अग्रणी शैक्षिक संस्था बन्न सफल ‘नाथम’ ५० वर्षको यात्रामा
१५ चैत्र २०७९
•
५ मिनेट पाठ
अग्रणी शैक्षिक संस्था बन्न सफल ‘नाथम’ ५० वर्षको यात्रामा
५० वर्ष अघि होटल क्षेत्रमा काम गर्ने जनशक्तिहरुलाई सिपमूलक र दक्ष जनशक्तिको रुपमा तालिम दिने केन्द्रको रुपमा खुलेको होटेल व्यवस्थापन र पर्यटन तालिम केन्द्र पाँच दशकको दौरानमा होटल तथा पर्यटन शिक्षा तर्फ सिप र शिक्षा दिने अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित बन्न सफल भएको छ।




सुरुवाती दिनमा युएनडिपि र आइएलको सहयोगमा होटल र पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिलाई ६ महिने र एक वर्षे तालिम दिई दक्ष जनशक्ति स्वदेश तथा विदेशमा उत्पादन गरी स्वरोजगार तथा रोजगार बनाउने लक्ष्य बोकेर स्थापित यो संस्था ५० वर्षको दौरानमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को रुपमा स्थापित भएको छ।

सोमबार संस्थाले आफ्नो स्वर्ण महोत्सव बनाएको छ। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा हाल सञ्चालित यो संस्थाले स्नातकमा चार वर्षे बिएचएम कार्यक्रम संचालन गरिरहेको छ भने स्नातकोत्तर तहमा दुई वर्षे एमएचएम कोर्ष संचालन गरिरहेको नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले बताए।

पर्यटन र होटल व्यवसाय शिक्षा क्षेत्रको पहिलो शैक्षिक संस्थाको रुपमा स्थापित नाथमले आफ्नो पाँच दशको अवधिमा ६० हजार जनशक्ति उत्पादन गरिसकेको र ९५ प्रतिशत जनशक्ति स्वदेश तथा विदेशमा रोजगारमै रहेको निर्देशक उप्रेतीले जनाए।

‘५० वर्षको अवधिमा प्रतिष्ठान अझै पनि गठन आदेशबाटै चलेको छ,’ निर्देशक उप्रेतीले संस्थाको समस्या सुनाए ‘प्रतिष्ठानको आफ्नो छुटै ऐन नबन्दा संस्थालाई व्यवस्थापन गर्न चुनौती थपिएको छ। हाल संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत सञ्चालित नाथमलाई शैक्षिक र प्रशासनिक चुनौती थपिएको छ।’ उनले थपे ‘सिप र शिक्षा दिने संस्था नाथम सरकारको ओझेलमा परेको छ। स्रोत र साधनको अभावका कारण प्रदेशगत बिस्तार हुन सकेको छैन।’
नाथमले होटल र पर्यटन क्षेत्रमा सिप र दक्ष जनशक्ति उत्पादन गर्न थाले पछि विदेशमा दक्ष जनशक्ति जान थालेको र यसले उनीहरुको आर्थिक अवस्थाकोसाथै होटल क्षेत्रमा राम्रो अवसर सृजना गर्न महत्त्वपूर्ण योगदान रहेको जनाए।

निर्देशक उप्रेतीका अनुसार विगतमा मलेसिया, इन्डोनेसियालगायतका देशमा मात्र इन्टर्नसिप गर्न विद्यार्थी जाने गरेकोमा हालको समयमा बराइन र फ्रन्समा समेत विद्यार्थी इन्टर्नसिप गर्न जाने गरेका छन्। उनले यो वर्ष २४ विद्यार्थी फ्रान्समा इन्टर्नसिप गर्न भिसा लिइसकेको जनाए।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५० वर्ष पुगेको स्वर्ण महोत्सव समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) ले नेपालमा होटल व्यवस्थापन र टुरिजम व्यवस्थापन पढाईको विषय बनाउने संस्था नाथमनै पहिलो संस्था रहेको र विद्यार्थीको पहिलो रोजाइमा नाथम पर्नु भनेको नाथमले यस क्षेत्रमा राम्रो काम गरेको प्रमाण रहेको जनाए। भर्खरै विकसित भइरहेको नेपालको तत्कालीन पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सन् १९७२ मा आइएलसो र युएनडिपि को सहयोगमा स्थापना भई ५० वर्षको अवधिमा पर्यटन र होटल विषयलाई प्राज्ञिक विषयको रुपमा स्थापित गरेकोमा नाथमले गर्व गर्न सक्ने काम गरेको भन्दै प्रधानमन्त्री दहालले प्रशंसा गरे।

‘मेरो कार्यकाल भित्रै यस संस्थालाई आवश्यक पर्ने ऐन संसदबाट अनुमादन गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन म संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई निर्देशन दिन्छु,’ प्रधानमन्त्रीले कार्यक्रममै निर्देशन दिए ‘६० हजार दक्ष जनशक्ति उत्पादन गरी पर्यटन तथा अतिथि सत्कार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने नाथमलाई पर्यटन विश्वविद्यालयको रुपमा स्थापना गर्न गृहकार्य सुरु गर्नुहोस्। यसकालागि नेपाल सरकारको तर्फबाट यस संस्थालाई आवश्यक सम्पूर्ण सहयोग गर्न म प्रतिबद्धता जनाउँछु।’ उनले थप निर्देशन दिए ‘५० वर्षको अवधि पुग्दा समेत नाथम विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्ययन प्राप्त गर्न सकेको छैन। यस कारण यस वर्ष नाथमले आयोगबाट गुणस्तर प्रत्ययन प्रमाणपत्र प्राप्त गर्नुकोसाथै अन्तर्राष्ट्रिय गुणस्तरकोलागि आइएसओ मापदन्ड प्राप्तिकोलागि समेत आवश्यक प्रक्रिया सुरु गर्न म नाथम संचालक समितिलाई निर्देशन दिन्छु।’

प्रधानमन्त्री दहालले हालको समयमा शैक्षिक संस्थाहरू केवल विद्यार्थी उत्पादन गर्ने थलोका रुपमा नभएर नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच निकाल्ने थलोको रुपमा समेत विकास हुन आवश्यक पहल गर्न आग्रह गर्दै उसकोलागि अनुसन्धानका गतिविधिहरू अगाडि बढाउन आग्रह गरे।

‘नेपाल भौगोलिक विविधताले सम्पन्न देश भएकोले यहाँ पर्यटन क्षेत्रको अपार सम्भावना छ,’ उनले भने ‘अब नाथमले विदेशी विद्यार्थी समेत नेपालमा ल्याउने कोर्ष कार्यान्वयन गर्नु पर्छ।’ 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालका विश्वविद्यालयहरुले उच्च शिक्षामा एक हजारको पुर्णाककमा ९०० पुर्णकका विषयवस्तु विदेशी इतिहासमा आधारित पढ्नु पर्ने पाठ्यक्रम रहेको र एक सय पूर्णाक मात्र नेपाली इतिहासमा आधारित रहेकोले पनि धेरै युवा जनशक्ति बिदेसिएको अवगत गराए। ‘नाथम नेपालमा होटल र पर्यटन क्षेत्रकै पहिलो शैक्षिक संस्था हो। नाथमले ५० वर्ष पुरानो शैक्षिक नीति लिएर हिँडेको छ,’ मन्त्री किरातीले औँल्याए ‘यस्तो तरिकाले नाथम विकास हुँदैन। भाषिक र संस्कृतिक विविधिता बोकेको नेपालमा मौलिक पर्यटनको विकास हुने किसिमको पाठ्यक्रम तय गर्नु पर्छ।’ उनले थपे ‘नाथमलाई विश्वविद्यालयको रुपमा स्थापना गर्न मन्त्रालयले गृह कार्य सुरु गरिसकेको छ।’

पर्यटन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीले देशमा उच्च शिक्षा क्षेत्रमा उत्पादित जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्न तर्फ राज्यले काम गर्नु पर्ने बताइन्। ‘अगामी दिनमा नाथमले होटल र पर्यटन सम्बन्धमा होमस्टे र कृषिसँग जोडेर विषयवस्तु पठान पाठान गराउन तर्फ लाग्नु पर्छ,’ राज्यमन्त्री ठकुरीले सुझाइन्‘उत्पादित जनशक्ति स्वदेशमै खपत हुने रणनीति बनाएर सरकार अघि बढ्नु पर्छ यसले युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सकिन्छ।’ 

महोत्सवमा विभिन्न प्राज्ञिक र खेलकुद तथा संस्कृति विधामा उत्कृष्ट विद्यार्थीलाई पदक प्रधान गरिएको थियो भने उत्कृष्ट र दीर्घ सेवा गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो। साथै सोही कार्यक्रममा प्रतिष्ठानको स्मारिका नाथम सोभिनियर २०२३ र प्रतिष्ठानको जर्नल नेप्लिस जर्नल अफ होसपिटालिटि एन्ड टुरिजम म्यानेजमेन्टको चौथो संस्करणको विमोचन गरिएको थियो। 
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस