काठमाडौँको सोह्रखुट्टेमा रहेको पिपल्स डेन्टल कलेजले माग गरेको अतिरिक्त शुल्क विद्यार्थीले दिन नमान्दा कलेजले विद्यार्थीको शैक्षिक काजगाज कब्जामा लिएको छ। यसले कलेजबाट डेन्टलमा एमडीएस उत्तीर्ण १५ विद्यार्थीको भविष्य अन्योलमा परेको छ।
तीन वर्षअघि चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी एमडीएसमा भर्ना भएका विद्यार्थीहरूले आ–आफ्नो विषयमा विशेषज्ञता हासिल गरेपनि कलेजले माग गरे अनुसारको थप शुल्क नतिर्ने १५ विद्यार्थीको कलेजले शैक्षिक योग्यताको प्रमाणपत्र नै रोकिदिएको छ। यस कारण विद्यार्थीले हासिल गरेको विशेषज्ञता अनुसार काम गर्न पाएका छैनन्।
तीन वर्षे कोर्षका लागि आयोगले तोकेअनुसार विद्यार्थीले भर्ना, शिक्षण, ल्याब, पुस्तकालयलगायत बापत २२ लाख ९९ हजार शुल्क पहिले नै तिरिसकेका छन्। अब विद्यार्थीले आफ्नो अन्तिम परीक्षा पास गरी काम गर्न शैक्षिक योग्यताको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेसन कार्ड र ट्रान्सक्रिप्ट माग गर्दा कलेजले थप शुल्क नदिए यी प्रमाणपत्रहरू नदिने भन्दै विद्यार्थीलाई मानसिक तनाव दिएको डा.अनुह गौतमले बताए।
गौतम पिपल्स डेन्टल कलेजमा तीन वर्ष चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पास भएर अर्थोडेन्टीकमा एमडीएस अध्ययनका लागि भर्ना भएका थिए। उनले भर्ना हुँदा एक तिराई शुल्क बुझाएका थिए भने तीन वर्षभित्र सम्पूर्ण शुल्क बुझाइसकेका छन्। अयोगले एमडीएसका लागि २२ लाख ९९ हजार शुल्क तोकेको छ। तीन वर्षभित्र सबै शुल्क बुझाएर अन्तिम परीक्षा पास भए पनि आफ्नो शैक्षिक प्रमाणपत्र कलेजले कब्जामा राखेकोले उनी नेपाल मेडिकल काउन्सिलले तोकेको साउन १६ गते सञ्चालन हुने लाइसेन्स परीक्षामा समेत सहभागी हुनबाट बन्चित भएका छन्।
अनुह मात्र होइन उनका ब्याचमा १५ विद्यार्थीले डेन्टलका विभिन्न विषयमा विशेषज्ञता हासिल गरे पनि योग्यताको शैक्षिक प्रमाणपत्र कलेजले आफ्नो कब्जामा राखेकोले आफुले हासिल गरेको विशेषज्ञता अनुसार सेवा गर्न नपाएपछि १५ पीडित विद्यार्थीहरू अयोग, त्रिवि, शिक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा समेत कलेजको बदमासीविरुद्धमा उजुरी दर्ता गराएको अर्का विद्यार्थी डा.रक्षा श्रेष्ठले बताइन्।
अनुह र रक्षा मात्र होइन कलेजले डेढ लाखदेखि ५ लाखसम्म विभिन्न शीर्षकहरू खडा गरी थप शुल्क माग गरेपछि असहमति जनाएका डा.आलाया शर्मा, डा.अनुशा थापा, डा.अस्मिता बुढाथोकी, डा.बिना श्रेष्ठ, डा.माहालक्ष्मी साह कलवार, डा.मोलिका रिमाल, डा.नमिता अधिकारी, डा.नमिता विष्ट, डा.निमा मोक्तान, डा.निमिशा अधिकारी, डा.पिंकी शर्मा, डा.रक्षा श्रेष्ठ, डा.,सिता सापकोटा, डा.श्रेया देवकोटा र डा.सुजाता रानाको भविष्य अन्योल बनेको छ।
हुन त कलेजले यी विद्यार्थीलाई अन्तिम परीक्षाको सुरुवात देखिनै विभिन्न समयमा अतिरिक्त शुल्क नदिए प्रवेश परीक्षामा सहभागिता हुन नदिने र परीक्षा रोकी दिने धम्की पनि नदिएको होइन। तर विद्यार्थीहरू यस विरुद्ध आवाज उठाउँदै आएपछि परीक्षा दिन पाएको डा.अनुहले जनाए। अन्तिम परीक्षाको केही साता अघिदेखि विद्यार्थीसँग अतिरिक्त शुल्क डेढ लाख देखि ५ लाख सम्म कलेजले माग गरेको र विद्यार्थीले दिन नमानेपछि प्रवेश पत्र समेत रोकेर विद्यार्थीलाई मानसिक तनाव दिएको पीडित विद्यार्थीले बताएका छन्।
डा.अनुह गौतमका अनुसार तीन वर्षे एमडीएसको अन्तिम परीक्षा बैशाख १२ गतेदेखि सुरु थियो। तर कलेजले परीक्षा अगावै विद्यार्थीसँग परीक्षा शुल्क भन्ने शीर्षकमा डेढ लाख माग गरेको उनले बताए । तर उनले आफ्नो तीन वर्षे अध्ययनकै क्रममा सम्पूर्ण भुक्तानी कलेजलाई गरेकोले आफू तिर्न नमानेको बताए।
‘हामी १५ जना आयोगको प्रवेश परीक्षा पास भएर पिपल्स डेन्टल कलेजमा स्नातकोत्तर तहमा डेन्टल का विभिन्न विद्यामा विशेषज्ञता हासिल गर्यौँ’ डा.गौतमले नागरिकसँग भने, ‘भर्ना हुँदादेखि अन्तिम वर्ष भित्रनै कलेजलाई हामीले एक/एक तिराई गरी किस्तामा आयोगले तोकेको सम्पूर्ण शिक्षण शुल्क तिरिसकेका छौँ। तर पनि कलेजले परीक्षाको एक साता अगाडि थप डेढ लाख रकम माग गरेपछि हामी आश्चर्यमा पर्यौं। अनावश्यक रकम दिन हामी तयार नभएपछि हामीसँग परीक्षा उपरान्त विद्यार्थी, अयोग र त्रिवि र कलेजबिच छलफल गरी शुल्क तिर्नु पर्ने कागजातमा कलेजले हामीसँग हस्ताक्षर गरायो।’
उनले परीक्षा बखतको पिडा पोखे, ‘परीक्षाको दुई दिनअघि मात्र हामीलाई प्रवेश पत्र दिइयो। एकारित परीक्षाको तयारी अर्को तर्फ परीक्षाको मुखमै हामीसँग कलेजले ब्याल्कमेलीङ गर्न थाल्यो। थप मानसिक तनाव दियो। अन्तिम क्षणमा हामी पीडित विद्यार्थी आयोग र त्रिभुवन विश्वविद्यालयको पदाधिकारीलाई गुहारेर प्रवेश पत्र पयौं।’ स्नातकोत्तर तहमा अर्थो डेन्टिकमा विशेषज्ञता हासिल गरे सेवा दिन नपाएकोमा उनको गुनासो छ।
डा. रक्षा श्रेष्ठले आफुहरु स्नातकोत्तर तह उत्तीर्ण गरे पनि कलेजले अहिले आएर विभिन्न शीर्षक खडा गरेर अतिरिक्त रकम तिर्न दबाब दिँदै आएको गुनासो गरिन्। ‘परीक्षा शुल्क शीर्षकमा शुल्क लिन नपाएपछि कलेजले पछिल्लो समय हामीले अध्ययनको क्रममा बिरामी उपचार गर्दा प्रयोग गरेको समानहरूको शीर्षकमा शुल्क तोकेर थप रकम असुली गर्न खोजेको छ,’ डा. रक्षाले नागरिकसँग भनिन्, ‘साउन १६ र १७ गते लाइसेन्सको परीक्षा छ। हाम्रो शैक्षिक प्रमाणपत्रहरू कलेजको कब्जामा छ। हाम्रो भविष्य नै अन्योल बनेको छ। विशेषज्ञता हासिल गरेर पनि घरमै बस्नु पर्ने अवस्था छ।’
यसअघि कलेजले त्रिवि रजिस्ट्रेसन बापतको शुल्क २० हजार माग गरेको तर त्रिविमा बुझ्दा हजार मात्र शुल्क रहेको पाइएको भनेपछि बल्ल कलेजले १५ सयमा रजिस्ट्रेसन गर्न तयार भएको दुखेसो विद्यार्थीले सुनाए।
पीडित विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडाैँमा आफुहरु विशेषज्ञता हासिल गरेर पनि घर बस्ने अवस्था भएको र कलेजले मानसिक तनाव दिएको भन्दै शैक्षिक योग्यताको काजगाजहरु उपलब्ध गराइन दिन भन्दै उजुरी दिएका छन्।
चिकित्सा शिक्षा आयोगका उपाध्याक्ष प्राडा अन्जनी कुमार झाले पिपल्स डेन्टल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क माग गरी मानसिक तनाव दिएको विद्यार्थीको गुनासो आएपछि कलेजको बदमासी बारे आयोगले सोधी खोजी गरी कलेजसँग छलफल गरेको जनाए। उपाध्यक्ष झाले आयोगले कलेजका सिइओ भिमबहादुर चन्दलाई सोमबार बिहान ११ बजे आयोगमा बोलाई अब उपरान्त कलेजमा भर्ना हुने कुनै पनि तहको कुनै पनि विद्यार्थीसँग अतिरिक्त शुल्क लिए कानुन अनुसार कारबाहीको प्रकृया अघि बढाउने चेतावनी दिएको जनाए।
‘आयोगमा कलेज विरुद्ध विद्यार्थीको उजुरी परेपछि मैले आफैले कलेजका सिइओ भिमबहादुर चन्दलाई सोमबारै आयोगमा बोलाएर आयोगले तोकेको सबै शुल्क विद्यार्थीले बुझाई सकेको अवस्थामा कुनै पनि अतिरिक्त शुल्क माग्नु गैर कानूनी भएकोले कारबाही हुने चेतावनी दिए,’ उपाध्यक्ष झाले नागरिकसँग भने,‘आयोगले तोकेको २२ लाख ९९ हजारमा सबै किसिमको शुल्क समावेश हुन्छ। यस कारण कुनै पनि कलेजले विद्यार्थीसँग विभिन्न बहानामा शुल्क असुली गरे कानूनी कारबाहीको प्रकृया अघि बढ्छ।’ उनले थपे,‘आयोगमा डाकिएका कलेजका सिइओ चन्दले विद्यार्थीको सबै कागजात फिर्ता गर्ने र कुनै पनि किसिमको अतिरिक्त शुल्क नलिने प्रतिबद्धता जनाएर जानु भएको छ। विद्यार्थीले आफ्नो सबै कागजात पाउँछन्।’
कलेजका सिइओ भिमबहादुर चन्दले आयोगमा छलफल भए अनुसार विद्यार्थीको समस्या छिटै समाधान हुने बताए। ‘मैले विद्यार्थीलाई कलेजमा बोलाएको छु,’ आयोगको छलफलपछि सिइओ चन्दले नागरिकसँग भने,‘सबै समस्या समाधान हुन्छ।’