निजी विद्यालयका शिक्षकहरुले प्रदेश नं. १ का मुख्यमन्त्री र अन्य मन्त्रीले आफ्ना पीडाबारे कुनै चाँसो नदिएपछि बाध्य भएर सडक आन्दोलन थालेर अब माग पूरा गराएर मात्रै विश्राम लिने घोषणा गरेका छन्।
निजी विद्यालयका शिक्षकहरुको संस्था शिक्षक यूनियन प्रदेश नं. १ ले शनिबार इटहरीमा प्रदर्शन गरेपछि आयोजित कार्यक्रमका वक्ताले मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला र कानुनमन्त्री हिकम्त कार्कीले चाँसो नदिएपछि आन्दोलन थालेकोमा अब माग पुरा गराएरै छाड्ने बताएका हुन्। ‘हामीले छ महिनादेखि तलब नपाएकाले गर्दा घरमा चुल्हो नै बल्न छाडेपछि मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला मन्त्री हिकम्त कार्की र विद्यालय सञ्चालकलाई भन्दा माग सुनुवाई भएन,’ निजी विद्यालय शिक्षक यूनियन प्रदेश नं. १ का अध्यक्ष यादव अधिकारीले भने, ‘अब हाम्रा माग सुनाउनकै लागि सडकमा आयौं। निजी विद्यालयमा कार्यरत शिक्षकप्रति कसैले पनि मानवीयता देखाएनन्।’
उनले यदी निजी विद्यालय सञ्चालकले चुल्हो बल्ने वातावरण सृजना नगरे विद्यालय सञ्चालन हुन नदिने गरि आन्दोलन चर्काउने उनले चेतावी दिए। ‘निजी विद्यालय सञ्चालकले हामीलाई पालेको बताउने गरेका छन्। तर, अब तपाईंहरु (निजी विद्यालय सञ्चालक) ले गर्दा हामी (शिक्षक) पालिएका हौं कि हामी (शिक्षक) ले गर्दा तपाई)हरुले पालिएको हो देखाउनेछौं,’ आक्रोसित हुँदै अधिकारीले भने, ‘निजी विद्यालय सञ्चालकले मानवीयता नभएर दानवीयता व्यवहार देखाएका छन्।’ उनका अनुसार चैत यता निजी विद्यालयका शिक्षक–कर्मचारीले तलब पाएका छैनन्। तर, विद्यालयले जुनसुकै बेला डाकेर काममा भने प्रयोग गर्ने गरेको छ।
शिक्षक यूनियनका राजु बरालले शिक्षक–कर्मचारीलाईं निजी विद्यालय सञ्चालकले तलब नदिए सामाजिक वहिस्कारको अभियान समेत थाल्ने चेतावनी दिए। ‘धेरै निजी विद्यालय सञ्चालक समाजसेवी बनेकाले गर्दा तलब नदिएर समाजसेवी बन्नेको पर्दाफास गरि छाड्नेछौं,’ उनले भने।
सोही कार्यक्रममा निजी विद्यालय शिक्षक यूनियनका गोपी खतिवडाले निजी विद्यालय सञ्चालक उद्दार हुनुपर्ने बताए। ‘निजी विद्यालय सञ्चालक न शिक्षक–कर्मचारी, न त अभिभावक वा विद्यार्थी कसैप्रति जवाफदेही छैनन्,’ उनले भने, ‘विगतको नाफा लुकाउन लागि परेका छन्।’ प्रदेश नं. १ को झापा, मोरङ र सुनसरीका निजी विद्यालयका शिक्षक शनिबार इटहरीमा भेला भएर तलब पाउनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए। निजी विद्यालयका शिक्षकहरुले केन्द्रीय कार्याक्रम अनुसार प्रदर्शन गरेका हुन्।