक्षार्थीहरुलाई प्रवेश पत्रकाे आधारमा खोप दिइने
नेपाल सरकार स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले त्रिभुवन विश्व विद्यालय लगाएत देशभरिका विश्व विद्यालयहरुका परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा खोप उपलब्ध गराउने निर्णय गरेको छ।




महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बुधबार नै निर्णय कार्यन्वयनकोलागि ७७ वटै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुलाई परिपत्र गरिसकेको जनाए।

‘साउन २७ गते मन्त्रालयमा बसेको सचिव स्तरीय निर्णय अनुसार त्रिविविलगाएत विश्वविद्यालय स्तरको विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा खोपको व्यवस्था गरिने निर्णय भएको छ,’ निर्देशक डा. पोखरेलले भने ‘जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप केन्द्र र मिति निर्धारण गरि खोपको व्यवस्था गरिने छ।’ उनले थपे ‘परीक्षार्थीलाई कोभिड १९ रोग विरुद्धको खोप एस्ट्राजेनिका वा भेरोसेलको पहिलो मात्र दिने व्यवस्था मिलाई खोप प्रदान गर्न सम्बन्धित निकायलाई अनुरोध गरिसकेका छौं।’

स्वास्थ्य सचिव डा.रोशन पोखरेलले हाललाई विश्व विद्यालयको परीक्षार्थीकोलागि मात्र खोपको व्यवस्थापन गरिएको जनाए। उनले कक्षा १२ को परीक्षार्थीको सवालमा कुनै निर्णय नभएको समेत स्पष्ट पारे। ‘हाल विश्व विद्यालय तहका परीक्षाहरु संचालन भइरहेका छन्,’ सचिव पोखरेलले नागरिकसँग भने ‘त्यही भएर पहिलो प्राथमिकतामा विश्वविद्यालय तहका परीक्षार्थीलाइै खोपको व्यवस्था गर्ने निर्णय गरिएको हो।’

नेपाल विद्यार्थी संघ लगाएत संयुक्त विद्याथी संगठनहरुले कोरोना संक्रमण उच्च जोखिमबीच पनि विश्व विद्यालयहरुले परीक्षा संचालन गर्दै आएमोमा खोपको माग र निःशुल्क पिसिआरको माग राख्दै आएका थिए। सोहि मागलाई सम्बोधन गरी  मन्त्रालयले हाललाई परीक्षार्थीलाई खोप दिने निर्णय गरेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए।

‘परीक्षार्थीलाई प्रवेशपत्रको आधारमा , विद्यार्थीलाई परिचयपत्रको आधारमा खोपको व्यवस्था गर्नु पर्छ,’ महामन्त्री तिमल्सिनाले नागरिकसँग भने‘ परीक्षार्थी विद्यार्थीहरुको निःशुल्क पिसिआर परीक्षणकाे पनि तत्तकाल व्यवस्था सरकारले गर्नु पर्छ।’

त्रिभुवन विश्व विद्यालय साउनको अन्तसम्म रोकिएका सबै परीक्षाहरु सक्ने तयारीमा छ। विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका सह नियन्त्रक घनश्याम ठाकुरका अनुसार स्नातक तह वार्षिक प्रणालीका करिब चार लाख विद्यार्थीको परीक्षा साउन २९ गते सकिँदै छ।  

सबै भौतिका उपस्थितमै स्वास्थ्यका मापदन्ण अपनाएर सम्पन्न हुदैन छ। भने सेमेस्टर प्रणालीका स्नातकोत्तर र स्नातक तहका ६० हजार माथिका परीक्षाहरु भदौं १५ गतेसम्म संचालन हुने तय भएको छ। ‘देशको ९० प्रतिशत विद्यार्थीको भार बोकेको त्रिविमा सेमेस्टरका अब ६० हजार बढी विद्यार्थीहरु साउन २४ गतेदेखि भदौं १५ गतेसम्मको परीक्षामा सहभागिता जनाउने हाे।,’  

सह नियन्त्रक ठाकुरले नागरिकसँग भने ‘सरकारले परीक्षार्थीलाइै खोप दिने निर्णय सकरात्मक हो। ’ उनले थपे‘कोरोना उच्च जोखिममा विच परीक्षा संचालन भएको अवस्थामा खोपले धेरै सहज बनाउँछ।’ यति मात्र होइन उनले भदौं ११ गतेदेखि कानून संकायको स्नातकको आंशिको पनि परीक्षा सुरु हुने र यो तहमा करिब १० हजार विद्यार्थी रहेको पनि स्पष्ट पारे। सरकारको यस्तो निर्णयले त्रिवि लगाएत देशका सबै विश्वविद्यालयका परीक्षार्थीहरुले खोप पाउनु खुसीको विषय रहेको उनको धारणा छ।
अर्को समाचार
भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने
२५ जेष्ठ २०७८
•
३ मिनेट पाठ
भिड कम गर्न एक दिन एक उमेर समूहलाई मात्र खोप दिइने
काठमाडौं महानगरपालिकाले आज ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने तयारी गरेको छ। खोप लगाउने कार्य बिहान १० बजेदेखि कामपाका ३२ वटै वडामा केन्द्र तयार गरिएको छ। चौँसठ्ठी वर्ष उमेर पुगेका नागरिकले आफूलाई पायक पर्ने केन्द्रमा पुगी खोप लगाउन सकिने बताइएको छ। खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ। यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ।  




कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो। सहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आज ६४ वर्ष उमेर समूहलाई, जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन तालिका सार्वजनिक गरेको छ। यसअघि कोभिडको सङ्क्रमण भइसकेको भए एक महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ।

सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने पेशाकर्मी, दीर्घरोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ। यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूहका र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो। यसअघि यही जेठ २ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो। जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब एक लाख नागरिक लाभान्वित भएका थिए।    

प्रत्येक वडामा एउटा खोप केन्द्रको व्यवस्था गरिएको छ। वडा नं १ मा नन्दी रात्रि स्कुल नक्साल, २ मा वडा कार्यालय लाजिम्पाट, ३ मा वडा कार्यालय महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, ४ मा वडा कार्यालय बालुवाटार, ५ मा वडा कार्यालय हाँडीगाउँ, ६ मा महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय बौद्ध, ७ मा वडा कार्यालय मित्रपार्क चावहिल, ८ मा गोल्डेन लाइट पार्टी प्यालेस जय बागेश्वरी, ९ मा अनुपम फुडल्याण्ड बत्तीस पुतली, १० मा म्याक डोनाल्ड पार्टी प्यालेस मध्यबानेश्वर, ११ मा विश्व निकेतन उच्च माध्यमिक विद्यालय त्रिपुरेश्वर, १२ मा बुद्ध माई अस्पताल टेकु रहेका छन्।  

त्यसैगरी वडा नं १३ मा जनप्रभात माध्यमिक विद्यालय कालीमाटी, १४ मा वडा कार्यालय भुवनेश्वरी कलङ्की, १५ मा भुइँखेल चौर स्वयम्भू, १६ मा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, १७ मा पब्लिक युथ क्याम्पस धोवीचौर, १८ मा पुष्पलाल पार्क, १९ मा वडा कार्यालय परिसर, २० मा शान्ति निकुञ्ज माध्यमिक विद्यालय, २१ मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, २२ मा वडा कार्यालय टेवहाल, २३ मा नव आदर्श विद्यालय वसन्तपुर, २४ मा इतुमबहाल, तारणीबहाल, २५ मा कन्या मन्दिर माध्यमिक विद्यालय छत्रपाटी, २६ मा वडा कार्यालय परिसर २७ मा महाबौद्ध चोक, २८ मा कार्यालय परिसर, २९ मा विजय स्मारक माध्यमिक विद्यालय, ३० मा सामुदायिक शहरी स्वास्थ्य क्लिनिक, ३१ मा इपियस स्कूल, मीनभवन, र वडा नं ३२ मा वडा कार्यालय परिसर तयार गरिएको छ ।  तोकिएका खोप केन्द्रबारे थप जानकारी आवश्यक परे कामपाको हटलाइन नम्बर ११८० मा फोन गर्न पनि आग्रह गरिएको छ। खोप कार्यक्रम आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। 
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस