शब्द भण्डार बढाउन संस्कृत फर्काइँदै
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
शब्द भण्डार बढाउन संस्कृत फर्काइँदै
थोरै शब्दको ज्ञानले धेरै शब्दहरू प्रयोग गर्ने क्षमता विकास गर्न आवश्यकता अनुभव गरी नेपाल सरकारले कक्षा एकदेखि संस्कृत विषय पठनपाठन गराउने निर्णय गरेको छ । माघ दुई गते बसेको राष्ट्र्यि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा एकदेखि संस्कृत विषय पठनपाठन गराउने निर्णय गरेको हो । 




अढाइ दशकअघि विद्यालय तहमा कक्षा चारदेखि अनिवार्य विषयको रूपमा पठनपाठन हुँदै आएको संस्कृत विषयलाई माओवादी द्वन्द्वकालमा विद्यालय तहबाटै संस्कृत विषय जबरजस्ती हटाउन लगाइएको थियो । कतिपय विद्यालयमा माओवादीको नेतृत्व तहमा भएका नेताहरूले नै विद्यालयमा तोडफोड गरेरै संस्कृत विषय हटाउन लगाएका थिए । 

तर हाल आएर कोरोना महामारी समेतले संस्कृतमा रहेका प्राचीन सन्दर्भ तथा शब्दहरूको महत्व उजागर गरेको छ । भाषाहरूको मूल भाषा र शब्दहरूको भण्डारण क्षमता वृद्धि गर्ने भएकाले चालु शैक्षिक सत्रदेखि नै विद्यालय तहको कक्षा एकदेखि नै स्थानीय विषयको रूपमा संस्कृत विषय पठनपाठन गर्ने निर्णय गरेको केन्द्रका निर्देशक गणेश भट्टराईले बताए । 

पाठ्यक्रम विकास केन्द्रका निर्देशक भट्टराईका अनुसार संस्कृत विषयको हजार शब्द भएको नमुना पाठ्यक्रम र पाठ्यपुस्तक केन्द्रले तयार पारेको छ । कक्षा एकमा नेपाली, अंग्रेजी, गणित र हाम्रो सेरोफेरो अनिवार्य विषय हो भने स्थानीय विषय पाँचौंमा पर्छ, जसमा तीनवटा विकल्पहरू छन् । मातृभाषा, स्थानीय विषय वा संस्कृत । 

निर्देशक भट्टराईले केन्द्रमा लामो समयदेखि विद्यालयहरूले तीन विकल्पमध्ये सबैभन्दा बढी संस्कृत विषय नै पठनपाठनका लागि माग गरेको बताए । संस्कृत विषयको पाठ्यक्रम तयार पार्न विज्ञहरूको टोलीले तीन वर्ष अध्ययन गरेर पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको बताए । उनका अनुसार संस्कृत पाठ्यक्रममा समेटिएका शब्द तथा वाक्यहरू तीन भाषामा उल्लेख गरिएको छ । 

विद्यालय तहमा कक्षा एकदेखि संस्कृत विषय नेपालमा पहिलो पटक पठनपाठन हुन लागेको हो । विगतमा कक्षा चारदेखि मात्रै विद्यालयमा अनिवार्य विषयको रूपमा संस्कृत पठनपाठन हुने गरेको थियो । 

‘विद्यालय तहबाट संस्कृत विषयको माग आएपछि विज्ञहरूले तयार पारेको पाठ्यक्रम केन्द्रले परिषद्मा लगेको हो । मन्त्रीज्यूले पनि यो विषय आवश्यकताको अनुभव गरी पठनपाठनका लागि निर्णय गर्नुभयो,’ निर्देशक भट्टराईले नागरिकसँग भने, ‘केन्द्रले नमुना पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको छ । स्थानीय तहले आफैं बनाउँछु भन्दा पनि केन्द्रले प्रिन्ट–रेडी कपि दिन्छ । आफैं स्थानीयतामा आधारित भएर बनाए पनि हुन्छ । संस्कृत विषय विद्यार्थीहरूले स्थानीय विषयको रूपमा बढ्ने हो ।’

शब्द भण्डारण क्षमता वृद्धि गर्ने र नैतिकताको पाठसमेत संस्कृत विषयमा सिकाइने भएकाले हालको समयमा यो विषयको विश्वमै माग रहेको छ । हाल ४० देशमा दुई सय ५४ विश्वविद्यालयहरूमा संस्कृत विषय प्राथमिकतासाथ पठनपाठन गराइन्छ । निर्देशक भट्टराईका अनुसार हाल कक्षा एकदेखि लागु गरिएको र पछि माथिल्लो कक्षासम्म पाठ्यक्रम बनाउँदै जाने केन्द्रको तयारी छ ।

अनिवार्य भाषासँगै संस्कृत सिकाइ सहज हुने भएकाले पाठ्यक्रम विकास केन्द्रले तीन भाषामा शब्दहरू पाठ्यक्रममा राखेको केन्द्रका संस्कृत भाषा विभागका अधिकृत पुरुषोत्तम घिमिरेले बताए । उनले संस्कृत विषय सानै उमेरदेखि अध्ययन गर्दा बालबालिकाको बौद्धिक क्षमतासमेत वृद्धि हुने भएकाले यसको आवश्यकता अनुभव गरिएको जनाए । केन्द्रमा हाल निजी र सामुदायिक विद्यालयहरूले आधारभूत तहका लागि संस्कृत विषय पठनपाठनको माग गरेको उनको भनाइ छ । 

हाल संस्कृत पाठशालाहरूमा समेत कक्षा चारदेखि मात्र संस्कृत विषयको पठनपाठन हुने गरेको छ । ‘कक्षा एकदेखि तीनसम्म हाल साधारण शिक्षा नै पढ्नुपर्छ वेद–विद्यालगायत संस्कृत पाठशालामा अध्ययन गर्न कक्षा चारदेखि मात्र हो,’ अधिकृत घिमिरेले भने, ‘विश्वका संस्कृत पढाइने देशहरूमा संस्कृत पठनपाठनले सिकाइ उपलब्धि राम्रो देखिएको छ । थोरै शब्द सिकेर धेरै शब्दहरूको प्रयोग गर्न सकिने, प्राचीन विज्ञान र चिकित्सा विज्ञानसँग समेत संस्कृत जोडिएकाले यसको महत्व विशेष छ ।’

वाल्मीकि विद्यापिठका पूर्वप्रध्यापक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य दिनेशराज पन्तले विद्यालयहरूमा राम्रो तरिकाले बालबालिकालाई अनिवार्य रूपमा पठनपाठन गराउँदै आएको संस्कृत विषयलाई पूर्वमाओवादीहरूले २०५२/०५३ सालतिर लखेटे पनि हाल त्यसको आवश्यकता अनुभव गरी पुनः विद्यालय शिक्षामा पठनपाठनको निर्णय सकारात्मक पहल रहेको बताए ।

पूर्वमाओवादी पार्टीकै नेता एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संस्कृत विषयको महत्वलाई बुझेरै पठनपाठनको निर्णय गर्नु सकारात्मक कदम भएको संस्कृतविज्ञ पन्तको ठहर छ । विज्ञ पन्तको घर–परिवारबीच संस्कृत भाषा नै बोलीचाली गरिने समेत उनले जनाए । उनका अनुसार बालबालिकाको दिमागको विकासमा संस्कृत विषयको महत्वपूर्ण भूमिका रहेको छ । 

‘हाल कोरोनाको उपचारमा समेत हाम्रो परम्परागत संस्कृत विषयसँग जोडिएका प्राचीन विधि, योग, धर्म–संस्कृति नै औषधिका रूपमा प्रयोग भइरहेको छ,’ उनले भने ‘संस्कृत विषयमा पनि हामी यही नै अध्ययन गर्छौं । बिहानै नुहाइधुवाइ, पूजापाठ , सरसफाइ,  नमस्कारलगायत पूर्वीय संस्कार सिकाइन्छ ,’  उनले थपे ‘नेपाली जीवन पद्धतिलाई राम्ररी बुझ्न र बुझाउन संस्कृत विषयको आवश्यकता परेको हो ।’
अर्को समाचार
स्कुलमा भर्चुअल माध्यमबाट मनाइयो ‘गुरु पुर्णिमा’
२१ असार २०७७
•
२ मिनेट पाठ
स्कुलमा भर्चुअल माध्यमबाट मनाइयो ‘गुरु पुर्णिमा’
पुर्णिमाको दिन आफूलाई शिक्षा दिने गुरुप्रति सद्धभावपूर्ण पूजा र सम्मान गर्दै भर्चुअल माध्यमबाट गुरु पूर्णिमा मनाइएको छ । पोखरास्थित पोखरा सेकेन्डरी स्कुलले भर्चुअल माध्यममार्फत आयोजना गरेको गुरु पूर्णिमाको दिन विभिन्न विद्यार्थीहरुले गित, कविता, गाउनुको साथ शुभकामना  मन्तव्य दिए ।




विद्यार्थीहरुबाट सम्मान ग्रहण गरेपछि शिक्षकहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । एसइई सकेका, कक्षा ११ र १२ अनि बिबिएसका विद्यार्थी सहभागी रहेको यो कार्यक्रम जुम मार्फत भएको थियो ।

अघिल्लो वर्ष गुरु पूर्णिमामा शिक्षकले रातो टिका लगाइ दिने र विधार्थीहरुले पनि गुरुआमाहरुलाई टिका लगाई दिएको र उपहार समेत दिएको विद्यार्थीहरुले सम्झिए। अघिल्लो वर्ष झैँ रमाइलोको लागि यो वर्ष केक काट्न नपाएकोमा खिन्न पनि भए । तर अनलाइन मार्फत भए पनि परम्परालाई निरन्तरता दिन पाएकोमा सबै खुसी देखिन्थे ।

अघिल्लो बर्ष झैँ यो पाली आफ्ना गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाई प्रसाद, उपहार आदि अर्पण गरि आदर अर्पण गर्ने कार्यक्रम भएन । लकडाउनले गर्दा ४ महिना देखि भेट्न नपाएका धेरै विद्यार्थी र शिक्षकहरु एकै ठाउँमा जोडिने अवसर भने बन्यो यो कार्यक्रम ।  

पोखरा सेकेन्डरी स्कुलका प्रिन्सिपल नारायण न्यौपानेले भने, ‘गुरु पुर्णिमाको दिन समस्त हिन्दू भक्तजनहरुले गुरु व्यास प्रति आदर र सम्मान प्रकट गर्दै आराधना गरिन्छ ।  तर यो बर्ष न हामीले हाम्रो गुरुलाई भेट्न पायौं न त हाम्रो विद्यार्थीले हामीलाई भेट्न पाए । त्यसैले यस्तो भर्चुअल कार्यक्रम गरि गुरुहरु प्रति सम्मान व्यक्त गरेका छौं ।’  

कार्यक्रमका प्रमुख अतिथि एवम् विद्यालयका संस्थापक प्राचार्य होमनाथ शर्मा पौडेलले विद्यालयले सामाजिक उत्तरदायित्व महसुस गरि निःशुल्क कक्षा संचालन गर्नु एकदमै उदारणीय भएको बताए । पौडेलले भने, ‘यो अफ्ठ्यारो परिस्थितिमा विद्यालयले नियमित रुपमा विद्यार्थीलाई सहज हुने खालको रिभिजन कक्षा, अतिरिक्त कार्यक्रम, कविता प्रतियोगिता गरेको छ । यो एकदम प्रसंशा गर्न लायकको काम हो ।’

शैक्षिक उत्कृष्टता एवम् गुणस्तर शिक्षा कायम राखेको यस विद्यालयले हरेक वर्ष गुरु पुर्णिमा मनाउदै आएको छ । ‘असार शुक्ल पूर्णिमाका दिन हरेक वर्ष गर्दै आएको यस्तो कार्यक्रमले शिक्षक र विद्यार्थीहरुलाइ एक अर्कासंग अझ नजिक बनाउने गर्छ । लकडाउनले दुरी टाढा गराएको थियो । यस कार्यक्रमले हामीलाई पुनः जोडेको छ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल राज सापकोटाले भने । विद्यार्थीहरुको तर्फबाट उक्त्त कार्यक्रममा सजिन सुनार, एन्जिलिना सेन्चुरी, र रिद्दी सिंहले गित गाए भने प्रतिक्षा सुबेदीले आफ्नो कविता सुनाएका थिए ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस