दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल
०२ वैशाख २०८०
•
५ मिनेट पाठ
दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल
राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन्।




वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन्। यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन्। देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन्। यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन्।

तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन्।

गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिए। उनका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन्। ‘नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो‘, उनले भने। महेश गुरुकुलमा शास्त्री र आचार्य ९स्नातक र स्नातकोत्तर०, परमानन्द गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको उनले बताए।
वेदवेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको व्यवस्थापक गिरीले बताए। शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको उनको भनाइ थियो।

‘सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवासीयसहित वटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ’, व्यवस्थापक गिरीले भने, ‘आर्थिक व्यवस्थापन गर्न समस्या छ, दानदाताको भरमा यहाँका आश्रम तथा गुरुकुल सञ्चालित छन्।’ उनका अनुसार यहाँका सबै गुरुकुल मुठ्ठीदानको भरमा सञ्चालित छन्।

गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ। नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्टाइन्छ।

‘दातालाई फरक तवरबाट व्यवस्थित गरिएको छ, अन्नदाता, शिक्षाका लागि दान गर्न चाहने व्यक्तिलाई एक वर्षमा एक जना वटुकका निम्ति सहयोग गर्न अपिल गर्ने तथा अन्य सहयोग सङ्कलन गर्ने अभियानमार्फत गुरुकुल सञ्चालन गरेका छौँ’, गिरीले भने। विभिन्न स्थानमा गएर गुरुकुलको प्रचार–प्रसार गरी अन्नदाता र शैक्षिकदाता सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै आएको उनको  भनाइ थियो।
शैक्षिकदातासँग वार्षिकरूपमा प्रतिवटुकलाई लाग्ने रू १२ हजार वार्षिक तिथि, जन्मदिनको अवसरलगायतमा सहयोग गर्न आग्रह गर्ने गरिएको उनले बताए।   विश्वविद्यालयबाट महेश संस्कृत गुरुकुलका लागि तीन जना गुरु प्राध्यापनमा आउनुभएको व्यवस्थापक गिरीले जानकारी दिए।

भौतिक विकासका लागि भूमि दान महाअभियान सञ्चालन गरिएको छ। दानदातासँग सहयोगको अपिल गरेर नै भौतिक विकास अगाडि बढिरहेको गुरुकुलले जनाएको छ। दानदाताको भरमा गुरुकुल सञ्चालन भइरहेको  वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताए।  त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उनको  भनाइ थियो। देवघाटधाममा आउने भक्तजनले संस्कृत गुरुकुललाई बढी सहयोग गर्ने नन्दप्रसादको भनाइ थियो।

महेश संस्कृत गुरुकुलमा कक्षा ९ मा अध्ययनरत वटुक समीर न्यौपाने नुवाकोटबाट संस्कृत विद्या हासिल गरी हिन्दू धर्म, संस्कार र संस्कृतिलाई जीवन्त राख्न प्रेरित भएको बताए। ‘विद्यालयमा अध्ययनकै क्रममा काठमाडौँ भ्रमण जाँदा गुरुकुलमा पुगेपछि संस्कृत अध्ययनतर्फ आकर्षित भएको हुँ, परिवारबाट पनि संस्कृत अध्ययन गर्न प्रेरित गरिरहनुभएको थियो, यहाँ आएपछि थप आकर्षित भएँ र अध्ययनका लागि आएको हुँ’, न्यौपानेले भने।

बर्दियाबाट आएर महेश संस्कृत गुरुकुलमा कक्षा १२ मा अध्ययनरत वटुक प्रभात रिजालले संस्कृत भन्नेबित्तिकै अपनत्व लागेर अध्ययन गरिरहेको बताए। ‘संस्कृत विषय आफ्नो विषय जस्तो लाग्छ, संस्कृतले धर्म, संस्कार र संस्कृतिसँग जोडेको पाएँ, अध्ययनकै क्रममा संस्कृत विषय अझ बृहत् रहेछ भनेर बुझेँ, अनुसन्धानात्मक रूपमा अध्ययनरत छु’, उनले भने।

महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले भने, ‘न्याय हराए गोर्खा जानु, विद्या हराए कासी जानु भन्ने गर्दथ्र्यौँ, अहिले त्यो कथन फेरिएको छ, विद्या हराए देवघाट जानु भन्ने प्रचलन बढेको छ।’ अहिले वार्षिक एक जना बटुक भारतबाट संस्कृत अध्ययनका लागि यहाँ आउने गरेका उनले बताए।  ‘विद्या चाहिए देवघाट आउनु भन्ने गरेका छौँ, कासी, बनारस, भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकका बालबालिका यहाँ संस्कृत अध्ययनका लागि आउने गरेका छन्’, उनको भनाइ थियो। देवघाटधाममा सञ्चालित गुरुकुल पवित्रस्थलमा रहेकाले पनि यहाँको गुरुकुलमा भारतबाट वटुक संस्कृत शिक्षा लिन आउने गरेका हुन्।
महेश संस्कृत गुरुकुलबाट विद्यावारिधि गरेका प्राचार्य नेपालका त्रिविवि, शिक्षण पेसामा आबद्ध छन् भने भारतलगायत विभिन्न देशमा संस्कृत तथा नेपाल भाषा अध्यापनमा सम्बद्ध रहेका गुरुकुलले जनाएको छ।

गुरुकुललाई मुलधारको शिक्षा होइन कि भन्ने वटुकमा नकारात्मक सन्देश प्रवाह नहोस् भनेर महेश संस्कृत गुरुकुलले कक्षागतरूपमा अध्यापन गरिरहेको व्यवस्थापक गिरीले बताए। ‘धार्मिक शिक्षाका लागि प्रदेश सरकारबाट हुने सहयोग भने लिइरहेका छौँ”, उनले भने।

संस्कृत शिक्षालाई परिस्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा वटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ। संस्कृत विषयको छुट्टै नभई मूलधारकै विषय भएको महसुस गराउन आवश्यक रहेको प्रधानाचार्य पौडेलले बताए। आधुनिक शिक्षासँगै संस्कृत शिक्षामा रुचि राख्ने बालबालिकालाई अध्ययनका लागि सरकारबाटै उचित व्यवस्थापन भए गुरुकुलमा बसेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ थियो। रासस 
अर्को समाचार
अर्थमन्त्री डा. महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण
२० असोज २०८०
•
१ मिनेट पाठ
अर्थमन्त्री डा. महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण
अर्थमन्त्री डा. प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रमको निरीक्षण गरेका छन्। आज देवघाट आइपुगेका अर्थमन्त्री डा. महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गरेका हुन्।




निरीक्षणका क्रममा अर्थमन्त्री महतले आश्रमबारे जानकारी लिँदै पहिरो नियन्त्रणका लागि भइरहेको कामबारे चासो राखेका थिए। निरीक्षणपछि अर्थमन्त्री महतले पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारकोतर्फबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

गत वर्ष असोजमा वेणी नजिक रहेको गलेश्वर आश्रम नजिकै पहिरो खसेपछि आश्रम जोखिममा परेको थियो। पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय तनहुँले बोलपत्र (टेन्डर) प्रक्रिया सुरु गरेको जनाएको छ।

बोलपत्रका लागि कार्यालयका तर्फबाट शुक्रबार स्थलगत अवलोकन भएको देवघाट गाउँपालिका-५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले बताए। उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा दुई करोड रुपैयाँ बराबरको टेन्डर आह्वान गर्ने तयारी भएको छ।

“त्यति रकमले पुग्दैन भनेर हामीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छौं”,कुँवरले भने, “उहाँका तर्फबाट सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता आएको छ।”

उनका अनुसार २०७२ को भूकम्पपछि थिलोथिलो बनेको यो ठाउँमा गत वर्षको पहिरो खसेको थियो। सम्बन्धित निकायले बेलैमा चासो नदिँदा गलेश्वर आश्रम नै जोखिममा परेको गुनासो छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस