कर्णालीमा शैक्षिक सत्र सुरु, किताब कसले छाप्ने अझै छैन टुँगो
०२ फागुन २०७९
•
४ मिनेट पाठ
कर्णालीमा शैक्षिक सत्र सुरु, किताब कसले छाप्ने अझै छैन टुँगो
कर्णालीका हिमाली जिल्लाहरुमा फागुन पहिलो सातादेखि नै विद्यालयको पठनपाठन सुरु भएको छ तर विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको छैन। प्रधानमन्त्री तथा शिक्षा मन्त्रीको हैसियतमा समेत रहेका पुष्पकमल दहालले पुस २९ गते कक्षा १ देखि ५ सम्मको विद्यालय स्तरको पाठ्यपुस्तकको छपाईको जिम्मेवारी निजी क्षेत्रलाई  दिने निर्णय गरे पनि किताब कसले छाप्नेबारे अझै कुनै निर्णय भएको छैन। यसले फागुन एक गतेदेखि सुरु हुने हिमाली जिल्लाका विद्यार्थीले पुस्तक विना स्कुल जानु पर्ने अवस्था आएको मंगलबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा बसेको पाठ्यपुस्तक ब्यवस्थापन तथा अनुगमन समितिको बैठकमा समिति सदस्य सुप्रभात भण्डारीले बताए। त्यसपछि केन्द्रका महानिर्देशक तथा समिति संयोजक चुडामणी पौडेलले बैठकबाटै तत्काल पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक  




जबकि फागुनदेखि कर्णालीमा नयाँ शैक्षिक सत्र सुरु हुने भएपछि माघ अन्तिमसम्म कर्णालीमा किताब पुग्नु पर्छ  भने अन्यमा बैशाखदेखि नयाँ शैक्षिक सुरु हुने भएकोले चैत्तको अन्तिमसम्म देशभरिका विद्यालयमा पुस्तक पुग्नु पर्छ ।  

‘जनका पदाधिकारीहरुकै मिलीमतोमा गत वर्ष कागज उपलब्ध गराउन नसकी कालो सूचिमा परी धरौटि समेत जफत भएकालाईनै यसपटक पनि  ६ हजार ५ सय मेसट्रक टन कागज खरिदको लागि छानिएको छ,’ अध्यक्ष नेपालले भने ‘यस पटक पनि पुस्तकको कमिसनको चलखेलकै कारण  विद्यार्थीको हातमा पुस्तक नपुग्ने देखियो। विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने काम भइरहेको।’

जनकका प्रवक्ता चित्र कुमार आचार्यका अनुसार हालसम्म जनकका तीन वटा छपाई मेसिनले ४५ लाख थान किताब छापिसकेको छ। अझै एक करोड ४५ लाख थान किताब छपाई बाकिनै छ। उनले जनकले समयममै पुस्तक छपाई गर्ने लक्ष्य राखेको भए पनि कागज अभावका कारण तीन मेसिन थन्किनु परेको पिडा पोखे। ‘विश्वबजारमै कागजको मूल्य वृद्धि भएको  छ। एक सय ६ रुपियाँ प्रतिकिलोको कागजको मूल्य वृद्धि भएर एक सय ७० रुपैयाँ पुगेको छ ,’ प्रवक्ता आचार्यले नागरिकसँग भने ‘हामीसँग पुस्तक छपाईकोलागि ६ मेसिन भए पनि हाल कागज नभएर तीन मेसिन थन्किएको छ। गत वर्ष कागज पुर्याउन नसकेको कागज ब्यवसायीलाई जनकले कालो सूचिमा राखेको छ। यस पटक उसले पाउने छैन।’ उनले थपे ‘जनकले कागजको मूल्य वृद्धिभएसँगै किताबको मूल्य वृद्धिकोलागि पनि मन्त्रालयमा निवेदन गरिसकेको छ। कागज समयमै प्राप्त भएमा जनकले ६ मेसिनबाट दैनिक २ लाख किताब छाप्ने क्षमता राख्दछ। यस अर्थमा समयमा पुग्न सक्छ। तर मुख्य कुरो  कागज अभाव टल्नु पर्यो।’  

पुस्तक छपाईको नितिगत निर्णय हुन सकेन  

एकातिर जनकलाई अझै ७ हजार टन कागजम अभाव छ भने अर्को तिर नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस्तक छपाईबारे नीतिगत निर्णय नगर्दा पनि समयमै पुस्तक छपाई र वितरणमा समस्या उत्पन्न भएको निजी पुस्तक वितरक चतम मुद्रक ब्यवसायीहरु बताउँछन्।

यति मात्र होइन सरकारले वर्षेनी जनक र निजी प्रकाशनले विद्यालय तहको किताब छपाईको काम जिम्मा दिने गरेको छ। निजी पुस्तक मुद्रक तथा वितरक दिपक भण्डारीका अनुसार पाठ्यक्रम विकास केन्द्रले वर्षेनी निजी पुस्तक वितरक र मुद्रक ब्यवसायीलाई साउन भदौंतिरै सूचिकृतकोलागि सूचना प्रकाशित गर्ने गरेकोमा यो वर्ष हालसम्म भएकै छैन ।‘फागुन महिनादेखि कर्णालीको हुम्ला र डोल्पामा नयाँ सत्र सुरु हुन्छ। पुस महिना बित्न लाग्दा पनि आजसम्म पाठ्यक्रमले पुस्तक छपाईकोलागि सूचिकृत हुने सूचना प्रकासित गरेन,’ निजीका प्रतिनिधि भण्डारीले भने ‘ जनकले कक्षा ४देखि १० सम्मको छपाईको अधिकार पाएको छ।  

निजीले वर्षेनी कक्षा १ देखि ३ सम्मको पुस्तक छपाई गर्छ। यो पटक हालसम्म  निजीले कुन तहको कति पुस्तक छाप्ने कुनै निर्णय भएकै छैन।’ उनले थपे‘सरकार विद्यालय तहका बालबालिका प्रति जवाफदेहि देखिएन। ’हाल प्रधानमन्त्रीनै शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानमन्त्रीले भर्खरै सार्वजनिक गरेको एक महिने निति तथा कार्यक्रमा समेत विद्यालयको पाठ्यपुस्तक समयमै पुर्याउने बारे कुनै कतै सम्बोधन नभएको उनले जनाए।

उता पाठ्यक्रम विकास केन्द्र सानोठिमीका महानिर्देशक बैकुन्ठ अर्यालले भने केन्द्रले आफूले गर्ने सबै प्रकृया पुरा गरि शिक्षा मन्त्रालयमा स्वीकृतिकोलागि असोजमै पठाइसकेको भएपनि कुनै निर्णय नभएकोले सूचिकृतको सूचना प्रकासित नगरेको स्पष्ट पारे। ‘निजीलाई वा जनकलाई कुन तहका कति किताब छाप्न दिन बारे केन्द्रले असोजमै मन्त्रालयमा निर्णयकोलागि पठाइसकेको छ,’ महानिर्देशक अर्यालले नागरिकसँग भने ‘केन्द्रले प्रकृया पुर्याएर सबै काम सम्पन्न गरिसकेको छ। यस पटक कक्षा ५, ८ र १०को नयाँ पाठ्यक्रम अनुसारको सिआरसि पनि तयार गरि कक्षा ५ र १०को जनकलाई उपलब्ध गराइसकेका छौं भने कक्षा ८को तयारी हुदै छ। एक साताभित्र जनकलाई उपलब्ध हुन्छ।’ उनले थपे ‘वर्षेनी निजीलाई कुन तहको कति किताब छाप्न दिने बारे मन्त्रालयको निर्णय हुनै पर्ने ब्यवस्था छ। गत वर्ष कक्षा १–३ सम्म पुस्तक निजीले छापेर देशभरि बितरण पनि गरेको थियो।’
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस