होटल व्यवस्थापनमा बढ्दो आकर्षण
२७ मंसिर २०७९
•
५ मिनेट पाठ
होटल व्यवस्थापनमा बढ्दो आकर्षण
अध्ययनपछि सजिलै रोजगारी पाउने भएकाले स्नातक तहअन्तर्गत होटल व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढ्दो छ।  




नेपालमा स्वदेशी र विदेशी दुवै शैक्षिक संस्थाको सम्बन्धनमा यो विषय पठनपाठन भइरहेको छ। कक्षा १२ पासपछि जुनसुकै विषय अध्ययन गरेकाले पनि यो विषय रोज्न सक्छन्। स्वदेशी मात्रै नभई विदेशी विद्यार्थी पनि होटल म्यानेजमेन्ट पढ्न नेपाल आउने गरेको कलेज सञ्चालकहरू बताउँछन्।  

पाटनकी रोजिना श्रेष्ठले होटल व्यवस्थापनमा स्नातक सकेलगतै अस्ट्रेलिया जाने योजना बुनेकी छिन्। ‘मलाई इभेन्ट म्यानेजमेन्टमा क्यारिअर बनाउने रुचि छ,’ रोजिनाले नागरिकसँग सुनाइन्, ‘त्यही भएर थप शिक्षाका लागि मैले अस्ट्रेलियाका लागि प्रक्रिया गरेको छु।’ होटल व्यवस्थापन अध्ययनको क्षेत्र फराकिलो भएकाले पनि उत्पादित जनशक्ति विश्वबजारमा समेत बिक्ने उनको भनाइ छ। माध्यमिक तहमा बिजनेस अध्ययन गरेकी उनी सानैदेखि होटेल व्यवस्थापन तथा अतिथि सत्कारमा रुचि भएकाले यो विषय अध्ययन गरेको बताउँछिन्।

होटल व्यवस्थापन सिपसँग जोडिने भएकाले रमाइलो वातावरणमा अध्ययन गर्न सकिने खोटाङकी कृपा राईको अनुभव छ। लैनचौरस्थित सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट कलेजमा राई चार वर्षे बिएच अध्ययन गरिरहेकी छिन्।  

उनी राम्रो कमाइका साथै सामाजिक प्रतिष्ठासमेत कायम हुने भएकाले स्नातकमा होटेल व्यवस्थापन विषय छनोट गरेको सुनाइन्।  बेलायतको क्विन मार्गरेट युनिभर्सिटीको सम्बन्धनमा सिलभर माउन्टेनले ४ वर्षे बिएचएम कोर्ष सञ्चालन गरिरहेको छ। ‘मैले चार वर्षे डिग्री हासिल गरी स्नातकोत्तर तह अध्ययन गर्न क्यानडा जाने तयारी गरिरहेकी छु,’ सातौं सेमेस्टर अध्ययन गरिरहेकी राईले सुनाइन्, ‘अध्ययनपछि म आफूलाई पाँच तारे होटलमा एक कुशल ह्युमेन रिसोर्स म्यानेजरका रूपमा देख्न रुचाउने मेरो चाहना हो,’ उनले थपिन्, ‘त्यही भएर मैले सिल्भर माउन्टेन कलेज रोजें। यहाँबाट उत्पादित दाजुदिदीहरूले स्वदेशमै पनि प्रसिद्ध होटेल व्यवसायी बनेको देखेर म प्रफुल्लित भएँ।’

सिल्भर माउन्टेन कलेजका सञ्चालक तथा प्रिन्सिपल समीर थापाले बेलायतको क्विन मार्गरेट विश्वविद्यालय एक सय ४० वर्ष पुराना भएकाले पनि यसबाट दीक्षित भएका विद्यार्थीहरू विश्वबजारमै बिक्ने बताए। उनले चार वर्षे होटेल व्यवस्थापनमा मुख्य गरी कुकरी, पकाएको समग्र प्रस्तुति, आतिथ्य सत्कार, हाउस किपिङ, सेल्स एन्ड मारकेटिङ, इन्टरनेसनल होटल चेन प्रणाली मानव संसाधन व्यवस्थापन र पाहुनाको सुरक्षाबारे सिकाइने हुनाले यो विषय अध्ययनपछि कुशल व्यवस्थापक उत्पादन हुने जनाए। उनले होटेल व्यवस्थापनका उत्पादित जनशक्ति विश्वबजारमा बिक्ने भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको जनाए। ‘नेपालमा विदेशी तथा स्वदेशी दुवै विश्वविद्यालयहरूले व्यवस्थापन सङ्कायअन्तर्गत होटेल व्यवस्थापनका विषयहरू अध्ययन गराइरहेका छन्,’ थापाले भने, ‘यसैले विद्यार्थीलाई फराकिलो अवसर मिलेको छ। यति मात्र होइन, हाम्रो कलेजबाट उत्पादित जनशक्ति आफ्नै होटल व्यवसाय गरी सफल उद्यमी बनेको देख्दा झनै गर्व लाग्छ।’ नयाँ बानेश्वर, बुद्धनगरमा रहेको कान्तिपुर इन्टरनेसनल कलेजका कार्यकारी निदेर्शक प्रतापराज जोशीका अनुसार होटल व्यवस्थापन सिपमूलक प्राविधिक विषय भएकाले अध्ययनपछि विद्यार्थीहरू खालि हात बस्नुपर्दैन।

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित यो कलेजले विगत २४ वर्षदेखि नेपालमा निजी क्षेत्रकै पहिलो कलेजका रूपमा होटेल व्यवस्थापन विषयको पठनपाठन गराउँदै आएको छ। सिपमूलक शिक्षा भएकाले चार वर्षको अध्ययनमा अन्तिम एक वर्ष पूरै भुक्तानीमा आधारित इन्टर्नसिप गर्नुपर्ने भएकाले विद्यार्थीले न्यूनतम २५ हजार तलब पाउने गरेको उनले बताए। साथै विदेशमा समेत आकर्षक अवसर रहेकाले पनि विद्यार्थीहरूको रोजाइमा बिएचएम पर्ने गरेको उनको अनुभव छ। ‘होटेल व्यवस्थापन अध्ययनपछि उत्पादित जनशक्ति कुशल व्यवस्थापक बन्छन्,’ जोशी भन्छन्, ‘सिपमूलक शिक्षा भएकाले उत्पादित जनशक्तिहरू रोजगारीमा मात्र नभएर रोजगार दाता तथा उद्यमशील बन्छन्।’ उनले थपे, ‘हाम्रा विद्यार्थीहरू चितवन, भैरहवा, बुटवललगायतका क्षेत्रमा आफ्नै सिप प्रयोग गरी होटेल व्यवसाय गरी उद्यमशील बनेका छन्।’

टेक्सास कलेज चावहिलका सहप्राचार्य श्यामसुन्दर श्रेष्ठले नेपाली विद्यार्थीले स्वदेशमै विश्वस्तरको शैक्षिक डिग्री सर्वसुलभ शुल्कमा प्राप्त गर्ने र प्राप्त गरेको ज्ञान एवम् सिपले उत्पादित जनशक्ति स्वदेश तथा विदेशमा समेत सक्षम हुने भएकाले होटेल म्यानेजमेन्ट विद्यार्थीको रुचिको विषय बन्दै गएको बताए। उनले यो विषयमा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत नै प्राक्टिकल अध्ययन भएकाले विद्यार्थीलाई होटल व्यवस्थापनले आकर्षित गरेको जनाए। यो कलेजले मलेसियाको लिंकन विश्वविद्यालयको बिएचएम कोर्ष सञ्चालन गर्दै आएको छ।  

‘नेपालमा मुख्य गरी मलेसिया, बेलायतलगायत देशका होटेल व्यवस्थापन विषय सञ्चालनमा छन्, ‘सहप्राचार्य श्रेष्ठले नागरिकसँग भने, ‘विदेशी विश्वविद्यालयहरूको क्रेडिट ट्रान्सफर व्यवस्थाले विद्यार्थीलाई स्वदेश तथा विदेशमा समेत उच्च शिक्षा हासिल गर्न सहज बनेको छ।’ उनले थपे, ‘नेपालबाट अध्ययन गरी विदेश जाने विद्यार्थीहरू पनि विभिन्न होटेलमा किचेन, सेफ, फ्रन्ट डेस्क, कफिसप, वेटरलगायत काम सहजै पाउँछन्। जसले उनीहरूको पढाइ खर्च जुटाउन सहयोग पुग्छ।’

होटल एसोसिएसन नेपाल (हान) का अनुसार हाल नेपालमा साना–ठुला गरी करिब २५ सय होटल सञ्चालित छन्। ती होटलमा तीन लाख जनशक्ति विभिन्न पदमा कार्यरत छन्। हरेक वर्ष १० प्रतिशत जनशक्ति खाली हुन्छ। त्यो अझै पूर्ति गर्न नसकेको तथ्यांक छ। गोल्डेन गेटका सिइओ रमेश सिलवालले होटल व्यवस्थापन अध्ययन गरेका जनशक्तिले टुरिजम, ट्राभल, सपिङ मल, एयरलायन्स, क्रुज, बैंक, मुभी थिएटरलगायत क्षेत्रमा काम गर्ने अवसर रहेको जनाए। सानो लगानीमा पनि स्वरोजगार बन्छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित यो कलेजबाट उत्पादित जनशक्ति पूर्ण रूपमा रोजगारीमा छन्। ‘हाम्रा उत्पादन सबै जनशक्ति विभिन्न क्षेत्रमा व्यवस्थापकीय पदमा कार्यरत छन्,’ सिलवालले सुनाए, ‘बिएचएम अध्ययनपछि सामाजिक प्रतिष्ठाका साथै आर्थिक रूपमा पनि सक्षम बनिन्छ।’

विद्यार्थीले प्रत्येक सेमेस्टरमा इन्टर्नसिप गरेबापत आर्थिक आयआर्जन गर्ने भएकाले अध्ययनकै क्रममा शैक्षिक लगानी उठाउन सक्ने भएकाले बिएचएममा विद्यार्थी आकर्षण बढेको उनले बताए । 
अर्को समाचार
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
११ मंसिर २०८३
•
३ मिनेट पाठ
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।




सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।

गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।

सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।

सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।

‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’

पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।

यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।

गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।

यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।

त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए। 

सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’

सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।

अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।

सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।

त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।

यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।

कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
यो पनि पढौँ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस