उच्च माध्यामिक शिक्षा ऐन २०४६ ले त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको प्रवीणता प्रमाणपत्र तहलाई उच्च माध्यमिक विद्यालयको रुपमा स्थापित गर्यो। २०४७ देखि उच्च मावि सञ्चालनमा आए। ३६ उच्च मावि सञ्चालनमा आएको सुरुको वर्ष एउटा पोखरामा र ३५ वटा विद्यालय काठमाडौँमा खुलेका थिए।
यो शिक्षा नीति तय भएर उच्च मावि सञ्चालनमा आएको अहिले ३१ वर्ष पूरा भयो। २०५७/५८ मा प्रवीणता प्रमाण पत्र तह खारेज गरी साविकका उच्च माध्यमिक विद्यालयका शिक्षकहरुलाई दरबन्दीमा नियुक्त गर्ने सरकारले भन्यो। तर उच्च मावि सञ्चालन भएको ३१ वर्ष पूरा भैसक्दा समेत साविकका उच्च माविका शिक्षकहरु एकजना पनि स्थायी दरबन्दीमा छैनन्। ‘उच्च मावि सुरु भएको ३१ वर्ष पूरा भैसक्यो, तर अहिलेसम्म साविकका उच्च माविमा पढाउने शिक्षक एकजना पनि स्थायी छैन,’ हिस्टुनका केन्द्रीय समितिका अध्यक्ष मण्डलका सदस्य बिक्रम पोख्रेलले भने, ‘यो जस्तो लाजमर्दाे बिषय अरु के हुन सक्छ?’ पोख्रेल २२ वर्षदेखि साविकको उच्च माविका शिक्षक हुन्। उनी पनि अस्थायी शिक्षक हुन्।
उनका अनुसार अहिले साविकका उच्च माविमा पढाउने २ हजार शिक्षक अस्थायी दरबन्दीमा छन्। ४ हजार अनुदानका शिक्षक छन्। नीजि स्रोतका शिक्षकहरुको संख्या देशभर २४ हजार बढी छ। पोख्रेलका अनुसार देशभर साविक उच्च माध्यमिक विद्यालयहरुको अहिलेको संख्या ४ हजार २ सय छ भने विद्यार्थीको संख्या ६ लाख बढी छ। तर यिनै विद्यालयमा पढाउने स्थायी शिक्षकहरुको संख्या भने अहिलेसम्म शून्य छ।
ऐन जारी भएको तीन दशक नाघिसक्दा पनि शिक्षकहरुको स्थायी दरबन्दीका लागि शिक्षा सेवा आयोगले परिक्षा लिएको छैन। स्थायीका लागि आयोगको परीक्षा नखुल्दा लामो समयसम्म अध्यापन गराएका साविकको उच्च माविका कैयन शिक्षकहरु उमेर हदका कारण अवकाश भैसकेका छन्। ‘स्नातकोत्तर उपाधि पाएका द्धितीय श्रेणी, उपप्राध्यापक वा सो सरह भनिएकाहरुलाई शिक्षा ऐनको आठौँ संसोधनले विद्यालय शिक्षक बनायो’, पोख्रेलले भने, ‘तर उनीहरुले एकपटक पनि आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न पाएनन्, स्थायित्वको सपना बोकेका कैयन उनीहरु खाली हात फर्किरहेका छन्।’
हिस्टुनले शिक्षा आयोगले प्रतिस्पर्धा गराएर स्थायी दरबन्दीको प्रकृया थाल्नका लागि पटकपटक सरकार समक्ष माग गर्दै आइरहेको छ। तर सरकारले उनीहरुको माग कार्यान्वयनका लागि ध्यान दिन सकेको छैन। पोख्रेल भन्छन् ‘शिक्षा माफियाहरुले साबिकको उच्च माध्यमिक बिद्यालयका शिक्षकहरुलाई कहिल्यै भलो सोच्न भ्याएनन् ।’
२०७२/०७३ को बजेट भाषणका क्रममा स्थायी दरबन्दीका लागि शिक्षा सेवा आयोगमार्फत् परीक्षा सञ्चालन गर्ने तत्कालीन अर्थमन्त्री रामशरण महतले घोषणा गरेका थिए। तर यो घोषणा कार्यान्वयन हुन सकेन।
सरकारी अनुदानमा रहेका ४ हजार शिक्षकलाई दरबन्दीमा कायम गर्नका लागि पनि हिस्टुनले माग गर्दै आइरहेको छ। अनुदानका ४ हजार शिक्षकलाई समेत अस्थायी दरबन्दी कायम गरेर स्थायी दरबन्दीका लागि परिक्षा सञ्चालन गर्नुपर्ने माग गरेको हिस्टानले पुनः यो माग कार्यान्वयनको पहलका लागि दबाब दिन थालेको छ । हिस्टुनका केन्द्रीय समितिका अध्यक्ष मण्डलका सदस्य पोख्रेलले यसअघिको केपी ओली नेतृत्वको सरकारका पालामा पनि आफूहरुले यो मागलाई जोडदार रुपमा उठाएको तर बेवास्ता गरिएको बताए।