४ करोड ३७ लाखमा ‘चिटिक्क’ बन्यो मण्डली स्कुल
११ फागुन २०७९
•
२ मिनेट पाठ
४ करोड ३७ लाखमा ‘चिटिक्क’ बन्यो मण्डली स्कुल
विद्यालय भवन उद्घाटन गर्दै सांसद पाण्डे।
चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७  बालुवामा मण्डली आधारभूत विद्यालयको भवन निर्माण भएको छ। 




जापानी जनताको आर्थिक सहयोग, एकीकरण नेपाल गोरखाको प्राविधिक सहयोगमा शिक्षा विकास तथा समन्वय इकाई गोरखाको तथा बारपाक सुलिकोट गाउँपालिका र समुदायसँगको सहकार्यमा विद्यालय भवन चिटिक्क बनेको छ। 

उक्त भवनको बिहीबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता तथा सांसद सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन्। विद्यालय उद्घाटन गर्दै उनले भूकम्पपछि विद्यालय भवन राम्रो स्तरीय बनेको र त्यसको संरक्षण, शिक्षाको गुणस्तर विद्यालय, अविभाबक, विद्यार्थी मिलेर बनाउनुपर्ने बताए। 

२०७२ सालको भूकम्पले उक्त विद्यालय भवनमा क्षति पुगेको थियो। सरकाले भूकम्पले ध्वस्त पारेका भवनहरु पुन निर्माणमा प्राथमिकता दिए पनि पुन निर्माणका लागि जग्गा अभाव हुँदा भवन निर्माण हुन नसकेको विद्यालयका प्रधानाध्यापक तोयनाथ धितालले बताए। 

यस अघि जस्ताको छाना लगाएको अस्थायी टहरामा पठन पाठन गर्दै आएको विद्यालय  अहिले सुविधा सम्पन्न भवन निर्माण भएसँगै धेरै सहज हुने उनले बताए। एक रोपनी ११ आनामा नौ वटा कोठा भएको तीन तल्ले सुविधा सम्पन्न भवन अहिले निर्माण भएको छ। 

एकीकरण नेपाल गोरखाको सार्वजनिक विद्यालयहरुको सिकाई वातावरण सुधार परियोजना अन्तरगत भवन निर्माण भएको संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए। 

भवनसँगै विद्यालय वरपर घेराबार, मैदान सम्याउने, खानेपानी, शौचालय, लाइब्रेरी र कक्षाकोठामा फनिर्चरको व्यवस्थापन पनि गरिएको छ। २०७८ चैत्र २८ गते शिलान्याश गरी काम सुरु भएको भवन विहिबार विद्यालयलाई हस्तान्तरण गरिएको हो।  उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म ६४ जना बालबालिका अध्ययनरत छन्। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोन कुमार बरामको अध्यक्षता तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सांसद सरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगर, बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास आचार्य, एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटा, वडा अध्यक्ष कृष्ण गुरुङ लगायतले धारणा राखेका थिए। 
अर्को समाचार
तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
०३ वैशाख २०८१
•
३ मिनेट पाठ
तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर
नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पुर्‍याउन कटुवाल राख्ने चलन थियो। मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो। उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ।




गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आएको करिब तीन दशकभन्दा बढी भइसक्यो। हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उनी पनि उमेरमै कटुवाल पेसामा जोडिए।

माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराउँछन्। गाउँको खबर गाउँलेका घरघरमा पुर्‍याउँछन्। उनलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ। पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताउँछन्।

‘गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ’, उनले भने, ‘बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ।’

मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन। उनले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ। ‘हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ’, उनले भने, ‘बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु।’ कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउँछन्।

‘गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन्’, मनबहादुरले भने, ‘त्यहीँ खायो, काम ग¥यो।’ चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उनको भनाइ छ।

‘मूल्य निर्धारण समितिले मूल्य तय गरेर पैसा दिनुहुन्छ’, मनबहादुरले भने, ‘त्यसैअनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरै हुन्छ।’

पुरानो कटुवाल पेसाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको मनबहादुर बताउँछन्। ‘अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो’, उनले भने, ‘यही पेसाले नै परिवार पालेको छु।’ लामो समयदेखि कटुवाल गर्दै आएका उनलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ।

‘वर्षमा अन्नबापत जति आउँछ बरु त्यही अनुसारको पैसा दिए राम्रो हुन्थ्यो’, मनबहादुरले भने, ‘अहिले त वर्षमा करिब चार मुरी जति कोदो कटुवाल गरेर सङ्कलन गर्ने गरेको छु।’ कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा उनी गर्व गर्छन्। गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुसी लाग्ने गरेको मनबहादुर बताउँछन्।

‘पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउँछन्,’ उनले भने, ‘त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन्।’ पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ।

गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपाली बताँछन्।

‘माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ’, उनले भने, ‘उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुुरानो परम्परा हो।’ मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिइँदै आएको नेपाली बताउँछन्। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस