भक्तपुरको देवी माध्यमिक विद्यालयलाई चार करोड रुपैयाँको लागतमा बनेको भवन हस्तान्तरण गरिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित विद्यालयको नवनिर्मित भवन बिहीबार एक कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।
२०७२ सालको विनासकारी भूकम्पको कारण क्षतिग्रस्त विद्यालयको भवन निर्माणका लागि एसियाली विकास बैंक र नेपाल सरकारको सहयोग रहेको थियो। केन्द्रीय कार्यान्वय इकाई (शिक्षा) र जिल्ला आयोजना इकाई (शिक्षा) को सहकार्यमा डीआरएसपी प्रथम कार्यक्रम अन्तर्गत निर्मित भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनीधि सभाका संघीय सांसद प्रेम सुवालले गरेका थिए।
सांसद सुवालले उद्घाटन गरेपछि जिल्ला आयोजना इकाई (शिक्षा) का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुकांलाई संयुक्त रुपमा विद्यालयको साँचो हस्तान्तरण गरे। भवन निर्माणका लागि रु. ३ करोड ७३ लाख ७७ हजार बजेट विनियोजन भएको थियो।
भवन निर्माणको काम २०७५ पुस २५ गतेबाट सुरु भएको थियो। गत बैशाखमै निर्माण सम्पन्न भवन कोरोना महामारीको कारण रोकिएको थियो।
हाल ६ सय ५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयले नयाँ भवन पाएसँगै शैक्षिक क्रियाकलापलाई सहज रुपमा अघि बढाउन सहयोग पुग्ने विद्यालयका प्रअ छुकांले बताए। ‘भूकम्पका कारण भएको भवन क्षति हुँदा ठाउँ अभाव भएको थियो, हामीले ७ कोठे भवन पाएपछि समस्या हल हुने भएको छ,’ उनले भने।
गुणस्तरीय शिक्षा दिने उत्कृष्ट विद्यालयको रुपमा रहेको सो विद्यालयमा विद्यार्थीको आर्कषणका कारण कक्षाकोठा अभाव थियो। भवन हस्तान्तरणसँगै विद्यालयको उक्त समस्या हल हुने जिल्ला आयोजना इकाई (शिक्षा) का प्रमुख भरतबहादुर श्रेष्ठले जानकारी दिए।