छात्रामा सिकाइ उपलब्धि बढी
०१ साउन २०७७
•
२ मिनेट पाठ
छात्रामा सिकाइ उपलब्धि बढी
नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाभित्रका विद्यालयमा गरिएको अध्ययनले यहाँ छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको छ । नगर शिक्षा शाखाले गरेको अध्ययनमा छात्रमा भन्दा छात्रामा सिकाइ उपलब्धि बढी भएको पाइएको हो । 




शिक्षा शाखा प्रमुख उपसचिव बालकृष्ण चापागाईका अनुसार नगरभित्रका कक्षा ५ मा अध्ययन गर्ने ११ सामुदायिक र सात संस्थागत विद्यालयका ५१६ छात्रछात्रालाई नमूना सर्वेक्षणका लागि लिइएको थियो । यहाँ ३० सामुदायिक र १६ संस्थागत विद्यालयमा एक हजार ५३४ विद्यार्थी छन् । गणित र विज्ञान विषयको सिकाइ उपलब्धिका बारेमा सर्वेक्षणमा सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको नतिजा राम्रो देखिएको चापागाईले बताए ।

अध्ययनका क्रममा गणितमा ३९.७ प्रतिशत र विज्ञान विषयमा ४५.१७ प्रतिशत सिकाइ उपलब्धि हासिल भएको चापागाईले बताए । प्राप्त सिकाइ उपलब्धिमा सामुदायिकतर्फ गणित विषयमा ३५.७ प्रतिशत तथा संस्थागततर्फ ४३.२ प्रतिशत पाइएको छ । त्यस्तै विज्ञान विषयमा सामुदायिकतर्फका विद्यार्थीको सिकाइ उपलब्धि ३४.८ प्रतिशत रहँदा संस्थागततर्फ ५४.४५ प्रतिशत सिकाइ उपलब्धि हासिल भएको शाखा प्रमुख उपसचिव चापागाईले बताए ।

गैँडाकोट नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित शिक्षा युवा तथा खेलकूद शाखाको आयोजनामा भएको सार्वजनिक शिक्षा सवलीकरण कार्यशालामा वडाध्यक्ष सामुदायिक विद्यालयको नजिता सुधारका लागि लाग्नुपर्नेमा जोड दिइएको छ । नगर प्रमुख छत्रराज पौडेलले वडाध्यक्षलाई नै सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी शिक्षा विधेयक पास भएको भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा काम गर्न आग्रह गरे । सो छलफलका क्रममा गैँडाकोट–५ का वडाध्यक्ष नवराज कँडेलले वडाका सामुदायिक विद्यालयबाट प्रदान गरिने शिक्षालाई थप गुणस्तरीय बनाउनका लागि विद्यालयमा राम्रो विद्यार्थी उत्तीर्ण हुने विषय शिक्षकलाई प्रोत्साहन गर्न सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने बताए । 

पछिल्लो समय लामो समयको बन्दाबन्दीका कारण विद्यार्थीको पढाइमा नै प्रभाव परेकाले यसतर्फ अभिभावकले ध्यान दिनुपर्ने पूर्व जिल्ला शिक्षा अधिकारी खड्ग कमालले बताए । 
अर्को समाचार
सिकाइ उपलब्धि ५० प्रतिशत पनि पुगेन : सरकारी अध्ययन
०५ भदौ २०७८
•
३ मिनेट पाठ
सिकाइ उपलब्धि ५० प्रतिशत पनि पुगेन : सरकारी अध्ययन
कक्षा १० का अधिकांश विद्यार्थीले पाठ्यक्रम विकास केन्द्रले तय गरेको पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा दक्षता हासिल गरेको एक अध्ययनले देखाएको छ। शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तीन वर्ष लगाएर गरेको विद्यार्थीको उपलब्धिको राष्ट्रिय परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरेको हो।




शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको नतिजा सार्वजनिक कार्यक्रममा केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अंग्रेजी, गणित र विज्ञानमा एक दशकको अवधिमा ५० प्रतिशत पनि सिकाइ उपलब्धि पुग्न नसक्नु विद्यालय शिक्षाको अवस्था चिन्ताजनक रहेको औंल्याए। सन् २०१८ देखि सुरु गरिएको अध्ययनमा पहिलो पटक कक्षा १० का देशभरका ४२ हजार विद्यार्थी समेटिएका थिए। यसैगरी सरकारी र निजी गरी कुल एक हजार ६ सय विद्यालय र एक हजार ६ सय विद्यालय प्रधानाध्यापक अनुसन्धानमा समेटिएका थिए। त्यस्तै तीन हजार ६ सय शिक्षकलाई अनुसन्धानमा समेटिएको महानिर्देशक सापकोटाले जनाए।  

यसअघि सन् २०११ मा सानो स्केलमा कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धिबारे सामाजिक, गणित, विज्ञान र नेपाली विषयको अध्ययन गर्दा औसतमा ४०.९६ प्रतिशत थियो। विद्यार्थीलाई कक्षा १० को भन्दा माथिको क्षमता देखिएका विद्यार्थी, कक्षा १० को उच्च उपलब्धि भएका विद्यार्थी, कक्षा १० को औसत उपलब्धि भएका विद्यार्थी, कक्षा १० को न्यूनतम क्षमता विकास भई नसक्दा बोर्डर लाइनमा पर्ने विद्यार्थी, कक्षा १० को अपेक्षित क्षमताभन्दा कम क्षमता भएका विद्यार्थी र कक्षा १० भन्दा न्यूनतम क्षमता भएका विद्यार्थी गरी ६ तहमा विभाजन गरिएको थियो। गणित, विज्ञान, नेपाली र अंग्रेजी गरी चार विषयमा विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गरिएको थियो।  

औसतमा कक्षा १० का विद्यार्थीको गणितमा सिकाइ उपलब्धि ४० प्रतिशत, विज्ञानमा ३१ प्रतिशत र अंग्रेजीमा ३० र नेपालीमा ४४ प्रतिशत रहेको छ। ‘नतिजाले एक दशकमा पनि विद्यालय स्तरका कक्षा १० का विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार नभएको देखायो। सिकाइ उपलब्धि सन्तोषजनक छैन,’ महानिर्देशक सापकोटाले भने, ‘नतिजाअनुसार गणितमा ३१ प्रतिशत, विज्ञानमा १८ प्रतिशत, नेपालीमा ३९ प्रतिशत र अंग्रेजीमा ३० प्रतिशत विद्यार्थीले मात्र कक्षा १० को अपेक्षित क्षमता प्रदर्शन गर्न सकेका छन्।’ उनले थपे, ‘१८ देखि २४ प्रतिशत विद्यार्थी कक्षा १० को न्यूनतम क्षमताको बोर्डर लाइनमा रहेका छन्। चार वटै विषयमा ५० प्रतिशत सिकाइ उपलब्धि पनि विद्यार्थीले हासिल गर्न नसक्नु हाम्रो शिक्षा क्षेत्रमा देखिएको कमजोरी हो।’  

प्रदेशगत भिन्नता  

प्रदेशअनुसार औसत सिकाइ उपलब्धिमा निकै भिन्नता छ। नतिजा हेर्दा अंग्रेजी, गणित, विज्ञान र विषयमा वाग्मती प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि उच्च छ। न्यून सिकाइ उपलब्धि कर्णाली प्रदेशको रहेको छ। नेपालीमा गण्डकीको सबैभन्दा उच्च सिकाइ उपलब्धि छ भने न्यून सिकाइ उपलब्धि प्रदेश २ को देखिएको छ।

पाठ्यक्रमअनुसार सिकाइ भएन  

‘केवल सानो संख्याका विद्यार्थी मात्र सिकाइको अब्बल तहमा रहेका छन्,’ महानिर्देशक सापकोटाले औल्याए, ‘कक्षा १० को भन्दा माथिको क्षमता देखाएका विद्यार्थीको उपलब्धि गणितमा १५ प्रतिशत, विज्ञानमा ७ प्रतिशत, नेपालीमा १८ र अंग्रेजीमा पनि १८ प्रतिशत मात्र छ।’ उनले थपे, ‘अधिकांश विद्यार्थीले पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा दक्षता हासिल गरेको देखिनुले लिखित पाठ्यक्रम र विद्यार्थीले हासिल गरेको ज्ञान, सिप र दक्षतामा ठूलो अन्तर रहेको प्रस्ट भएको छ। यसले सिकाइमा विद्यार्थीको उपलब्धि निराशाजनक नै रहेको देखिन्छ।’

विद्यालयका प्रकारगत उपलब्धि  

सामुदायिक र संस्थागत विद्यालयबीचको असमानता उच्च देखिएको छ। असमानता सिकाइ उच्च हुनुले भविष्यमा समाज दुई तहमा विभाजन गर्ने जोखिम बढेको महानिर्देशक सापकोटाले बताए। गणितमा ५१ अंक, विज्ञानमा ४९ अंक, नेपालीमा २१ अंक र अंग्रेजीमा ६८ अंकको अन्तर उच्च रहेको उनको ठहर छ। ‘सामुदायिक विद्यालयलाई अपग्रेड गरी सिकाइमा रहेको अन्तरलाई लगानी, प्रक्रियाा वा नीतिगत सुधार गरी रणनीतिक कार्यक्रम बनाएर अघि बढ्नु पर्ने आवश्यक छ,’ उनले सुझाए। त्यस्तै कक्षा १० मा अध्ययन गर्ने १४ र १५ वर्ष पूरा भएका विद्याथीले औसतभन्दा धेरै उच्च सिकाइ उपलब्धि हासिल गरेको नतिजाले देखाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस