विद्यार्थीभन्दा शिक्षक बढी
११ जेष्ठ २०८२
•
३ मिनेट पाठ
विद्यार्थीभन्दा शिक्षक बढी
सार्वजनिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको संख्या बढी भएको तथ्यांक सार्वजनिक भएको छ । सरकारले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा सार्वजनिक विद्यालयका शिक्षकहरू कतै धेरै त कतै न्यून रहेको अवस्था देखिएको हो । विशेष गरी हिमाली र पहाडी क्षेत्रमा भन्दा तराईका सबै क्षेत्रमा विद्यार्थी संख्या धेरै र शिक्षक अपुग रहेको तथ्य महालेखापरीक्षकको प्रतिवेदनले उजागर गरेको छ ।




यति मात्र होइन, शिक्षक दरबन्दी मिलान गर्न नसक्दा विषयगत शिक्षक पनि आवश्यक पर्ने विद्यालयमा पु¥याउन नसकेको देखिएको छ ।

यसले राज्यले अपेक्षा गरेजस्तो विद्यालय शिक्षाको सिकाइ उपलब्धि हासिल हुन सकेको छैन भने शिक्षातर्फको सरकारी लगानी पनि खेर गइरहेको अवस्था छ । महालेखापरीक्षकको ६२औं प्रतिवेदनले उजागर गरेको तथ्यांकअनुसार विद्यालय र विद्यार्थीको संख्याका आधारमा विद्यालयहरूमा शिक्षक वितरण गर्न नसकेका कारण विद्यालयको कक्षाकोठामा बालबालिकाको सिकाइ स्तरमा नकारात्मक असर परेको हो ।

शिक्षा नियमावली २०५९ को नियम ७७ मा व्यवस्था भएअनुसार सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थी अनुपात हिमालमा ४०, पहाडमा ४५ र तराईमा ५० हुनुपर्ने उल्लेख छ । प्रतिवेदनमा सार्वजनिक गरेको शिक्षक–विद्यार्थी अनुपातको तथ्यांकअनुसार सात प्रदेशमध्ये कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका सबै क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्याभन्दा शिक्षक संख्याको अनुपात बढी रहेको तथ्य उजागर भएको छ । तर मधेस प्रदेशमा भने विद्यार्थी संख्या अनुपातिक हिसाबले शिक्षकको भन्दा बढी छ ।

प्रतिवेदनमा उल्लेख गरिएको विवरणअनुसार सातै प्रदेश शिक्षक–विद्यार्थी अनुपात हिमाली क्षेत्रमा आधारभूत तहअन्तर्गत कक्षा १–५ मा एक शिक्षकबराबर विद्यार्थी संख्या १२.५६ जना र कक्षा ६–८ मा २०.४२ जना, माध्यमिक तहअन्तर्गत कक्षा ९–१० मा १९.६१ रहेको छ । यसैगरी पहाडी क्षेत्रमा आधारभूत तहअन्तर्गत कक्षा १–५ मा एक शिक्षकले १०.५७ जना र कक्षा ६–८ मा १७.२२ जना र माध्यमिक तहअन्तर्गत कक्षा ९–१० मा एक शिक्षकले २१.८३ पढाइरहेको अवस्था छ । यसैगरी उपत्यका तथा तराई क्षेत्रमा आधारभूत तहअन्तर्गतको कक्षा १–५ सम्म एक शिक्षकले २२.७२ विद्यार्थीलाई शिक्षण सिकाइ गराइरहेको प्रतिवेदनले देखाउँछ । कक्षा ६–८ मा एक शिक्षकले ३८.६९ जना र माध्यमिक तहको कक्षा ९–१० मा ३५.६४ जनालाई पढाइरहेको देखिएको छ ।

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रका जुनसुकै तहका विद्यालयमा शिक्षक संख्याको तुलनामा विद्यार्थी संख्या न्यून देखिएको महालेखाको ६२औं प्रतिवेदनमा उल्लेख छ । मधेस प्रदेशमा विद्यार्थी संख्याको अनुपात तोकिएभन्दा बढी देखिएको छ । मधेस प्रदेशमा कक्षा ६–८ मा एक शिक्षकबराबर ८७.२६ जना र माध्यमिक तह कक्षा ९–१० मा ६०.५० जना रहेको पाइएको छ । 

‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न भौगोलिक अवस्था, जनसंख्या तथा विद्यार्थी संख्याका आधारमा सबै स्थनीय तहमा शिक्षक दरबन्दीको मिलान गरिनुपर्नेमा ६९ स्थानीय तहमा मात्र दरबन्दी मिलान भएको छ,’ प्रतिवेदनमा औंल्याइएको छ, ‘नियमावलीको व्यवस्थाअनुसार शिक्षक–विद्यार्थी अनुपात कायम हुने गरी शिक्षक व्यवस्थापन गर्न सके मात्र विद्यालय तहको शैक्षिक गुणस्तर र बालबालिकाको शिक्षण सिकाइ स्तरीय बनाउन सकिन्छ ।’ 

प्रतिवेदनमा उल्लेख भएअनुसार देशभरिका पूर्वप्राथमिक, आधारभूत र माध्यमिक गरी कुल ३७ हजार नौ सय विद्यालयमा कुल ८५ लाख ८७ हजार दुई सय ६ विद्यार्थी अध्ययनरत छन् भने तीन लाख २५ हजार तीन सय १० शिक्षक कार्यरत छन् । यीमध्ये सार्वजनिक विद्यालयमा ५६ लाख ३५ हजार तीन सय ४३ र निजी विद्यालयमा २७ लाख ९४ हजार चार सय ४५ विद्यार्थी अध्ययनरत छन् । अघिल्लो वर्ष ८० लाख ६० हजार विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । 

तथ्यांकअनुसार सार्वजनिकतर्फ कुल विद्यालयको हिस्सा ७७.६० प्रतिशत, विद्यार्थीको हिस्सा ६५.६२ प्रतिशत र शिक्षकको हिस्सा ६५.४० प्रतिशत छ । निजीतर्फ विद्यालयको हिस्सा २० प्रतिशत, विद्यार्थीको हिस्सा ३२.५४ प्रतिशत र शिक्षकको हिस्सा ३४.६० प्रतिशत छ । उक्त प्रतिवेदनअनुसार पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्म प्रतिविद्यालय विद्यार्थी संख्या सामुदायिकमा दुई सय एक, संस्थागतमा तीन सय ५४ र अन्यमा एक सय १४ रहेको छ ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस