सधैँ कक्षा कोठाभित्र विद्यार्थीलाई पढाउने शिक्षकहरू मंगलबार दिनभर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय परिसरमा यी र यस्तै डेउडा गीत गाउँदै धर्नामा बसे।
शिक्षकहरू साथ दिँदै ताली बजाइरहेका थिए भने शिक्षिकाहरु सरकारलाई आफ्ना मागप्रति सचेत गराउँदै डेउडा गीतमा सवाल–जवाफ गरिरहेका थिए।
संघीय संसदमा पेस हुने तयारीमा रहेको संघीय शिक्षा ऐनमा राहत, अनुदान, बाल विकास, विद्यालय कर्मचारी, साबिक उच्च मावि, प्राविधिक धार र अनुदान कोटामा कार्यरत शिक्षकका मागलाई बेवास्ता गरिएको भन्दै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीस्थित शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय परिसरमा शिक्षकहरुले मंगलबार दिनभर धर्ना दिएका हुन्।
धर्ना कार्यक्रममा शिक्षकहरुले डेउडा मार्फत सरकारलाई आफ्ना माग सुनुवाइ हुनुपर्ने भन्दै शब्दबाणले घोचपेच गरेका हुन्। आफूहरुका माग सुनुवाइ हुनुपर्ने भन्दै आन्दोलन तथा धर्नाको कार्यक्रम अन्तर्गत मंगलबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको बताउँदै नेपाल राहत शिक्षक समितिका केन्द्रीय सचिव मोहन भण्डारीले भने, ‘हामीले आज बिहान १० बजेदेखि शिक्षा विकास तथा समन्वय इकाई धनगढीमा धर्ना दिएका छौँ। साथै शिक्षिकाहरुले आफूहरुको माग सुनुवाइ हुनुपर्ने भन्दै सरकारलाई डेउडा गीतमार्फत आग्रह गरेका हुन्।’
शिक्षक महासंघको केन्द्रीय सर्कुलर अनुसार प्रथम चरणको आन्दोलन अन्तर्गत मंगलबार शिक्षा विकास तथा समन्वय इकाईमा धर्नापश्चात् ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ कैलालीका सह अध्यक्ष रोमनाथ अधिकारीले बताए।
उनले भने, ‘संघीय संसदमा पेस हुने तयारीमा रहेको संघीय शिक्षा ऐनमा श्रमजीवी शिक्षकका विशेष मुद्दालाई उपेक्षा गरिएकाले जिल्लाभरिका एक हजार बढी शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई धनगढीमा धर्ना दिएका छौँ।’ आफूहरुका मागलाई उपेक्षा गरिए अझै सशक्तरुपमा जाने उनले बताए।
सरकारले राहत, अनुदान, बाल विकास, विद्यालय कर्मचारी, साबिक उच्च मावि, प्राविधिक धार र अनुदान कोटामा कार्यरत शिक्षकका साथै स्थायी शिक्षकका वास्तविक मुद्दालाई सुनुवाइ नगरेको नेपाल शिक्षक संघ कैलाली अध्यक्ष तेजबहादुर सिंहले बताए।
उनले भने, ‘जारी हुने तयारीमा रहेको शिक्षा ऐनमा शिक्षकलाई नै विभेदीकरण गरिएको छ। खरिदारमा जागिर सुरु गरेको एक खरिदारले सेवा निवृत्त हुँदा अधिकृत सातौँसम्म पुगेको हुन्छ भने शिक्षकले उही तृतीय श्रेणीमै चित्त बुझाउनु पर्ने अवस्था आएको छ।’
वर्षौदेखि शिक्षकले सरकारबाट विभेद सहँदै आएको उनले बताए। शिक्षक महासंघको केन्द्रीय कार्यतालिका अनुसार धनगढीमा जिल्लाभरिका शिक्षकहरू आएर धर्ना दिएको उनले बताए। आफूहरुको माग सम्बोधन नभए देशभरका ४ लाख शिक्षकहरू संघीय राजधानी काठमाडाैँमा उतार्ने उनले बताए।
शिक्षकको छाता संगठन शिक्षक महासंघ र सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आफूहरु धर्नामा बसेको नेपाल शिक्षक संगठनकी केन्द्रीय सदस्य नेत्रा नाथले बताइन्।
उनले भनिन्, ‘देशभरिका ४५ हजार राहत शिक्षकलाई सामान्य आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, विद्यालयमा काम गरिरहेका अनुदान, बाल विकास विद्यालय कर्मचारी, साबिक उच्च मावि, प्राविधिक धार र अनुदान कोटामा कार्यरत शिक्षकका साथै स्थायी शिक्षकका वास्तविकता मुद्दालाई यथाशक्य सम्बोधन गरिनुपर्छ।’
आफूहरुका माग सम्बोधन नभए चरणबद्ध आन्दोलन हुने उनले बताइन्।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...