उपकुलपति छनोटमा उदासीन सरकार
२१ जेष्ठ २०८२
•
३ मिनेट पाठ
उपकुलपति छनोटमा उदासीन सरकार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का निवर्तमान उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले राजीनामा दिएको दुई महिना भयो तर अहिलेसम्म पूर्णकालीन उपकुलपतिको व्यवस्था हुन सकेको छैन। विश्वविद्यालय ऐन २०५० ले व्यवस्था गरेअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट समिति बनाइए पनि दुई साता मा एउटै बैठक बसेको छैन।




प्राध्यापक डा. बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो। लगत्तै उपकुलपति को हुने भन्ने विषयमा चर्चा भइरहेका बेला प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले उक्त रिक्त पदमा शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीलाई निमित्तको जिम्मेवारी दिएका थिए।

कुलपतिको हैसियतले ओलीले केसीलाई बढीमा तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्। पदपूर्ति नभएसम्म त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो। यसैबिच उपकुलपति छनोट समिति बनाएर नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने समितिले काम अघि नबढाउँदा त्रिविले कहिले उपकुलपति पाउने भन्ने चर्चा त्रिविका प्राध्यापकहरूबिच भइरहेको छ।

वैशाख २ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि निमित्त उपकुलपतिमा नियुक्ति गरेपछि उपकुलपति केसीले पनि बढीमा तीन महिनाका लागि सोही दिनमै दुविधानन्द ढकाललाई बढीमा तीन महिनाका लागि निमित्त शिक्षाध्यक्ष नियुक्त गरी विश्वविद्यालय चलाएका छन्। तर निमित्त पदाधिकारीहरूबाट मुलुकको सबैभन्दा ठुलो र बढी विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालय लामो समय चलाउन नसक्ने निमित्त शिक्षाध्यक्ष ढकालको ठहर छ। ‘म शिक्षा तथा मानविकी संकायको डिन हुँ। मलाई निमित्त शिक्षाध्यक्षको जिम्मेवारी थपिएको छ,’ उनले भने, ‘उपकुलपति छनोट गर्न शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ तर अहिलेसम्म काम भएको मलाई थाहा छैन।’

उनले विश्वविद्यालयमा चार वर्षे कार्यकालको पूर्णकालीन पदाधिकारी नियुक्ति भए चार वर्षे कार्ययोजना तय गरी विश्वविद्यालय अघि बढ्छ। यसकारण सरकारले छिटोभन्दा छिटो विश्वविद्यालयमा उपकुलपति दिएर निकास दिनुपर्ने बताए। निमित्त पदाधिकारीले लामो समय काम गर्न नसक्ने उनको भनाइ छ।

‘हामी निमित्तले दैनिक शैक्षिक, प्रशासनिक र आर्थिक काम त गर्न सक्छौं तर दीर्घकालीन योजनाहरू बनाएर अघि बढ्न सम्भव हुन्न,’ उनले भने, ‘यसै पनि विश्वविद्यालयका शिक्षकतथा कर्मचारीले निमित्तले धेरै असर पर्ने काम नगर्न चेतावनी दिएकै छन्।’ उपकुलपति छनोट समितिका सदस्य एवं शिक्षा सचिव चूडामणि पौडेलले समिति गठन भए पनि उपकुलपति छनोटबारे कुनै बैठक अहिलेसम्म नबसेको स्पष्ट पारे।

‘बैठक बसेपछि बल्ल मापदण्ड र आधार तय गरी नयाँ प्रक्रियाबाट उपकुलपति छनोटबारे छलफल हुन्छ,’ सचिव पौडेलले नागरिकसँग भने।

उपकुलपतिका आकांक्षीमा कोको छन्?

पछिल्लो सयम त्रिवि उपकुलपतिका आकांक्षीहरूको नाम चर्चामा छ। चर्चामा पूर्वरजिस्ट्रार प्राध्यापक डा. डिल्लीराम उप्रेती, जलवायु तथा मौसम विज्ञान विभागका पूर्वविभागीय प्रमुख प्राध्यापक डा. दीपक अर्याल, प्राध्यापक डा. खड्ग केसी, प्राध्यापक डा. उपेन्द्र कोइराला, रसायन शास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. जिएल शर्मा, व्यवस्थापन संकायका पूर्वडिन प्राध्यापक डा. डिल्लीराज शर्मा र जनसंख्या केन्द्रीय विभागका प्राध्यापक डा. गोविन्द सुवेदी छन्।

‘स्नातकको परीक्षा सुरु हुन लागेकाले तत्काल भर्ना खुलाउन सकिन्न’

यसैबिच नेपाल विद्यार्थी संघका केही विद्यार्थीले भर्नाको विषयलाई लिएर त्रिविको उपकुलपति कार्यालयमा तेडफोड गरेका छन्। उनीहरूले स्ववियु निर्वाचनअघि स्थगित विद्यार्थी भर्ना खुलाउनु पर्ने माग राख्दै तोडफोड गरेका हुन्। तर त्रिविले अहिले स्नातक तहको परीक्षाको फाराम खुला भइसकेको अवस्थामा भर्ना खुलाउन नसक्ने जवाफ दिएको छ। ‘त्रिविमा बेथितिको पराकाष्ठा कायम छ,’ शिक्षाध्यक्ष ढकालले भने, ‘असार अन्तिम साता स्नातकको परीक्षा सुरु हुन्छ। तर विद्यार्थीले अहिले स्नातकमै भर्ना खोल्नुपर्ने दबाब दिँदै उपकुलपति कार्यालयमा तोडफोड गरे। यो गलत प्रवृत्ति हो।’

उनले एकदुई दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने र यस्तो अवस्थामा त्रिविले विद्यार्थी भर्ना खुलाउनै नसक्ने स्पष्ट पारे।
अर्को समाचार
खकारजस्तै सरकार देख्छु, हरामजस्तै व्यवहार देख्छु!
२७ फागुन २०८१
•
१ मिनेट पाठ
खकारजस्तै सरकार देख्छु, हरामजस्तै व्यवहार देख्छु!
१) मुक्तक




खकारजस्तै सरकार देख्छु,

हरामजस्तै व्यवहार देख्छु।

खै दोष कोको म यहाँ लगाऊँ,

मसानजस्तै दरबार देख्छु।

२) मुक्तक

दिन हुँ, रजनी भगाउँछु,

बाढी हुँ, फोहर बगाउँछु।

खरानी छ, अझै हिरोसिमा,

पानी हुँ, सृष्टि जगाउँछु।

३) मुक्तक

मौसम मन्दमन्द छ,

बाटो बन्दबन्द छ।

बाज नाच्छन् झण्डामा,

सबैतिर छन्दछन्द छ।

४) मुक्तक

महलले छाप्रो जलाइरहेछ,

फटाहाले लाटो चलाइरहेछ।

जता हेर्‍याे उतै शनि दृष्टि छ,

बेथितिले थिति ढलाइरहेछ।

५) मुक्तक

हरे, मानवता कता हरायो!

मान्छेले मान्छे नै बलि चढायो।

धुवा बनेर नवमाथि पुग्नका लागि,

दाउराले शरीरमै आगो लगायो।

६) मुक्तक

धरती एउटै फरक छानो छ,

पेट एउटै फरक मानो छ।

आमा र सन्ततिहरूमा पनि,

कोही ठूलो र कोही सानो छ।

७) मुक्तक

बुद्ध तिम्रो आत्मा जल्दै छ किन!

तिम्रो सहारा उपदेश गल्दै छ किन!

दया, शान्ति अहिंसाको बोटमा,

लटरम्म ऐरेलु पो फल्दैछ किन!

८) मुक्तक

ए सुन्दर फूल नभाँच आँकुरा,

सगरमाथा तिमी नथुक टाकुरा।

दरबार त सधैं मिठोमसिनो खा,

म पसिना खान्छु नतोड पाखुरा।

- यम रेग्मी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस