तिलागुफा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित’ पालिका घोषणा
१८ असोज २०८०
•
३ मिनेट पाठ
तिलागुफा ‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित’ पालिका घोषणा
जिल्लाको तिलागुफा नगरपालिकालाई ‘अनिवार्य निःशुल्क तथा आधारभुत शिक्षा सुनिश्चित’ पालिका घोषणा गरिएको छ। सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा परियोजनाको सहकार्य तथा तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क अनिवार्य तथा आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको हो।




स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को उप दफा (ज) अनुसार स्थानीय तहलाई माध्यामिक र आधारभूत शिक्षा सम्बन्धीका २३ वटा अधिकारहरू व्यवस्था गरेको छ। शिक्षा अधिकृत लिलाराज बमले जबसम्म विद्यालय,समुदाय, समाज, घर र परिवारमा बालबालिकाहरुमाथी हुने सबै प्रकारका हिंसाहरूको अन्त्य हुँदैन तबसम्म गुणस्तरीय बालविकासको परिकल्पना गर्न नसकिने बताए।  

पालिकामा ४ वर्ष उमेर पुरा गरेका र १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरूलाई विभिन्न माध्यामबाट शिक्षाको पहुँचमा ल्याइएको छ। यहाँका ३६ वटै विद्यालयहरूले आधारभूत शिक्षालाई पूर्णरुपमा निःशुल्क गरी कार्यान्वयन गर्दै आएको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताए।  

उनले भने ‘पालिकाका सबै बालविकास केन्द्रहरुमा ४ वर्ष पुरा गरेका र आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) ४ देखि १२ बर्ष सम्मका १०० प्रतिशत बालबालिका विद्यालयमा भर्ना भै निरन्तर शिक्षा आर्जन गरिरहेका छन्। तिलागुफा नगरपालिकामा अपांगता भएका बालवालिकाहरूलाई शिक्षको पहुँचमा ल्याउनका लागि रणनितिक योजना निर्माण, अनिवार्यं आधारभुत निःशुल्क  शिक्षा  घोषणा गर्नका लागि रणनितिक योजनाको निर्माण समेत गरेको छ।’  

विद्यालय सुधार योजना, पालिका शिक्षा योजना तयार गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालयको शैक्षिक र भौतिकक्षेत्रलाई क्रमश सुधार गर्दै सबै विद्यालयको विद्यार्थीको औषत सिकाइ उपलब्धी उच्च बनाइने  प्रतिवद्धता समेत नगर प्रमुखले गरेका छन्।  

सेभ द चिल्ड्रेन, किर्डाक नेपाल  कालिकोटद्वारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाको २०७६ देखि २०७९ सम्मको सर्वेक्षण अनुसार ६१ जना बालबालिकाहरू विद्यालय बाहिर रहेको परियोजनाको तथ्यांकमा छ। जस मध्ये ४ जना बहु अपाङ्गता भएका बालबालिकालाई पनि स्रोत विद्यालयमा पठाई भर्ना गरिएको शिक्षा परियोजना संयोजक सदानन्द तिमल्सेनाले बताएका छन्। उनिहरू मध्ये ३ जना अपाङ्गता भएका बालवालिकाहरूलाई घरमै शिक्षकको व्यवस्था गरी विद्यालयमा भर्ना गरिएको पनि तिमल्सेनाले बताएका छन्।  

तिलागुफा नगरपालिकालाई निःशुल्क अनिवार्य तथा आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाले विभिन्न पहल कदमी चालेको थियो।

नगरपालिकाको शिक्षा शाखा र किर्डाक नेपालको सहकार्यमा विद्यालयभन्दा बाहिर रहेका बालवालिकाहरुको घरधुरी सर्वेक्षण तथा तथ्यांक संकलन गरिएको छ। वडा स्थित सरोकारवालहरूसँग बालबालिका भर्नाका लागि समिक्षा,आवश्यकताका आधारमा सहयोग तथा भर्ना अभियान कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गदै आइरहेको नगरपालिकाले जनाएको छ।  

किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले आर्थिक अवस्था कमजोर भई विद्यालयमा निरन्तरता नभएका बालबालिकाहरूका लागि आर्थिक सहयोग, आयआर्जन सहयोग गरी वालवालिकाहरुलाई विद्यालयमा निरन्तरता दिएको बताए। उनका अनुसार जिल्लाको शुभकालिका गाउँपालिकालाई पनी लगत्तै निःशुल्क अनिवार्य तथा आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गर्ने बताएका छन्।  

तिलागुफा नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो।  कार्यक्रममा नगरपालिकाका ३६ वटा विद्यालयका विद्यार्थी, शिक्षक अविभावक लगाएतको सहभागिता रहेको थियो। प्रभावकारी कार्यान्वयनकालागि गर्न सम्पुर्ण अर्थितिहरूले अस्ताक्षर गरी प्रविद्धता समेत जनाएका छन्।  
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
२२ घण्टा अघि
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस