बालबालिकालाई शैक्षिक सामग्री वितरण
१६ पौष २०८१
•
२ मिनेट पाठ
बालबालिकालाई शैक्षिक सामग्री वितरण
धादिङको धुनिवेशी नगरपालिकाको जीवनपुर गाउँ काठमाडौंको सीतापाइलाबाट मुस्किलले २४–२५ किलोमिटर दूरीमा छ। डेढ घण्टाको यात्रापछि यहाँ पुग्न सकिन्छ। बस्तीसँगै छ जीवनपुर कुलचन्द्र आधारभूत स्कुल। संघीय राजधानी काठमाडौंको यति छोटो दूरीमा रहेको यस स्कुलमा पुग्दा लाग्छ, कुनै विकट गाउँको स्कुलमा पुगेका छौँ।




स्कुलको नाउँमा आठ कोठाको एउटा दुईतले भवन। यही भवनमा एक सय २० जना विद्यार्थी पढ्छन् नर्सरीदेखि कक्षा ८ सम्म। पुसको कठ्यांग्रिलो जाडोमा पनि बालबालिका सर्ट र पाइन्ट मात्र लगाएर स्कुल पुगेका हुन्छन्। त्यसैले धुनिवेशीनगरपालिकाका मेयर बालकृष्ण अर्याल भन्छन्, ‘स्कुलको अवस्था हेर्दा यो ठाउँ बत्तीमुनिको अँध्यारो जस्तै हुन्छ।’ 

लायन्स क्लब अफ इन्द्रायणी, खुसिबुबाट आइतबार यही स्कुलका बालबालिकाका लागि वितरण गरिएको न्यानो कपडा, स्टेसनरी, खेलकुद सामान हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर अर्यालले भने, ‘संघीय राजधानीबाट मुस्किलले २४–२५ किलोमिटरको दूरीमा छ, तर यहाँको अवस्था कुनै विकट गाउँको भन्दा कम छैन।’ उनका अनुसार यस नगरपालिकामा ३६ वटा सामुदायिक स्कुल छन्, तर कुनै पनि स्कुलको भौतिक पूर्वाधार तथा शिक्षण अवस्था राम्रो छैन। यसक्रममा उनले आफू नगरपालिकाको प्रमुख भएयता नगरको शैक्षिक अवस्था सुधार्न लागिपरेको बताए।

जीवनपुर कुलचन्द्र आधारभूत स्कुल धुनिवेशी नगरपालिका– ४ मा पर्दछ। यहाँ दलित र जनजातिको बाहुल्य रहेको छ। स्कुलमा पनि ९० प्रतिशतभन्दा बढी विद्यार्थी दलित र जनजातिका रहेको प्रधानाध्यापक देवी पौडेलले बताइन्। उनका अनुसार अधिकांश अभिभावक अशिक्षित र गरिब छन्। ‘यहाँ आउने विद्यार्थी एकसरो लुगा लगाउन सक्ने खालका छैनन्। न धोएर लगाउँछन्। केही महिनाअगाडि अमेरिका बस्ने आफन्तसँग अनुरोध गरी ड्रेस दिएको थिएँ। अहिले लायन्सका तर्फबाट प्राप्त न्यानो कपडा, जुत्ता, स्टेसनरी, खेलकुदका सामान पाउँदा खुसी लागेको छ’, प्रअ पौडेलले भने।

कार्यक्रममा लायन्स क्लब अफ इन्द्रायणीका अध्यक्ष अमर सुवाल, उपाध्यक्ष दीपक महर्जन, संस्थापक अध्यक्ष सागर महर्जन, सचिव राजेन्द्र महर्जन, डिस्ट्रिक गभर्नर नीरा बज्राचार्य, इन्टरनेसनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीलगायतले बालबालिकाका लागि ल्याइएको ज्याकेट, ट्राउजर, जुत्ता, मोजा, टोपी, पेन्सिल, कपी, बलपेन, खेलकुद सामग्री क्यारेमबोर्ड, बल, लुडो, फुटबल खेल्न मैदानमा राखिने झन्डा आदि प्रअ पौडेलसमक्ष हस्तान्तरण गरेका थिए।

लायन्स क्लब अफ् इन्द्रायणीका अध्यक्ष सुवालले यस क्लबले जहाँ जे आवश्यक छ सोहीअनुसार सहयोग गर्दै आएको बताए। यसअघि क्लबले चितवनको इच्छाकामना नगरपालिकास्थिति स्कुलका बालबालिकालाई पनि यस्तै सामग्री वितरण गरेको थियो। 

स्थानीय कुलचन्द्र गौतमको अगुवाइमा २०४० सालतिर खोलिएको यस स्कुलमा हाल नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुन्छ। प्रअ पौडेल भन्छन्, ‘यस क्षेत्रमा १० कक्षासम्म पढाउने स्कुल छैन। थप पढ्नका लागि बालबालिकाले एक घन्टा हिँडेर धार्के पुग्नुपर्छ। त्यसैले यस स्कुललाई १० कक्षासम्म सञ्चालन गर्न अगाडि बढिरहेको छौँ।’
अर्को समाचार
बाढी–पहिरोमा विस्थापित बालबालिकालाई सहयोग
०१ मंसिर २०७८
•
२ मिनेट पाठ
बाढी–पहिरोमा विस्थापित बालबालिकालाई सहयोग
इलामको माङ्सेबुङमा बाढी–पहिरोबाट विस्थापित परिवारका बालबालिकालाई सहयोग सामग्री प्रदान गर्ने तयारी गरिँदै। तस्बिर: नागरिक
महिनादिनअघि अविरल वर्षापछिको बाढी–पहिरोमा पीडित ४ जिल्लाका बालबालिकालाई अत्यावश्यक उपभोग्य सामग्री वितरण गरिँदै छ। इलाम, पाँचथर, ताप्लेजुङका सबै र तेह्रथुमका ४ पालिकामा पीडित बालबालिकालाई सहयोग गर्न थालिएको हो।  




बालबालिकालाई खाद्यान्न, लत्ताकपडा, शैक्षिक सामग्री, औषधिलगायत प्रदान गरिँदै छ। मानवअधिकार मञ्च नेपाल र बाल हेल्पलाइन–१०९८ ले घर–घरमै पुगेर पीडित बालबालिकालाई यी सामग्री वितरण गर्न थालेका हुन्। यसैक्रममा इलामको माङ्सेबङ गाउँपालिकामा पहिरोबाट विस्थापित ५ परिवारका ७ बालबालिकालाई बुधबार सामग्री प्रदान गरिएको छ। बालबालिकाको सहयोगका लागि अनुरोध आएपछि ती सामग्री वितरण गरिएको मञ्चका कोषाध्यक्ष भक्त थामीले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, वडा ६ अध्यक्ष प्रदीप साम्पाङ, कार्यपालिका सदस्यहरू, कर्मचारी, सुरक्षाकर्मी, समस्यामा परेका बालबालिका, मञ्चका बाल हेल्पलाइन डेस्क अफिसर याम माबो लिम्बू, डेस्क अधिकृत रञ्जु थामी र सरिता राईलगायतको सहभागिता थियो।  

थामीले पहिरोले घर–परिवार विस्थापित भएपछि बालबालिकाको बिजोक भएकाले उनीहरूलाई सहयोग गरिएको बताए। ‘बाढी–पहिरोका कारण परिवारका सदस्यको मृत्यु भएको वा बेपत्ता छ भने त्यो परिवारका बालबालिकालाई सहयोग गर्छाैं,’ थामीले भने, ‘विस्थापित परिवारमा बालबालिका छन् भने पनि सहयोग प्रदान गरिन्छ तर सबै बालबालिकालाई चाहिँ होइन।’

उनले ४ जिल्लाका ३० स्थानीय तहमा यस्ता बालबालिकालाई सहयोग गरिने बताए। शुक्रबार इलामकै फाकफोकथुमका १० बालबालिकालाई सहयोग सामग्री प्रदान गरिने मञ्चले जनाएको छ। बाढी–पहिरोबाट यी जिल्लामा कति बालबालिका पीडित छन् भन्ने चाहिँ तथ्यांक आइसकेको छैन। ‘पाँचथरको मिक्लाजुङमा धेरै बालबालिका पीडित छन् भन्नेसम्म सुनिएको छ, यकिन तथ्यांक आएको छैन,’ उनले भने, ‘तथ्यांक संकलन र सामग्री वितरणको काम सँगसँगै हुँदैछ।’

गत कात्तिक १ देखि ३ सम्म भएको अविरल वर्षापछि बाढी–पहिरो आउँदा इलाममा १५ जनाको मृत्यु भएको थियो। फाकफोकथुम गाउ“पालिकामा सबैभन्दा बढी ६, माङसेबुङ गाउ“पालिकामा ४, सूर्योदय नगरपालिकामा ३ र माई तथा देउमाई नगरमा १/१ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ। बाढी–पहिरोले जिल्लाका १० वटै स्थानीय तहमा क्षति पुर्‍याएको छ।  

बाढी–पहिरोका कारण जिल्लामा २ सय ८५ जना विस्थापित भएका छन् भने ५ जना घाइते छन्। विस्थापित सबैजसो आफन्तकहाँ आश्रय लिएर बस्न बाध्य छन्। ६ सय ४४ घर–गोठमा बाढी–पहिरोले क्षति गरेको छ। १९ घर पुरानोबाट नयाँ स्थानमा सार्नुपर्ने देखिएको प्रशासनले जनाएको छ। जिल्लामा बाढी–पहिरोबाट घर–आवासतर्फ ४६ करोड ९६ लाख रुपैयाँ बराबरको क्षति अनुमान गरिएको छ।

पाँचथरमा बाढी–पहिरोबाट ३१ जनाको मृत्यु भएको थियो भने ३ जना अझै बेपत्ता छन्। ताप्लेजुङ र तेह«थुममा बाढी–पहिरोले इलाम र पाँचथरको तुलनामा कम क्षति गरेको छ। दुवै जिल्लामा मानवीय क्षति भएको छैन। कृषिबाली र पशुपन्छीमा चाहिँ क्षति गरेको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस