काठमाडौँ महानगरपालिकाले भृकुटीमण्डपमा जारी चार दिने शैक्षिक मेला रोक्न निर्देशन दिए पनि आयोजकले केन्द्र सरकारको सम्बन्धित निकायसँगको अनुमतिप्राप्त भएकाले मेलालाई निरन्तरता दिने जनाएको छ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ र नेपाल (हिसान) को संयुक्त आयोजनामा आजदेखि सुरु भएको सो मेलाले माध्यमिक शिक्षा परीक्षा कक्षा १० र १२ को परीक्षाको परीक्षाफल प्रकाशन नभएको समयमा विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न खोजेको भन्दै रोक्नका लागि आज दिउँसो कार्यक्रम स्थलमा महानगरपालिकाका सुरक्षाकर्मी पुगेका थिए।
हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरू कानुनतः दर्ता भई सञ्चालनमा रहेको, नियमानुसार राजस्व तिरेको र मेलाबारे केन्द्र सरकारका सम्बन्धित निकायबाट स्वीकृति लिएको तथा महानगरपालिककालाई जानकारी दिइएकाले स्थगन नगर्ने बताए।
उनले मेलामा हस्तक्षेप गर्ने अधिकार महानगरपालिकालाई नभएको जिकिर गरे। सो मेलाको उद्घाटन प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले गरेका थिए।