काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ कार्यान्वयन गर्न संस्थागत विद्यालयलाई निर्देशन दिएको छ। महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले आइतबार बिहान समाजिक सञ्जालमार्फत सबै संस्थागत विद्यालयलाई नामअनुसारको कार्य गर्न र विद्यालयको चिह्नमा एकरूपता कायम गर्न निर्देशन दिएका हुन्।
‘विद्यालय शिक्षा व्यवस्थापन नियमाली २०७४ को नियम ६९,७० तथा सोही नियमालीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन खोजेको छ,’ मेयर साहले समाजिक सञ्जालमार्फत नियमावली पालना गर्न अवगत गराउँदै उल्लेख गरेका छन्, ‘नियम ६९ मा विद्यालयको चिह्न षट्कोणको हुन्छ। विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको नाम छुट्टै चिह्न राख्न सक्न्छन्। नियमावलीको उपनियम २ ले संस्थागत विद्यालयले आफनो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ संख्यामा विदेशी विद्यार्थी विद्यालयमा अनिवार्य हुनुपर्नेछ। ’यसैगरी सोही नियममा कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रावृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ। त्यस्तै कुनै संस्थागत विद्यालयले नेसनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ।
काठमाडौं शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार नियमावलीले गरेको व्यवस्था अनुसार उपनियम लागु हुनुअगावै यस नियमविपरीतका शब्द जोडेर नामकरण भइसकेका विद्यालयका हकमा नियमावली जारी गरिएको दोस्रो शैक्षिकसत्रको सुरुदेखि नै लागु हुनेगरी उपयुक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने व्यवस्था छ। तर नियमावली जारी भएको ६ वर्ष पुगिसक्दा पनि कार्यान्वयन प्रभावकारी नभएपछि मेयर साहले समाजिक सञ्जालमार्फत निर्देशन दिएका हुन्। ‘नियमालीको नियम ७० मा विद्यालय नामकरणको सवालमा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नाममबाट नेपालीपन झल्कनेगरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ,’ कोइरालाले भने, ‘तर यो नियम प्रारम्भ हुनुअगावै नामकरण भइकसेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागु हुनेगरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्नेछ। तर नियमावली कार्यान्वयन भएको ६ वर्षसम्म पनि संस्थागत विद्यालयले नियमको पालना नगरेको पाइयो। त्यही भएर मेयरसाबले नियमावली पालना गराई विद्यालय शिक्षामा एकरूपता ल्याउन समाजिक सञ्जालबाटै आग्रह गर्नुभएको हो।’
मेयर बालेनले समाजिक सञ्जालमा सबै संस्थागत विद्यालयलाई नियमभित्र रहन आग्रह गरेका छन्। ‘यसैले यी नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरूपता ल्याएर मौलिक र मापदन्ड अनुरूप रहन’ आग्रह गर्दछौं,’ मेयर साहले भनेका छन्, ‘नियमको पालना नभएमा कानुनी कारबाही गर्न महानगर बाध्य हुनेछ।’