विद्यालय बन्द गर्न आग्रह
०६ वैशाख २०७८
•
२ मिनेट पाठ
विद्यालय बन्द गर्न आग्रह
कोभिड–१९ को नयाँ स्वरुप देशमासमेत तीव्र रूपमा फैलिँदै गैरहेकाले बालबालिका बढी जोखिममा रहेको भन्दै ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगले विद्यालय र भीडभाड हुने संस्था बन्द गर्न आग्रह गरेको छ। उपत्यकामा रहेका विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना तथा बालबालिकामा कोरोना संक्रमण जोखिमको स्थलगत अनुगमन गरेपछि विद्यालय बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।




अनुगमनबाट निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भेटिएको आयोगले जनाएको छ। दुई सातायता तीन सयभन्दा बढी बालबालिकाहरू कोभिडबाट संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकासहितका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भीडभाड हुने क्षेत्रका सेवा तथा तत्कालका लागि बन्द गर्न सुझाव दिएको छ।  

विद्यार्थी संख्या धेरै भएकाले मापदण्ड पालना गर्न सम्भव नभएको शिक्षकहरूले बताएका छन्। एउटै कक्षाकोठामा टाउको दुःखेका बिरामीसमेत सँगै कक्षा कोठामै राखिएको अनुगमनमा पाइएको छ। शिक्षण संस्था सञ्चालनमै रहेका र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा बालबालिकाहरूको स्वास्थ्य अधिकार जोखिममा परेको देखिन्छ। संविधानको धारा ३९ ले बालबालिका हकको व्यवस्था गरेको छ। नेपालपक्ष राष्ट्र बनेको बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को धारा २४ ले बालबालिकाको उच्चतम स्वास्थ्यको हितलाई ध्यानदिनुपर्ने आयोगले स्मरण गराएको छ।

बालबालिकाको स्वास्थ्य अधिकारप्रति सचेत रहँदै पठनपाठनको वैकल्पिक व्यवस्था गर्न, बालबालिकाको जीवनको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आयोगले विज्ञप्ति मार्फत आग्रह गरेको छ। विद्यालय सञ्चालन गर्ने गराउने विषयमा शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूर्ण सूचना सम्प्रेषण नगर्न, अभिभावक र विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास सृजना नगर्न, स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न गराउन आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताएका छन्।
अर्को समाचार
पोखरा महानगर भन्छः सर्वाेच्चको आदेश अनुसार बुधबारसम्म विद्यालय खोल्न भनेका हौं
१५ वैशाख २०८२
•
३ मिनेट पाठ
पोखरा महानगर भन्छः सर्वाेच्चको आदेश अनुसार बुधबारसम्म विद्यालय खोल्न भनेका हौं
शिक्षक आन्दोलनले बन्द रहेको पोखराको रत्नचोकस्थित जनप्रिय मावि। तस्बिरः नागरिक
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन रोकिएपछि पोखरा महानगरपालिकाले आगामि बुधबारसम्म विद्यालय संचालन गर्न आग्रह गरेको छ। सर्वोच्च अदालतले तीनदिनभित्र विद्यालय संचालन गर्न भनेर सरकारलाई दिएको आदेशको समय मंगलबार सकिने भएकोले बुधबारदेखि विद्यालय संचालन गर्न अनुरोध गरेको महानगरले बताएको छ।  




महानगरले सोमबार सूचना प्रकाशित गर्दै शिक्षक महासंघको आन्दोलनका कारण सामूदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै बुधबारदेखि विद्यालय संचालन गर्न आग्रह गरेको हो। महानगरको नगर शिक्षा समितिको आतबार भएको निर्णय अनुसार आगामि बुधबारसम्म पठनपाठन नियमित रुपमा संचालन गर्न शिक्षक, विद्यार्थी, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सरोकारवालालाई अनुरोध गरेको महानगरको सूचनामा उल्लेख छ।  

पोखरा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सर्वाेच्च अदालतले गत बिहीबार तीनदिनभित्र आन्दोलनरत शिक्षकको माग सम्बोधन गरी शिक्षकलाई विद्यालयमा फर्काउन सरकारलाई आदेश दिएको र त्यो समय मंगलबार सकिने भएकोले बुधबारदेखि विद्यालयमा पठनपाठन संचालन गर्न अनुरोध गरेको बताए।  

‘मंगलबारसम्म कुनैपनि हालतमा निकास दिनु भनेर सर्वाेच्चले सरकारलाई आदेश दिएको थियो। हामीले सर्वाेच्चको आदेश अनुसार शिक्षा मन्त्रालयसँग समन्वय गरेरै बुधबारदेखि विद्यालय खोल्न भनेका हौ,’ आचार्यले भने, ‘सरकारले सर्वाेच्चको आदेश मान्ने हो। आदेश मान्ने क्रममा बुधबारदेखि विद्यालय खोल्नैपर्छ।’
शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको भर्ना अभियान समेत प्रभावित भईरहेको आचार्यले बताए। आचार्यका अनुसार सामुदायिक विद्यालयमा कति संख्यामा विद्यार्थी भर्ना भए भन्ने यकिन गर्न अहिले सकिँदैन।

‘विद्यार्थीले विद्यालयबाट पाउनुपर्ने निशुल्क पाठ्यपुस्तक लगिरहेका छन्। विद्यार्थी नै सम्पर्कमा छैनन भन्न मिल्दैन। तर उनीहरुको यकिन तथ्यांक अहिल्यै थाहा हुँदैन,’ आचार्यले भने, ‘तर शिक्षक आन्दोलको प्रभावका कारण पोखराका कुनैपनि सामुदायिक विद्यालयमा पठनपाठन भएको छैन।’ सामुदायिक विद्यालयका शिक्षक, व्यवस्थापन समिति पदाधिकारी, स्थानीय तह, कर्मचारीले आलोपालो गरेर विद्यार्थीको भर्ना गरिरहेको महानगरको भनाई छ।  

बुधबारसम्म विद्यालय संचालन नभएपनि शिक्षक र विद्यालयलाई कारवाहि हुने वा नहुने बारे भने महानगरले सूचनामा केही उल्लेख गरेको छैन। आचार्यले पनि सूचनामा कसैलाई पनि कारवाहिको कुरा उल्लेख नगरेको र परिस्थिति अनुसार अघि बढ्ने बताए।

पोखरामा यसअघि नै संस्थागत विद्यालयमा पठनपाठन संचालन भईसकेकोले सामुदायिक विद्यालयमा पनि पठनपाठन संचालन गर्नका लागि अनुरोध गरिएको महानगरले बताएको छ। पोखरा महानगरमा वैशाख ८ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुने भनिएपनि महानगरले शिक्षक आन्दोलनका कारण विद्यालय संचालन अवधि तीनदिनका लागि पछाडि धकेल्दै वैशाख ११ देखि विद्यालय संचालन गर्न भनेको थियो। त्यसपछि संस्थागत विद्यालयमा गत विहीबारदेखि अध्यापन सुरु भएको थियो।

पोखरा महानगरपालिकामा मात्र १ सय ९८ वटा सामुदायिक विद्यालय छन्। महानगरभित्र रहेका संस्थागत विद्यालयको संख्या १ सय ७५ रहेको छ। पोखरा महानगरका विद्यालयमा मात्र बालविकासदेखि १२ कक्षासम्म सबैगरि १ लाख ४२ हजार विद्यार्थी रहेको महानगरको तथ्यांक रहेको छ।  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस