कक्षामा विद्यार्थी फेल भए को बढी चिन्तित हुन्छ ? यसको उत्तरमा जोकोहीको पनि जवाफ हुन्छ: विद्यार्थी, अभिभावक र विद्यालय। तर काठमाडौं महानगरपालिका एउटा यस्तो माहनगर पालिका रहेछ जो विद्यार्थी फेल हुन्दा निदाउनै नसक्ने रहेछ।
गत वर्षको माध्यमिक शिक्षा परिक्षा एसइईम महानगरको नतिजा ७८ प्रतिशत आयो। २८ प्रति विद्यार्थी फेल हुँदा महानगर निदाउन नसकेको महानगरका शिक्षक, अभिभावक , विद्याथी, अभिभावक तथा महानगरका कर्मचारीहरुको अनुभव रहयो। यस पटको एसइईमा सम्पूर्ण सहभागिता जनाएको एसइईका विद्यार्थीलाई सफल गराउने गरि शिक्षण सिकाईको सम्पूर्ण अभिभावकत्व महानगरले लिएको छ। अभिभावकले थप कक्षा वा टिउसन पढाउने चिन्ता गर्नु नपर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले अगामी चैत्त ७ गतेदेखि सुरु हुने एसइई परीक्षामा आफना महानगर भित्रका सबै विद्यार्थीलाई सफल गराउन जुटेको छ। कोहि पनि विद्यार्थी ननग्रेड अर्थात एनजी नल्याउन् भन्ने लक्ष्यसहित महानगरले वद्यार्थीको कक्षाकोठाभित्रको सिकाई उपलब्धीको स्तर अभिबृद्धि गर्न माघ ३ गतेदेखि शिक्षकलाई पाठ्यक्रम अनुसारको तालिम दिन सुरु गरेको छ।
महानगरभित्रका आफनो शिक्षण सिकाईमा दक्षता अभिबृद्धि गर्न चाहने इच्छुक शिक्षकहरुकोलागि महानगरपालिकाले तालिम सुरु गरेको हो। बिहिबार भानुमाध्यमिक विद्यालयमा तालिममा सहभागिता जनाएका पद्यमोदय माविका विज्ञान तथा प्रविधि विषयका शिक्षक प्रकाश सिमखडाले महानगरले विदाको समयमा तालिमको ब्यवस्था गरेर उपलब्धीमुलक कार्य गरेको प्रतिक्रिया दिए। माध्यमिक तहको शिक्षक सिमखडाका अनुसार एसइईमा धेरै विद्यार्थी फेल हुने विषयमा महागनरको फोकस रहेको छ। ‘धेरै विद्यार्थीहरु एसइईमा गणित, विज्ञान, अंग्रेजी अर्थ शास्त्र, समाजिक र नेपालीमा फेल हुने गरेको देखियो। महानगरले कक्षा १०को यीनी विषयका शिक्षकलाई तालिमको ब्यवस्था गरेको छ,’ शिक्षक सिमखडाले अनुभव सुनाए, ‘अहिले विदाको समय छ। विदाको भरपुर प्रयोग गरियो। अरु बेला १० बजेदेखि ’५ बजेसम्म स्कुलमा पढाइको बखत कक्षा अवरुद्ध गर्दा शैक्षिक क्षती हुने संभावना हट्यो र प्रोफेशनल तालिम बन्यो।’ उनले थपे ‘मा ३ र ४ गते संचालन हुने तालिममा हामीले पाठ्यक्रम निर्माण, ब्यवहारिक प्रश्नपत्र निर्माण, कक्षा कोठामा प्रभावकारी सिकाइ तथा रटन्ते हटाएर ब्यवहारिक कृयाकलापसँग जोडिएर शिक्षकसिकाई गराउने तौर तरिका नयाँ पाठ्यक्रम अनुसार सिकियो।’ शिक्षक सिमखडाका अनुसार नयाँ पाठ्यक्रम अनुसारको तालिम महानगरले उपलब्ध गराउँदा कक्षाकोठाको शिक्षण सिकाई स्तरीय हुन्छ। महानगरको एनजी नल्याउने अभियानले मूर्त रुपमा पाउँछ।
महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार विदाको समय परेकोले महानगरको लक्ष्य अनुसारको सामुदायिक शिक्षकहरु तालिममा सहभागिता जनाउन सकेका छैनन्। महानगरले तीन तहको तालिम सुरु गरेको छ। कक्षा १०को विषयगत शिक्षकहरुकोलागि अंग्रेजी, नेपाली, गणित, विज्ञान र समाजिक विषयकोलागि भानुमावि रानीपोखरीमा मा ३ र ४ गते तालिम हुने र एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक , मुल्याँकन सम्बन्धि कक्षा १देखि ३ कालागि शिक्षकहरुकोलागि पद्योमदय माविमा तालिम सुरु गरेको छ। भने प्रारम्भिक बालविकासकोलागि शिक्षकको तलिम पद्यमकन्य माविमा सुरु गरेको छ।
‘महानगरले ७ सय शिक्षक लक्ष्य राखे पनि चार सय ५०को मात्र सहभागिता रहयो। यसमा १५ प्रतिशत सामुदायिकका शिक्षक पनि छन्,’ अकिृत ज्ञवालीले नागरिकसँग भने, ‘प्रारम्भिक बालविकासका सबै ९३ शिक्षक सहभागितारहे तर कक्षा १०कोलागि ३६० लक्षित शिक्षकमध्ये १७७ मात्र सहभागिता जनाएका छन् भने कक्षा १देखि ३ सम्मका २७० शिक्षक लक्षित मध्ये १३६को मात्र सहभागित छ,’उनले थपे, ‘महानगरको एउटै लक्ष्य हो यसपटकको एसइईमा विद्यार्थीलाई ९९ प्रतिशत उत्तीर्ण गराउने। यही अनुसार हामीले काम गरिहरेका छौं। अहिले विदामा समेत स्कुलहरुमा कक्षा १०को उपचारात्मक कक्षा अर्थात कोचिङ कक्षा महानगरले सुरु गरेको छ। तालिममा काठमाडौं विश्वविद्यालयका विज्ञहरुले तामिल दिनु भएको छ। एसइईमा एनजी नल्याउने गरि हामीले तयारी गरिरहेका छौं। १२ लाख बजेट छ।’
पद्यमोदय स्कुलकी प्रअ रीता तिवारीका अनुसार महानगरको शिक्षक तालिम कार्य सहरानीय छ। विदाको भरपुर सदुपयोग भएकोले तालिम उपलब्धीमुलक हुने उनको विश्वास छ।
भानु माविकी प्रअ सारदा पौडेलका अनुसार एसइईमा धेरै विद्यार्थी फेल हुने विषय ंअंग्रजी, गणित, विज्ञान, समाजिक विषयमा महानगरले अपनत्व लिएर सुधारात्मक कक्षा सुरु गर्नु र नयाँ पाठ्यक्रम अनुसार विज्ञहरुलाई सहभागिता गराएर तालिम उपलब्ध गराउनुले महानगरले शिक्षामा अपनत्व लिएको बुझिएको जनाइन्। ‘तालिममा विज्ञहरुले प्रश्नपत्र निर्माण र विश्लेषण,सूचनाप्रविधिलाई शिक्षण सिकाईमा प्रयोग र शिक्षको पेशागत दक्षतामा केन्द्रित छ ,’ प्रअ पौडेलले भनिन्,‘महानगरले विदाको समयमा पारेर उचित गरेको छ। कक्षा क्षति हुदैन। शिक्षकाले दक्षता विकास भने हुन्छ।’