विद्यालय स्तरको माध्यमिक तहको पुस्तका पाठहरूमा गलत तथ्यहरू बग्रेल्ती भेटिएका छन्। गलत तथ्यसहितका तीनै पुस्तकहरू विद्यार्थीलाई पढाइदै छ।
माध्यमिक तहको कक्षा १० को सामाजिक अध्ययन किताबको पेज नम्बर १४८ मा ब्राजिलमा हात्ती, गैँडा, बाघ पाइन्छन् भनिएको छ भने पेज नम्बर १४९ मा जर्मनीमा बाँदर र बाघ पाइन्छ भनिएको छ। यी दुवै गलत तथ्य हुन।
तर हालै इजुकेशन इन एभरि होम संस्थाले नेपालमा पहिलो पटक गरेको विद्यालय स्तरको पाठ्यपुस्तक अडिट्सले विद्यालयमा पढाइने यी दुवै कुरा गलत भएको उजागर गरेको छ।
एक वर्ष लगाएर विद्यालय स्तरको कक्षा १–१० सम्मको गरिएको अडिट्सको अध्ययनले जर्मनीको आफेनबर्गमा केही निश्चित प्रजातिका बाँदरहरूलाई संरक्षणका लागि राखिएको तर त्यसकै आधारमा जर्मनीमा बाँदर पाइन्छ भन्न नमिल्ने इजुकेशन इन एभरि होमका अध्यक्ष एवं अनुसन्धानकर्ता होमराज आचार्यले जानकारी दिए।
‘अध्ययनको क्रममा पाइएअनुसार सही के हो भने हात्ती एसिया र अफ्रिका महादेशहरूमा मात्र पाइन्छन्। गैँडा पनि अफ्रिका र एसिया महादेश महादेशमा मात्रै पाइन्छन्,’ अध्यक्ष आचार्यले भने ‘यसैगरी बाघ एसिया महादेशमा मात्र पाइन्छ। अर्को विडम्बना के हो भने ब्राजिल र जर्मन नागरिक खडा गरेर उनीहरूको मुखबाट यी कुराहरू भनाइएको छ। जुन दुःखको विषय हो।’
सामाजिक विषय पाठ ६ मा विश्वको हावापानी धरातलीय विविधता र प्रभाव पाठमा ब्राजिलको पेद्रो लुकास र जर्मनीको एड्रियाना मुलर भन्ने पात्र खडा गरेर बोल्न लगाएको छ। उनले थपे ‘बाघ संरक्षणमा नेपाल ग्लोबल लिडर भएपनि नेपाली विद्यार्थीहरुलाई यो महत्त्वपूर्ण तथ्य पढाइएको पाइँदैन।’
पाठ्यपुस्तकमा गलत विषयवस्तु लेख्ने लेखक र त्यस्ता विषय पाठ्यक्रममा सदर गर्ने पाठ्यक्रम विकास केन्द्रका पदाधिकारीलाई के गर्ने ? उनको प्रश्न छ।
यी पेजका पाठहरूमा अन्य कुरा पनि गलत रहेको अध्ययनले देखाएको छ। श्वेत जर्मनीहरूको जीवनशैली उन्नत भनिएको छ भने गैर युरोपियन ब्राजिलियनहरुलाई अल्छी भनिएको छ। यो उपनिवेशवादीहरूको भाष्य रहेको अध्यक्ष आचार्यले जनाए।
विद्यालय तहका बालबालिकालाई गलत तथ्य पढाएर गलत ज्ञान दिनबाट समयमै रोक्न पाठ्यपुस्तकमा सुधारको सुझावसहित अध्यक्ष आचार्यले पाठ्यपुस्तक अडिट्स प्रतिवेदन बुधबार संसदीय शिक्षा समितिका सभापति भानुभक्त जोशीलाई बुझाइसकेको बताए।
सभापति जोशीले प्रतिवेदन संसद्को सम्पत्ति भएको बताउँदै पाठ्यपुस्तकमा प्रतिवेदनले उजागर गरेको त्रुटिबारे संसद्मा छलफल गरी अघि बढ्ने जनाए।
‘विद्यालयको पाठ्यपुस्तक परीक्षण प्रतिवेदन प्राप्त भएको छ। पाठ्यपुस्तकमा धेरै त्रुटि रहेको प्रतिवेदनले औँल्याएको छ, ’सभापति जोशीले नागरिक न्युजसँग भने, ‘नेपालमा पाइने जीवजन्तु तथा जनावरहरूबारे नपढाई दिने। नेपालमा पनि पाइन्छ भनेर पाठ्यपुस्तकले नबोलिदिँदा गम्भीर त्रुटि भएको बुझिन्छ।’
उनले थपे, ‘अब मैले समितिमा विज्ञहरूलाई बोलाएर यस विषयमा छलफल गराइ अघि बढ्छु। बालबालिकालाई गलत विषय बस्तु पढाइँदा गलत सिकाई हुन्छ। यसले पछिसम्म नकारात्मक असर पार्छ।’
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...