आविष्कार क्लबका नाममा सामुदायिक विद्यालयलाई २५ लाख
१२ माघ २०७७
•
५ मिनेट पाठ
आविष्कार क्लबका नाममा सामुदायिक विद्यालयलाई २५ लाख
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा पदाधिकारीसँगको पहुँचकै आधारमा रकम बाँडेको रहस्य खुलेको छ। महानगरभित्रका २५ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार (स्टिम क्लब) कार्यक्रम सञ्चालन गर्ने नाममा २५ लाख रूपैयाँ बाँडिएको हो।  




महानगरले विनामापदण्ड र विनासूचना आफूखुसी पदाधिकारीसँग नजिक भएका विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम बाँडेको छ। कक्षा ९ सम्मका विद्यार्थीलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा रुचि बढाउने र सृजनात्मक क्षमता विकास गर्ने उद्देश्य भए पनि विद्यार्थी नै नगण्य भएका र बन्द हुने अवस्थामा पुगेका विद्यालयलाई समेत रकम बाँडेको भन्दै प्रधानाध्यापकहरूले नै कार्यक्रमको आलोचना गरेका छन्।  

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिबार एक कार्यक्रम गरी महानगरले आफूखुसी छनोट गरेका विद्यालयका प्रअलाई १/१ लाखको चेक हस्तानान्तरण गरे। ‘महानगर शिक्षा विभागले विद्यालय छनोट गर्दा कस्तो मापदण्ड बनायो ? छनोट गर्नुअघि सार्वजनिक सूचनासमेत प्रकाशित नगरी कसरी छनोट गर्‍यो ?’ बाफलस्थित ज्ञानोदय माविका प्रअ नातिकाजी महर्जनले गुनासो गरे, ‘सबै सार्वजनिक विद्यालयलाई राम्रो गर्नु हाम्रो दायित्व हो। तर विनाआधार पहुँचको भरमै मापदण्ड नपुगेका विद्यार्थी नै नभएका विद्यालयलाई पनि जथाभावी रकम बाँड्नु गलत हो।’ उनले थपे, ‘कम्तीमा महानगर शिक्षा विभागले छनोटको मापदण्डसहितको सार्वजकि सूचना प्रकाशित गरी इच्छुकहरूको आवेदन माग गर्नुपर्ने हो। त्यो नगरी महानगरपालिका चुकेको छ।’

महानगरले ती विद्यालयमा पहिलो चरणका लागि उक्त कार्यक्रम सञ्चालन गर्न भन्दै सम्झौतापत्रमा हस्ताक्षरसमेत गराएको छ। विद्यार्थीमा विज्ञान तथा प्रविधिको सिकाइको विकास गर्ने, व्यक्तिगत अभिरुचिको विकास र प्रयोग गर्ने मञ्च उपलब्ध गराउने, आविष्कारमूलक सिकाइको प्रवद्र्धन गर्नेलगायत उद्देश्यले सुरुवात गरेको सो कार्यक्रम सञ्चालनका लागि काठमाडौं महानगरको छनोटमा परेका ती सबै विद्यालयलाई एक/एक लाख रूपैयाँ अनुदान दिएको महानगरप्रमुख शाक्यको भनाइ छ। तर छनोटमा परेकामध्ये कतिपयमा विद्यार्थी संख्या नै न्यून छ भने महानगरभित्रका धेरै विद्यार्थी भएका, भौतिक पूर्वाधार उत्कृष्ट भएका, शैक्षिक उपलब्धि अब्बल भएका तर महानगरसँग पहुँच नभएकाले यस्ता विद्यालय छनोटमा परेका छैनन्।  

कारखाना नेपाल संस्थाको सहकार्यमा छनोटमा परेका विद्यालय महेन्द्र सरस्वती शोभा आधारभूत विद्यालय टेकुमा कक्षा १ देखि ५ सम्म १ सय २४ र कक्षा ६ देखि ८ सम्म ५१ गरी कुल एक सय ७५ विद्यार्थी मात्र छन्। भक्त विद्याश्रम नररदेवीको विद्यालयमा कक्षा १ देखि ५ सम्म ६१, कक्षा ६ देखि ८ सम्म ४० र ९ र १० मा २७ गरी कुल एक सय २८ विद्यार्थी मात्र अध्ययनरत छन्।  

यसैगरी मित्र आधारभूत चाबहिल गढणेशस्थानमा रहेको यो विद्यालयमा कक्षा १ देखि ५ सम्म १ सय २७ र कक्षा ६ देखि ८ सम्म ४४ गरी कुल एक सय ७१ विद्यार्थी छन् भने महेन्द्र सरस्वती सेदा टेकुको विद्यालयमा कक्षा १ देखि ५ सम्म १ सय २४ र कक्षा ६ देखि ८ सम्म ५१ गरी कुल एक सय ७५ मात्र छन्। यसैगरी नवयुग मावि ज्वागलमा कक्षा १ देखि १० सम्म कुल एक सय ३८ विद्यार्थी मात्र अध्ययनरत छन्। जब कि बालाजुमा रहेको तरुण माविमा हाल शिशु कक्षादेखि १० सम्म कुल एक हजार ७ सय विद्यार्थी अध्ययनरत रहेको स्कुलका प्रअ बाबुराम न्यौपानेले बताए। उनले महानगरले विना सूचना विद्यालय छनोट गरी राम्रो शैक्षिक उपलब्धि हासिल गरेका विद्यालयमाथि अन्याय गरेको गुनासो गरे।

‘आविष्कार क्लब कार्यक्रमबारे हामीलाई कुनै सूचना महानगरले गराएको छैन। हामी पनि महानगरभित्रका विद्यालय हौं, हामीलाई किन सुसूचित गरिएन ?’ तरुण माविका प्रअ न्यापानेले नागरिकसँग भने, ‘महानगरले आफूलाई मन परेका र नजिककालाई मात्र रकम बाँड्ने काम गरेको छ। एउटै महानगरभित्र विभेद भएको छ।’

अनुदानका लागि सम्झौतापत्रमा हस्ताक्षर तथा चेक हस्तान्तरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरप्रमुख विद्या सुन्दर शाक्यले नयाँ सोचका साथ ल्याएको उक्त कार्यक्रमलाई व्यावहारिक रूपमा लागु गर्न विद्यालयका प्रधानाध्यापकलाई आग्रह गरेका थिए। ‘काठमाडौं महानगरपालिकाले नयाँ सोचका साथ यो कार्यक्रम ल्याएको छ। यसलाई व्यावहारिक रूपमा लागु गर्न तपाईहरू लाग्नुहोला,’ शाक्यले भन्नु कार्यक्रममा बोल्दै भने, ‘सामुदायिक विद्यालयका शिक्षकले निजी विद्यालयमा विद्यार्थीको चाप बढी भयो भनेर चिन्ता लिने होइन। गुणस्तरीय शिक्षाका लागि योगदान दिएर सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउनतर्फ केन्द्रित हुनुपर्छ।’  

‘हामीले पहिलो चरणमा २५ वटा विद्यालय छनोट गरेका छौं। जसलाई विद्यालयमा आविष्कार क्लब नाम दिएको छ,’ बस्नेतले नागरिकसँग भने, ‘यो क्रार्यक्रमको छनोटमा परेका विद्यालयमा कक्षा–९ सम्मका १५ देखि २० जनासम्म विद्यार्थीको सहभागितामा आविष्कार क्लब गठन गरिनेछ। उनले थपे, ‘महानगर शिक्षा विभागसँग समन्वय गरी विद्यालय छनोट गरिएको हो। विशेष गरी कक्षा ५ देखि ९ सम्मका विद्यार्थीको लक्षित गरिएको हो।’ उनले महानगरमा भएको कुल ९१ सामुदायिक विद्यालय सबैमा कार्यक्रम पुर्‍याउने लक्ष्यअनुसार आगामी वर्ष थप २५ मा लाने उनको भनाइ छ।  

पहिलो चरणको छनोटमा शिवपुरी माध्यमिक विद्यालय, बाँसबासी मावि, धुम्रवराह मावि, टंगाल मावि, जनकल्याण मावि, मित्र आधारभूत विद्यालय, श्रम राष्ट्रिय मावि, गुह्येश्वरी मावि, रत्नराज्य मावि, विश्व निकेतन मावि, महेन्द सरस्वती सेवा आधारभूत विद्यालय, सरस्वती निकेतन मावि, जनप्रभावत मावि, नील बाराही मावि कालिमाटी छनोटमा परेका छन्। जनपथ माथि, गितामाता मावि, सिद्धि गणेश मावि, शान्ति शिक्षा मन्दिर मावि, भत्तविद्याश्रम मावि, परोपकार आदर्श मावि, नवयुग मावि, प्रभाव मावि, पद्मकन्या विद्याश्रम, भीमसेनगोला मावि, कोटेश्वर सरस्वती मावि छनोटमा परेका छन्।
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२० घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस