कमिसनको चक्करमा वर्षेनी नयाँ किताब : अभिभावकलाई आर्थिक भार, बच्चालाई मानसिक तनाव
१२ असार २०७८
•
६ मिनेट पाठ
कमिसनको चक्करमा वर्षेनी नयाँ किताब : अभिभावकलाई आर्थिक भार, बच्चालाई मानसिक तनाव
पहिले दिदी–दाइले किताब किनेपछि उसले कक्षा पास गरेपछि उसको भाइ–बहिनीहरुले आफनो दिदी–दाजुकै किताब पढेरअघि बढ्थे। त्यतिखेर अभिभावकहरुमा कुनै आर्थिक बोझ थिएन, भने बच्चालाई अनावश्यक किताब पढ्नु पर्ने मानसिक तनाव थिएन।  




तर हाल आएर निजी विद्यालयहरुले जति धेरै किताब लगायो, त्यति राम्रो मानिने कुसंस्कारको विकास हुँदै गएको छ।

सरकारको शिक्षा ऐन नियम मिचेर देशका प्रायः सबै निजी विद्यालयहरुले विद्यार्थीहरुलाई पाठ्यक्रमले तोकेको भन्दा दोब्बर बढी किताब किन्न लगाउने गरेका छन्। विभिन्न प्रकाशनहरुसँग पाउने मोटो कमिसनको प्रलोभनमा परेर निजी विद्यालयहरुले अभिभावकलाई आर्थिक रुपमा तनाव दिएका छन् भने धेरै किताब पढाएर नानीहरुको कलिलो मस्तिस्कमा मानसिक तनाव दिएको अभिभावकरुको गुनासो छ।  

पोखराका एक अभिभावकका अनुसार त्यहाँका एक निजी विद्यालयले कक्षा ८कोलागि १६ वटा किताब किन्न लिस्ट नै उपलब्ध गराएको छ। १६ किताब विभिन्न प्रकाशनको भएकोले बजारमा किताबसमेत पाउन कठिन छ। तर स्कुलले अनलाइन कक्षा चलाउने भएकोले जसरी पनि त्यही किताब ल्याउनु पर्ने दबाब दिइरहेको अभिभावक बताउँछन्।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईका अनुसार कक्षा ८मा नयाँ पाठ्यक्रम परिवर्तन भएको छैन। पुरानै पाठ्यक्रमअनुसार किताब सरकारले पठनपाठन गराउने भनेको छ। जसअनुसार कक्षा ८ को लागि नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, पेसा व्यवसाय र प्रविधि, नैतिक शिक्षा, स्वास्थ्य तथा शारीरीक शिक्षा र स्थानीय तहले तोकेको एक विषय गरी कुल ९ विषयको लागि ९ वटा किताब पाठ्यक्रमले तोकेको छ ।

विद्यार्थीले यति नै पढ्नु पर्छ। उनले शिक्षा ऐनले नेपाल सरकारले विकास गरेकै किताबहरु देशभरिका विद्यालयले पठनपाठन गराउनु पर्ने कानूनी व्यवस्था रहेको जनाए।

‘शिक्षा ऐनको दफा ८मा उल्लेख भए अनुसार देशभरिका विद्यालयहरुले नेपाल सरकारले विकास गरेको पुस्तक लगाउनुपर्ने कानूनी व्यवस्था छ,’ प्रवक्ता भट्टराईले भने ‘कक्षा ४–१० सम्मका विद्यार्थीले विद्यालयमा साढे चार घण्टा र कक्षा १–३ सम्मका विद्याार्थीले विद्यालयमा चार घण्टा अध्ययन गर्नुपर्छ। त्यही अनुसार पाठ्यक्रम विकास गरी पाठुयपुस्तक सरकारले तयार पारेको हो।’ उनी थप्छन् ‘स्कुलले एउटा मात्र सन्दर्भ सामग्रीको रुपमा किताब पढाउनुपर्ने व्यवस्था छ। त्यो किताब पुस्तकालयमा राख्नुपर्छ। तर सन्दर्भ सामाग्रीको रुपमा स्वीकृति लिएको किताबलाई विद्यालयहरुले अनिवार्य विषयको रुपमा अभिभावकलाई बाध्य पारेर किनाउनु कानूनी विपरित हो।’

तर निजी विद्यालयहरुले शिक्षा ऐनलाई लत्याउँदै बढी कमिसन दिने प्रकाशकहरुको किताब आफू खुसी विद्यालयमा लगाएको खुलेको छ। निजी प्रकाशकहरुले विद्यालयहरुलाई ६० प्रतिशतसम्म कमिसन दिने गरेको स्रोतले बताएको छ।  

यतिमात्र होइन, निजी विद्यालयहरुले शिक्षालाई व्यापारीकरण गर्ने र कमिशन पाउने प्रलोभनमा एउटै कक्षामा थरिथरिका निजी प्रकाशनहरुको किताबलाई नै अनिवार्य किताबको रुपमा लगाएका छन्। जसले एकातिर अभिभावकलाई लिस्टअनुसार बजारमा किताब किन्नसमेत भौतारिनु परेको अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए।

यतिमात्र होइन पाठ्यक्रमभन्दा दोब्बर किताब किनाएर अभिभावकलाई आर्थिक बोझ थपेका छन् भने बालाबलिकाका कलिला मस्तिष्कमा मानसिक तनाव थपेको अभिभावकहरुको गुनासो छ।

‘मैले कक्षा ८मा पढ्ने छोरीको लागि साथीको छोरीको पुरानो किताब मागेर अनलाइन कक्षामा सहभागिता गराएँ,’ पोखराबाट एक अभिभावकले नागरिकसँग फोनमा दुखेसो गरे ‘तर अनलाइन कक्षामा छोरीले किताबहरु खोलेर बस्दा शिक्षकले कक्षामा सहभागिता नै गराउनु भएन। किनभने स्कुलले दिएको नयाँ प्रकाशकहरुको किताब थिएन।’ ति अभिभावक थप्छन् ‘सरकारले  कक्षा ८ को पाठ्यक्रम परिवर्तन गरेकै छैन। तर स्कुलले भने गत वर्षको प्रकाशन परिवर्तन गरेर मोटो कमिशनको प्रलोभनमा परेर हामी अभिावकहरुलाई आर्थिक बोझ थपेको छ।’ ति अभिभावकका अनुसार उक्त निजी विद्यालयले कक्षा ८मा १६ किताब किन्न ९ वटा छुटाछुटै प्रकाशन तोकेको छ। ‘एक  त किताब किन्न बजारमा भौतारिनु परेको छ,’ उनले भने‘ अर्को तर्पm पाठ उही भएको तर निजी विद्यालयहरुले प्रकाशक र लेखकमात्र वर्षेनी परिवर्तन गरी नयाँ किताब किन्न लगाएर अभिभावकहरुलाई आर्थिक बोझ थप्दै गएको छ।’

सरकारले अनुगमन गरी यस्ता विद्यालयहरुलाई कानूनी दायराभित्र ल्याउनु पर्ने अभिभावकहरुको माग छ।  

तर निजी विद्यालयहरुले उपलब्ध गराएको कक्षा ८ का किताबको सूचीमा नेपाल सरकारको हाम्रो नेपाली किताबको साथै थप दुई किताब अभिभावकले अनिवार्य किन्नु् पर्ने भएको छ। जसअनुसार आरपि भण्डार प्रकाशकको नौलो नेपाली ब्याकरण रचना र अभ्यास तथा एकता प्रकाशनको माध्यमिक नेपाली निबन्ध माला( ८,९र १० ) किन्नुपर्ने छ।

यसैगरी अंग्रेजीमा पनि थप दुई किताब राखेका छन्। नेपाल सरकारको आवर इंग्लिस बाहेक विद्यार्थीले अक्सफोर्डको गाइडेड इंग्लिस र रिडमोर पब्लिकेशनको मेक्सिमम अफ इंग्लिस ग्रामर बुक ८ थप किन्नु र पढ्नुपर्ने बाध्यता छ।

यसैगरी एलाइड प्रकाशनको म्याथ लिंक, विद्यार्थी पुस्तक भण्डारको मोर्डन ग्रेडेड साइन्स, कोशेली प्रकाशनको सोसल स्टडिज र हेल्थ एन्ड फिजिकल इजुकेशन, क्रियाटिभ पब्लिकेशनको कम्प्युटर बुक, विद्यार्थी पब्लिकेशनको परफेक्ट अपसनल म्याथ, कोशेलीको सिभिक्स एन्ड मोरल साइन्स, अक्फोर्डको अक्सफोर्ड एडभान्स लर्नस डिक्सनेरी र एकताको हाइ स्कुल एसे किताबको लिस्ट अभिभावकहरुलाई थमाएका छन् ।

यसैगरी कक्षा १–३ मा नेपाली, अंग्रेजी, गणित, हाम्रो सेरोफेरो र स्थानीय विषय गरी कूल पाँच विषय पठनपाठन गराउनु पर्ने  शिक्षा ऐनमा व्यवस्था छ। तर निजी विद्यालयहरुले पाठ्यक्रमको ठाडो उल्लङ्घन गरी १२ वटासम्म किताबहरु अनिवार्य विषयकै रुपमा किन्न लगाएको गुनासोहरु अभिभावक महासंघमा आएको अध्यक्ष भण्डारी बताउँछन्। ‘कतिपय प्रकाशकहरुले पुरानै किताब लगाएर पाठ्यक्रमको अवज्ञा गरेका छन् भने धेरैले विद्यार्थीलाई पाठ्यक्रमभन्दा बढी किताब किनाएर अभिभावकलाई आर्थिक बोझ र नानीहरुलाई मानसिक तनाव दिएका छन्,’ अध्यक्ष भण्डारी प्रश्न गर्छन् ‘निजी शिक्षा कसले लगाएको छ ? शिक्षा मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र , पाठ्यक्रम विकास केन्द्र तथा स्थानीय सरकारको मातहतमा समेत गरी चार वटा निकायहरु अन्तर्गत अनुगमन समिति छ तर किन कसैले अनुगमन र  दोषीलाई कारबाही गर्न सक्दैन ?’

उनले थपे ‘निजी विद्यालयहरु खुला रुपमा सरकारको कानूको ठाडो उल्लङ्घन गरेर निजी प्रकाशकहरुसँग मोटो कमिसनको पाउने लोभमा वर्षेनी नयाँ किताब किन्न लगाउनु आर्थिक भ्रष्टाचार नै हो। सरकारी निकायले अनुगमन गरी यस्ता विद्यालयहरुलाई कानूनी दायराभित्र ल्याउनुपर्छ।’

अध्यक्ष भण्डारीले देशभरिका ठूला र  साना सबै निजी विद्यालयहरु विद्यार्थीलाई कोर्षभन्दा बढी किताब किन्न बाध्य बनाएका छन्।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले केन्द्रमा पनि निजी विद्यालयहरुको पाठ्यपुस्तकमा मनोमानी विषयबारे गुनासाहरु आएको बताए। उनले निजी विद्यालयहरुले पाठ्यक्रमभन्दा बढी पुस्तक अभिभावकहरुसँग किन्न लगाउनु गलत भएको बताउँदै यस्ता विद्यालयहरुलाई केन्द्रले अनुगमन गरी कारबाही गर्ने बताए । ‘अभिभावकको ढाड सेक्ने गरी पुस्तक थोपार्ने निजी विद्यालयहरुको काम शिक्षा ऐन विपरित छ,’ महानिर्देशक अर्यालले नागरिकसँग भने ‘केन्द्रीय अनुगमन समितिले यो साता अनुगमन गरी दोषीलाई कारबाही गर्छ।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२१ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस