एक दशक अघिसम्म भोको पेटमा विद्यालय आउँदा विद्यालयमै बेहोस हुने अवस्था रहेको काठमाडौं क्षेत्र नम्बर आठको कालीमाटीमा रहेको निलबाराही स्कुलमा अहिले बालबालिका हाँस्दै रमाएर पढ्न आउँछन्।
यसको एउटै कारण हो स्कुलको प्रधानाध्यापक जानुका नेपालको रातदिन दाताहरुसँग हार गुहार गरेर नानीहरुकोलागि विद्यालयमै खाजाको निःशुल्क व्यवस्थापन गराउनु।
प्रधानाध्यापक जानुका नेपालको प्रयासले हाल यो स्कुलमा कक्षा १० सम्मका बालाबलिकाहरु स्कुलकै भान्छामा पाकेको खाजा खान्छन्। खाजाले बालबालिका रमाएर मात्र आएका छैनन् पेट भरेपछि पूर्ण समयसम्म विद्यालयमै हाँसेर पढ्ने गरेका छन्।
यसले विद्यालयको समग्र शैक्षिक स्तरमा सुधार भई स्कुलले अब्बल नतिजा दिएको छ। ‘हाम्रा स्कुलमा आर्थिक अवस्था कमजोर भएका अभिभावका नानीहरू अध्ययन गर्छन्। खाजाको व्यवस्थाले विद्यार्थी कक्षामा नियमित भएका छन्।
'खुसी भएर रमाएर कक्षाकोठामा पढ्छन्’ , प्रअ नेपालले भनिन् ‘यसले हाम्रो स्कुलको भर्ना र टिकाउ दर शतप्रतिशत छ। भर्ना भएका बालालिकाहरु स्कुलमा टिकेका छन्।’ उनले थपिन् ‘शिक्षकहरुको इमानदारिता र बलियो टिम वर्क तथा समुदायको पूर्ण सहयोगले कक्षाकोठामा बालबालिकाको शिक्षण सिकाईको स्तर बढेको छ। एसइई र कक्षा ११२ को नतिजा गर्व गर्न लायकको बनेको छ।’
विद्यार्थी सङ्ख्या घट्दै र शैक्षिक स्तर कमजोर बन्दै गएको अवस्थामा निलबाराही माध्यमिक विद्यालय शैक्षिक गुणस्तर कायम गरी अब्बल बनेको छ।
महिला प्रधानाध्यापकले सम्हालेको यो स्कुल विसं २०१० सालमा स्थानीय बालबालिकालाई अक्षर चिनाउनको लागि समाजसेवी स्वर्गीय जीवन मानन्धरले सुरु गरेको यस स्कुलले सामुदायिक विद्यालयमध्ये अब्बल बन्न सफल बनेको को गर्व महसुस भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व शिक्षा सचिव दीपेन्द्र विक्रम थापाले बताए।
तीन वटा पाटी र ५ बालबालिकाबाट सुरु भएको पाटीको स्कुलमा हाल कक्षा १२ सम्म एक हजार बालबालिका हाँसेर स्कुल आउँछन्। स्कुलले सोमबार अभिभावक दिवस तथा आफ्नो स्थापना दिवसको ६९ वर्ष मनाइरहँदा स्कुलकी प्रधानाध्यापक जानुका नेपाल आफूले बालबालिकाको लागि गरेको सङ्घर्ष सम्झेर भावुक बनिन्।
‘सामुदायिक विद्यालयका प्रधानाध्यापक र नेतृत्व पक्ष इमान्दर र बालबालिका तथा स्कुल प्रति उत्तरदायी भएमा स्कुलको समग्र अवस्था सुधार गर्न सकिन्छ भन्ने उदाहरण निलबाराही स्कुलले दिएको छ,’ सांसद विराज भक्त श्रेष्ठले मुक्तकण्ठले प्रशंसा गर्दै भने ‘स्थानीय तहमा शिक्षाको अधिकार गएसँगै सरकारी स्कुलहरू सुधार हुदैछन्। यो सकारात्मक पक्ष हो। स्थानीयको अपनत्व भए मात्र स्कुल अब्बल बन्न सक्छ।’ उनले प्रतिबद्धता जनाए ‘२१ औं शताब्दीको युगमा पुरातन शिक्षाले काम गर्दैन। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सूचना प्रविधिसँग जोडेर शिक्षा दिने व्यवस्था गर्नुस्। स्कुललाई आवश्यक सहयोग म मेरो कोषबाट गर्ने छु।’ आफ्नो क्षेत्रको स्कुलको शैक्षिक गुणस्तर सुधार भई विद्यालयमा कक्षाकोठा टनाटन विद्यार्थी सङ्ख्या बढेको देख्दा संसद् विराज भक्त श्रेष्ठले स्कुलको शैक्षिक सुधारको खुलेरै प्रशंसा गरे।
स्कुलले सोमबार आफ्नो स्थापना दिवसको ६९ वर्ष मनाइरहँदा यस क्षेत्रका सांसद विराज भक्त श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष पूर्व शिक्षा सचिव दीपेन्द्र विक्रम थापा, महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, सामाजिक विकास तथा समन्वय समिति का प्रमुख नन्दलाला पौडेल लगायत शिक्षा सेवी, समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थी र काठमाडौंका अन्य विद्यालयका पप्रधानाध्यापकहरु सबै गर्वान्तित बन्नुकासाथै भावुक बनेका थिए। यो स्कुलमा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी अध्ययन गर्छन्। काम गर्दै बालबालिकाहरु भोको पेट आउने अवस्था अब यो स्कुलमा छैन।
सरकारले कक्षा ६ सम्म निःशुल्क खाजाको व्यवस्था गरे पनि पर्याप्त बजेट नभएको भन्दै स्कुललहरुले खाजा नखुवाएको अवस्थामा निलवाराहीको प्रअ नेपालले सरकार र दातृ निकायसँग सहकार्य गरी कक्षा १० सम्मको निःशुल्क खाजाको व्यवस्था गरेकी छिन्।
‘मेरा भाइबहिनीहरू अब भोको पेट पढ्नु पर्दैन। म आफै कक्षा शिक्षकहरूसँग कुरा गरी नानीबाबुसँग खाजा खाए नखाएकोबारे बुझेकै हुन्छु ,’ प्रअ नेपालले भनिन् ‘महानगरले कक्षा ८ सम्म व्यवस्था गरिदिएको छ। भने कक्षा ९ र १० को लागि मैले दातृ निकायसँग सहयोग मागेकी हुँ। यति मात्र होइन आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूको घरमा पुगेर समेत दातृ निकायको सहयोगमा आवश्यक प्रबन्ध मिलाइदिएको छु।’ उनले चिन्ता व्यक्ति गरिन् ‘तर मेरो स्कुलको तीन भवन स्कुलको नाममा छैन। कम्पाउन्डमा पर्खाल नहुँदा बालबालिका असुरक्षित छन्। साथै स्कुलको आफ्नो मैदान नहुँदा स्कुलले ठुलो कठिनाइ र चुनौती खेपिरहेको छ।’
स्कुलका अभिभावक पार्वती साहले स्कुलले घरकोलागि ग्याँस चुलो समेतको र अनाजको व्यवस्था गरिदिएको बताइन्।
महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले निलबाराही स्कुल कठिन अवस्थाका बाबजुद गुणस्तरीय शिक्षा दिएको र विद्यार्थीको सिकाई उपलब्धिको स्तरीय बनाएकोमा खुसी व्यक्त गरे। उनले विद्यार्थीहरूलाई सक्षम र दक्ष बाउनको लागि काठमाडौं महानगरपालिकाले विद्यालय तह देखिनै शैक्षिक ज्ञानको साथै सिपमूलक शिक्षा पनि उपलब्ध गराउने तयारी गरेको विभाग प्रमुख सुवेदीले जनाए।
‘विद्यालयमा अनुशासन,नैतिक शिक्षा तथा व्यवहारिक सिकाई गराउनैकोलागि कक्षा ९–१२ लाई छोटो अवधिको सिपमूलक शिक्षा दिने व्यवस्था अगामी शैक्षिक सत्रदेखि हुन्छ,’ विभाग प्रमुख सुवेदीले भने ‘विद्यार्थीले विद्यालय शिक्षा पास गरेपछि दाहिने हातमा शैक्षिक प्रमाणपत्र र देब्रे हातमा सिप लिएर निस्किछन्।’
सोही कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा नाचगान लगायतका क्रियाकलापमा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो।
एक दशकअघिसम्म भोको पेटमा विद्यालय आउँदा विद्यालयमै बेहोस हुने अवस्था रहेको काठमाडौं क्षेत्र नम्बर ८ को कालिमाटिमा रहेको निलबाराही स्कुलमा अहिले बालबालिका हाँस्दै रमाएर पढ्न आउँछन्। यसको एउटै कारण हो स्कुलका प्रधानाध्यापक जानुका नेपालको रातदिन दातासँग हारगुहार गरेर नानीहरूको लागि विद्यालयमै खाजको निःशुल्क व्यवस्थापन गराउनु।
प्रधानाध्यापक नेपालको प्रयासले हाल यो स्कुलमा कक्षा १० सम्मका बालाबलिकाहरू स्कुलकै भान्छामा पाकेको खाजा खान्छन्। खाजले बालालिका रमाएर मात्र आएका छैनन्, पेट भरेपछि पूर्ण समयसम्म विद्यालयमै हाँसेर पढ्ने गरेका छन्। यसले विद्यालयको समग्र शैक्षिक स्तरमा सुधार भई स्कुलले अब्बल नतिजा दिएको छ। ‘हाम्रा स्कुलमा आर्थिक अवस्था कमजोर भएका अभिभावका नानीहरू अध्ययन गर्छन्। खाजाको व्यवस्थाले विद्यार्थी कक्षामा नियमित भएका छन्। खुसी भएर रमाएर कक्षाकोठामा पढ्छन्,’ प्रअ नेपालले भनिन्, ‘यसले हाम्रो स्कुलको भर्ना र टिकाउ दर सत प्रतिशत छ। भर्ना भएका बालालिकाहरू स्कुलमा टिकेका छन्। शिक्षकहरूको इमान्दारी र बलियो टिमवर्क तथा समुदायको पूर्ण सहयोगले कक्षाकोठामा बालबालिकाको शिक्षण सिकाइको स्तर बढेको छ। एसइई र कक्षा ११/१२ को नतिजा गर्व गर्न लायकको बनेको छ।’
विद्यार्थी संख्या घट्दै र शैक्षिक स्तर कमजोर बन्दै गएको अवस्थामा निलबाराही माध्यमिक विद्यालय शैक्षिक गुणस्तर कायम गरी अब्बल बनेको छ।
महिला प्रधानाध्यपकले सम्हालेको यो स्कुल विसं २०१०सालमा स्थानीय बालाबलिकालाई अक्षर चिनाउनका लागि समाजसेवी स्वर्गीय जीवन मानन्धरले सुरु गरेको यस स्कुलले सामुदायिक विद्यालयमध्ये अब्बल बन्न सफल बनेको को गर्व महसुस भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व शिक्षासचिव दीपेन्द्रविक्रम थापाले बताए।
तीनवटा पाटी र ५ बालबालिकाबाट सुरु भएको पाटीको स्कुलमा हाल कक्षा १२ सम्म १ हजार बालबालिका हाँसेर स्कुल आउँछन्। स्कुलले सोमबार अभिभावक दिवस तथा आफनो स्थापना दिवसको ६९ वर्ष मनाइरहँदा स्कुलकी प्रधानाध्यापक जानुका नेपाल आफूले बालाबलिकाको लागि गरेको संघर्ष सम्झेर भावुक बनिन्।
‘सामुदायिक विद्यालयका प्रधानाध्यापक र नेतृत्व पक्ष इमान्दर र बालबालिका तथा स्कुलप्रति उत्तरदायी भएमा स्कुलको समग्र अवस्था सुधार गर्न सकिन्छ भन्ने उदाहरण निलबाराही स्कुलले दिएको छ,’ सांसद विराजभक्त श्रेष्ठले मुक्तकण्ठले प्रशंसा गर्दै भने, ‘स्थानीय तहमा शिक्षाको अधिकार गएसँगै सरकारी स्कुलहरू सुधार हुँदै छन्। यो सकारात्मक पक्ष हो। स्थानीयको अपनत्व भए मात्र स्कुल अब्बल बन्न सक्छ। २१औं शताब्दीको युगमा पुरातन शिक्षाले काम गर्दैन। विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सूचना प्रविधिसँग जोडेर शिक्षा दिने व्यवस्था गर्नुस्। स्कुललाई आवश्यक सहयोग म मेरो कोषबाट गर्नेछु।’
आफनो क्षेत्रको स्कुलको शैक्षिक गुणस्तर सुधार भई विद्यालयमा कक्षाकोक्षामा टनाटन विद्यार्थी संख्या देखेर सांसद श्रेष्ठले स्कुलको शैक्षिक सुधारको खुलेरै प्रशंसा गरे।
स्कुलले सोमबार आफ्नो स्थापना दिवसको ६९ वर्ष मनाइरहँदा यस क्षेत्रका सांसद विराजभक्त श्रेष्ठ, व्यवस्थापन समितिका अध्यक्ष पूर्व शिक्षासचिव दीपेन्द्र विक्रम थापा, महानगर शिक्षा विभाग प्रमुख रामप्रसदा सुवेदी, समाजिक विकास तथा समन्वय समितिका प्रमुख नन्दलाला पौडेल लगायत शिक्षासेवी, समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थी र काठमाडौंका अन्य विद्यायका प्रधानाध्यापक सबै गौरवान्वित तथा भावुक बनेका थिए। यो स्कुलमा आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरी अध्ययन गर्छन्। काम गर्दै बालबालिकाहरू भोको पेट आउने अवस्था अब यो स्कुलमा छैन।
सरकारले कक्षा ६ सम्म निःशुल्क खाजाको व्यवस्था गरे पनि पर्याप्त बजेट नभएको भन्दै स्कुललहरूले खाजा नखुवाएको अवस्थामा निलवाराहीको प्रअ नेपालले सरकार र दातृ निकायसँग सहकार्य गरी कक्षा १० सम्मको निःशुल्क खाजको व्यवस्था गरेकी छिन्। ‘मेरा भाइबहिनीहरू अब भोको पेट पढ्नु पर्दैन। म आफैं कक्षा शिक्षकहरूसँग कुरा गरि नानीबाबुसँग खाजा खाए-नखाएको बारे बुझेकै हुन्छु,’ प्रअ नेपालले भनिन्,‘महानगरले कक्षा ८ सम्म व्यवस्था गरिदिएको छ ।भने कक्षा ९ र १० को लागि मैले दातृ निकायसँग सहयोग मागेकी हुँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...