धरानमा सबै परीक्षा स्थगित
१४ वैशाख २०७८
•
१ मिनेट पाठ
धरानमा सबै परीक्षा स्थगित
आजदेखि कक्षा ५ देखि माथिको परीक्षा लिने तयारी गरेपनि चौतर्फी आलोचना भएपछि धरान उपमहानगरपालिकाले स्थगित गरेको छ।  




सरकारले पुर्वनिर्धारित सबै परीक्षाहरु रोक्ने निर्णय गरेपनि हिजो (सोमबार) धरान उपमहानगरले भने कक्षा ५ देखि माथिको पाँच बिषयको परीक्षा लिने निर्णय गरेको थियो। कोरोना महामारीको बेला सरकारको निर्णय विपरीत परीक्षा लिने भएपछि उपमहानगरको आलोचना भएको थियो।

अन्ततः उपमहानगर चौबिस घण्टा पनि नबित्दै आफ्नो निर्णयबाट पछि हटेको छ। ‘कक्षा ५ देखि माथिको परीक्षा लिने भन्ने निर्णय थियो, अहिलेलाई स्थगित गरिएको छ,’शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटवालले भने।

उपमहानगरले कक्षा ४ सम्म परीक्षा नलिने र आन्तरिक मुल्यांकन गरेर रिजल्ट सिट निकाल्ने निर्णय गरेको थियो। यस्तै, कक्षा ५ देखि माथि नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक बिषयको परीक्षा बैशाख १८ गतेभित्र सक्ने निर्णय गरेको थियो। 
अर्को समाचार
सरकारको विपरीत धरानमा कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णय
१३ वैशाख २०७८
•
२ मिनेट पाठ
सरकारको विपरीत धरानमा कक्षा ५ देखि माथिको परीक्षा लिने निर्णय
सिसिएमसि निर्देशक समितिको बैठकले देशभर भौतिक उपस्थितिमा हुने पुर्वनिर्धारित परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको भोलिपल्ट धरानमा भने परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ।  




धरान उपमहानगरपालिकामा आज (सोमबार) बसेको सर्वपक्षीय बैठकले कक्षा ५ देखि माथिको पाँच वटा विषयमा परीक्षा लिने निर्णय गरेको हो । मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले परीक्षा बैशाख १५ गतेभित्र लिइसक्ने निर्णयसमेत गरेको छ । बैठकमा सरकारी विद्यालयका प्रअ, प्याब्सन, एन प्याब्सन र निजी विद्यालय एरिया कोअर्डिनेस कमिटीका पदाधिकारीहरु सहभागी थिए । बैकठले कक्षा ४ सम्म परीक्षा नगर्ने र आन्तरिक मूल्यांकनबाट रिजल्ट सिट निकाल्ने निर्णय गरेको शिक्षा महशाखा प्रमुख रत्नबहादुर कटवालले जानकारी दिए । ‘कक्षा ५ देखि माथिको परीक्षा बैशाख १८ गतेभित्र सकिसक्ने निर्णय गरेको छ । परीक्षा स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गराएर लिने निर्णय भएको छ,’कटवालले भने,‘भौतिक उपस्थितिमा पठनपाठनहरु सबै बन्द गर्ने निर्णय छ ।’

बैठकले कक्षा ५ भन्दा माथिको नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा लिने निर्णय गरेको हो । अहिलेसम्म धरानमा कोरोनाको भयावह अवस्था नदेखिएकोले यही बेला परीक्षा लिइहाल्ने र सेसन अन्त्य गर्ने निष्कर्षमा पुगेर यस्तो निर्णय भएको कटवालको भनाइ छ । ‘कोभिडको असर कहिलेसम्म हुने निश्चित छैन । धरानमा अवस्था भयावह पनि छैन, त्यसैले १८ गतेभित्र महत्वपूर्ण विषयको परीक्षा लिँदा सेसन नै क्लोज हुन्छ, र भोलि स्कुल लाग्दा एकैपटक नयाँ सेसन सुरु हुन्छ भन्ने निष्कर्ष रह्यो,’कटवालले भने ।  

यता, धरानका मेयर तिलक राई पनि पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेर नै परीक्षा लिने निर्णय भएको बताउँछन् । कोभिडको जोखिम न्यूनीकरण गर्नकै लागि यसअघि एक सातादेखि विद्यालय बन्द गरिएको र बैशाख २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको उनको भनाइ छ । ‘स्कुलहरुले परीक्षाको तयारी गरिसकेका छन्, कोभिडको असर कहिलेसम्म रहने भन्ने टुंगो भएन । त्यसैले प्रोटोकल पुर्णरुपमा पालना गराएर कक्षा ५ माथिको महत्वपुर्ण विषयको परीक्षा लिने निर्णय भएको हो,’मेयर राईले भने,‘यसले परीक्षाको तयारी गरेका विद्यार्थीहरुको पनि मनोवल खस्कदैन, र एकैपटक सेसन क्लोज पनि हुन्छ ।’
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस