ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने तयारी
१८ भदौ २०८०
•
१ मिनेट पाठ
ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने तयारी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन्।




सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले ख्वप विश्वविद्यालय विधेयक, २०७३ संसद अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः शुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी गराए।

बैठकमा सांसद प्रेम सुवालले सो विधेयक कहिले संसदमा पेश हुन्छ ? भनेर मन्त्री राईलाई प्रश्न गरेका थिए। मन्त्री राईले सो विधेयकको मस्यौदा तयार गर्नका लागि सरकारले कार्यदल नै गठन गरेको र त्यसले आफ्नो काम गरिरहेको समेत बताए।

उनले भने, ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै आधारभुत शिक्षा निःशुल्क र अनिवार्य भईसकेको छ। माध्यामिक तहसम्मको शिक्षा पनि कानूनतः निःशुल्क नै छ। सोभन्दा माथिको शिक्षा लक्षित वर्गहरूका लागि निःशुल्क छ।’  

चिकित्सा, इन्जिनियरिङजस्ता विषयमा उल्लेख्य सङ्ख्यामा विद्यार्थीहरूले पूर्ण छात्रावृत्ति पाउने हुनाले उनीहरूका लागि पनि शिक्षा निःशुल्क सरह नै हुने भन्दै उनले ख्वप विश्वविद्यालयको विधेयक, २०७३ मङ्सिर २६ मा व्यवस्थापिका संसद सचिवालयमा पठाइएकोमा उक्त विधेयक संसदमा प्रस्तुत नै नभई अधिवेशन अन्त्य भएका कारण निष्कृय भएको बताए। उक्त विश्वविद्यालयको नयाँ विधेयक तर्जुमा लागि मन्त्रीपरिषदबाट पुनः सैद्धान्तिक स्वीकृति प्राप्त गरी मिति २०७९ कात्तिक ३० मा मन्त्रालयमा कार्य दल गठन गरी विधेयकको मस्यौदा तयार गरिरहेको र प्रक्रिया पूरा भएपछि सरकारले उक्त विधेयक संसदमा यथाशिघ्र पेश गर्ने मन्त्री राईले जानकारी गराए।

मन्त्री राईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै उच्च शिक्षा समेत लक्षित वर्गका लागि निशुल्क नै रहेको दाबी गरेका थिए।  
अर्को समाचार
उपत्यकाबाहिर सात जिल्लामा मेडिकल कलेज : शिक्षामन्त्री राई
०३ फागुन २०८०
•
२ मिनेट पाठ
उपत्यकाबाहिर सात जिल्लामा मेडिकल कलेज : शिक्षामन्त्री राई
मन्त्री राईलाई स्वागत गर्दै कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ र विव्यस अध्यक्ष मणिराज दाहाल। तस्विर : महेश्वर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले देशका विभिन्न ठाउँमा मेडिकल कलेज (चिकित्साशास्त्र अध्ययन संस्थान) खोल्ने  प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। देशको पूर्वीक्षेत्र भ्रमणको सिलसिलामा गृहजिल्ला उदयपुरको कटारी नगरपालिका पुगेका मन्त्री राईले सो कुरा बताएका हुन्।  




कटारीस्थित त्रिवेणी मावि कटारीको ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री राईले डा. गोविन्द केसीको पटकपटकको आमरण अनसनपछि सरकारले गरेको प्रतिबद्धता अनुसार उपत्यकाबाहिर सात ठाउँमा मेडिकल कलेज खोल्ने तयारी भइरहेको बताए। उनका अनुसार केसीसँग भएको सम्झौताअनुसार विभिन्न ७ जिल्लामा मेडिकल कलेज खोल्ने प्रतिबद्धता कार्यान्वयनको चरण अन्तिम अवस्थामा पुगेको हो।

हालसम्म २ वटा मेडिकल कलेज खोल्ने काम कार्यान्वयनको नजिक पुगेको बताउँदै मन्त्री राईले थप २ कलेज खोल्ने विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भइसकेको जानकारी दिए। वाँकी तीनवटा कलेज खोल्न जग्गा प्रक्रियाले अल्झिएकाले ढिलाइ भइरहेको मन्त्री राईको भनाइ छ।

‘डा. केसीको आन्दोलनसँगै भएको सम्झतौअनुसार उपत्यकाबाहिर पनि मेडिकल कलेज खोल्ने अवधारणा सरकारले अघि सारेको हो’, मन्त्री राईले भने, ‘त्यसबेला सरकार र डा. केसीबीच भएको सम्झौताअनुसार काम अघि बढिरहेको छ र छिटै कार्यान्वयनको चरणमा पुग्ने छ।’

उदयपुरमा पनि एउटा मेडिकल कलेज स्थापना हुने तर त्रियुगा नगरपालिका र कटारी नगरपालिकामध्ये कहाँ खोल्ने भन्ने विषय टुंगो नलागिसकेको मन्त्री राईले बताए। मन्त्री राईले त्रियुगा र कटारी नगरपालिका दुवैले आआफ्नो ठाउँमा मेडिकल कलेज खोल्न माग गर्दै मन्त्रालयमा प्रस्ताव पेस गरेको पनि खुलासा गरे।

उनले जहाँ भए पनि उदयपुरमा एउटा कलेज स्थापना हुने कुारमा मन्त्री राईले विश्वस्त हुन आगह गरे। मन्त्री राईले स्वास्थ्य र शिक्षामा सरकारले गरेको प्रतिबद्धता पूरा हुने भन्दै ढिलोचाँडो उदयपुरमा मेडिकल कलेज स्थापना भएरै छाड्ने आश्वासन दिएका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस