कठै कांग्रेस!
२५ पौष २०८२
•
४ मिनेट पाठ
कठै कांग्रेस!
मुलुककै लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको नेपाली कांग्रेस यतिबेला सर्वाधिक कठिन मोडमा छ। पार्टी सभापति शेरबहादुर देउवाका कारण यो दल रसातलमै पुग्न लागेको छ। यसको प्रमुख कारण उनी नै हुन्। गत भदौको जेनजी आन्दोलनपछि प्रमुख दल र यसका नेतामाथि भएको आक्रमणपछि उनले जिम्मेवारीबाट बिदा लिँदै कार्यवाहक अध्यक्षमा पूर्णबहादुर खड्कालाई तोकेका थिए। देउवाले जिम्मेवारीबाट हटेर नयाँ नेतृत्व निर्माणमा मार्गप्रशस्त गर्दा प्रशंसा भएको पनि हो। तेस्रोपटक पार्टी सभापति हुन नमिल्ने दलीय कानुनको प्रावधानअनुसार उनले आफूलाई नेतृत्वबाट अलग्याएको ठाने पनि उनीमा अझै सत्तालिप्सा र शक्तिप्राप्तिको भोक देखिँदै छ।




जेनजी आन्दोलनको भोलिपल्ट भदौ २४ मा देउवा निवासमा आक्रमण भयो। देउवा दम्पत्तिमाथि भिडले भौतिक आक्रमण पनि गरेको हो। त्यो आक्रमणपछि उनीहरू उपचारमा गए। विदेशमा समेत उपचार गर्न भनेर उनीहरू गएर फर्र्किए तर स्वदेश फर्किएपछि स्वाभाविक रूपमा दलको नेतृत्व हस्तान्तरणका निम्ति युवाहरूले राखेको मागप्रति उनले बेवास्ता गरिरहेका छन्। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन माग भयो तर  त्यो महाधिवेशन हुन नदिन देउवा र उनी निकट नेताहरूले षड्यन्त्र र ढिलासुस्ती गरेका छन्। त्यसका कारण अहिले यो दल अत्यधिक समस्यामा परिरहेको छ। देउवा पक्षले विशेष महाधिवेशन हुन नदिन र महामन्त्रीद्वयको तर्फबाट पहल गरिएको विशेष महाधिवेशनको मागलाई टार्न गरेका प्रयासबाट स्थिति सहजै बुझ्न सकिन्छ।

देउवाले फेरि पनि यो दलको नेता हुने अवसर गुमाएका छन्। उनलाई अझै कुनै न कुनै रूपमा प्रधानमन्त्री बन्ने रहर मरिसकेको छैन। आफू प्रधानमन्त्री बन्ने र पत्नी आरजु देउवा राणालाई दलको उपल्लो पदमा पुर्‍याएर व्यवस्थापन गर्ने चाहनाले कांग्रेसलाई थप धुलोपिठो बनाउने देखिएको छ। कांग्रेस भन्ने दल देउवाको मात्र होइन। बरु मुलुकमा उदार लोकतान्त्रिक चरित्र बोकेको दलको अभावमा कांग्रेसलाई नै आशाको केन्द्र मानेर प्रतीक्षा गर्ने ठुलो समुदाय रहेको छ। यस्ता नागरिकले आशा गर्ने दललाई समेत समाप्त पार्ने काम देउवाबाट भइरहेको छ। निर्वाचनका लागि अहिले आफैंले उम्मेदवारीका निम्ति टिकट व्यवस्थापन गर्ने र निर्वाचनपछि वा निर्वाचनअघि नै भवितव्य परेर प्रधानमन्त्री पाइने मौका आयो भने त्यसलाई पनि नछाड्ने उनको उद्देश्य देखिन थालेको छ।

वास्तवमा यो मुलुकमा लोकतन्त्रप्रति नकारात्मक वातावरण बनाउनुमा देउवाको भूमिका ठुलो रहेको छ। मुलुकमा भर्खरै लोकतन्त्र आएका बेला २०५१ सालको प्रतिनिधिसभा निर्वाचनपछि देउवाले मुलुकको राजनीतिमा ‘पजेरो पोलिटिक्स’ भित्र्याएका हुन्। सरकार जोगाउन सांसद किनबेच गर्ने राजनीतिक विकृतिका उनी सूत्रधार हुन्। राजाले लोकतन्त्रविरुद्ध भूमिका खेल्नुमा पनि देउवाको अकर्मण्य कारकका रूपमा रहेको छ।    पछि ‘गोर्खाली राजाले न्याय गरे’ भन्दै सत्ताका निम्ति दौडिने उनको भूमिका पनि देखिएको हो। जेनजी आन्दोलनपछि देउवा सच्चिए भन्ने धेरैलाई परेको हो तर उनले पाएको प्रशंसालाई लामो समय टिकाउन सकेनन्। बरु उनी फेरि राजनीतिलाई विकृत तुल्याउने र लोकतन्त्रलाई घाटमै पु¥याउने खेलमा सक्रिय भएका छन्।

जेनजी आन्दोलनपछि मुलुकमा आमनागरिकले परिवर्तन अपेक्षा गरेका हुन्। कांग्रेसको अहिलेकै विकृत अनुहारले नागरिकको विश्वास जित्न सकिँदैन भनेपछि यसका युवा नेताले विशेष महाधिवेशन माग गरेका हुन् तर त्यसलाई कमजोर तुल्याएर कांग्रेसले आगामी निर्वाचनमा कसरी आम नागरिकको विश्वास जित्ने हो? गम्भीर अवस्था छ। यसैलाई आत्मसात गरेर आगामी दिनको तयारीका लागि विशेष महाधिवेशन आयोजना गर्न महामन्त्रीद्वयले भूमिका खेलेका हुन्। महामन्त्रीहरूलाई कमजोर बनाउने उद्देश्यले जुन काम सभापति देउवाबाट भइरहेको छ, त्यसले अन्ततः दललाई नै धराशायी बनाउने निश्चित छ।

वास्तवमा मुलुकको लोकतान्त्रिक प्रक्रिया कमजोर हुनुमा दलहरूले आफ्नै विधान व्यवस्थालाई कुल्चनु प्रमुख कारण हो। कांग्रेसका ५० प्रतिशतभन्दा बढी प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन नहुनुपर्ने कारण थिएन। पहिले नियमित महाधिवेशन नै गर्ने भन्दै विशेष महाधिवेशन टार्न खोजियो। फेरि नियमित महाधिवेशन निर्वाचनपछि गर्ने भनेर झुक्याउने काम भएको छ। यस्तो परिस्थिति आउन नदिन देउवाले भूमिका खेल्नुपर्ने हो। यसै पनि दलबाट बाहिरिने उद्देश्य राखेर कार्यवाहक सभापतिसमेत तोकिसकेका नेताले पछिल्ला दिनमा खेलेका भूमिकाबाट दलभित्र मात्र होइन, बाहिर पनि नकारात्मक सन्देश प्रवाह गरेको छ। यसले कांग्रेसको वर्चस्व र भूमिकामाथि नै तुषारापात गर्ने गम्भीर अवस्था सिर्जना गरेको छ। कम्तीमा कांग्रेसले आफ्नो भूमिकालाई मात्र स्पष्ट पार्ने हो भने पनि परिस्थिति बदलिन सक्छ। लोकतन्त्रमाथि आज देखिएका काला बादल फाट्नेछन्। 
अर्को समाचार
कठै ! काँग्रेस
२१ असोज २०८०
•
६ मिनेट पाठ
कठै ! काँग्रेस
राज्यको मियो मानिएको राजनीतिले दिन/प्रतिदिन नयाँ फड्को मारिरहेको देख्दा कतै देश दुर्घटनामा पर्ने त होइन ? शंका उब्जिरहेछ । २०६२/६३ सालको जनआन्दोलनको उपलब्धिको रक्षा गर्नभन्दा वर्तमानमा राजनीतिक दलहरू आफूखुसी पार्टीका निहित स्वार्थ केन्द्रित देखिन्छन् । देशमा अमनचयनको खाँचो परिरहेको छ । शान्ति सुरक्षाको अभाव एकातिर देखिँदैछ, अर्कोतिर चाडवाडको मुखैमा खाद्यान्नको महँगी चुलिँदैछ । कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेहरूको व्यापार सरकारकै अगाडि फस्टाइरहेको देखिन्छ । देशका विभिन्न ठाउँमा खाद्यान्न अभावले नागरिक पिरोलिएका छन् । विशेषगरी कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा र सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङमा चामलको अभाव देखापरेको जानकारी आइरहेको छ । यतातिर संघ र प्रदेश सरकारले के/कति जिम्मेवारी लिइरहेकाछन् ? जनताको सुसूचित हुने अधिकारको हेक्का सरकारले राखे जस्तो लाग्दैन ।




पछिल्लो अवस्थामा राजनीतिक विषय किन घिनलाग्दो बनिरहेछ ? कैयौँ पटक मत खसालेर आफ्नो अधिकार प्रयोग गरेका मतदाता राजनीतिदेखि वाक्क भएका छन् । उनीहरूलाई सरकार जुनसुकै दलको नेतृत्वमा निर्माण होस्, जुनसुकै मन्त्रिमण्डल निर्माण होस्, अब चासोको विषय रहेन । उनीहरू आफ्नो दैनिकी सुचारु होस्, कालोबजारी रोकियोस्, खाद्यान्न अभाव नहोस्, भ्रष्टाचारमा कमी आओस् भन्ने चाहन्छन् । कृषिप्रधान देश भएर पनि अधिकांश खाद्यान्न, सामग्री भारतबाट महँगोमा खरीद गर्नुपर्ने अवस्था दुर्भाग्य छ ।  

स्वदेशी र विदेशीको कालोधन्दाको अखडा बनिरहेको वर्तमान अवस्थामा देशका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलबलसहित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगे । महासभामा उनले सम्बोधनका क्रममा नेपालको सन्दर्भका केही चर्चा त सुनाए तर गहिरिएर नेपालबारे चासो र चिन्ता लिने फुर्सद कसलाई भयो होला र ?

हो, १० वर्षसम्म माओवादी ‘जनयुद्ध’को नेतृत्व गरेका तत्कालीन विद्रोही र पछि शान्तिमार्गमा हिँडेका प्रचण्डको परिचय सदस्य राष्ट्रका प्रमुखले पाए तर सैद्धान्तिक बहसमा उनीहरूको ‘लाइन’ भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत अन्य मुलुकका राष्ट्र प्रमुखले लोकतन्त्रप्रतिको हार्दिकता नेपालप्रतिको चासो र चिन्ता दुई ठूला एसियाली मुलुक चीन र भारतका बीचमा रहेको सानो देशबारे द्विपक्षीय मुलुकबीच आवश्यक हितका विषयमा के÷कति चर्चा भए, सोबारे बौद्धिक र कूटनीतिक बहस हुनु जरुरी छ ।  

यसैगरी अमेरिकाबाट सिधै चीन भ्रमणमा पुगेका प्रचण्ड भ्रमण दलका सदस्यहरूले राजनीतिक भ्रमण गरे । विविध विषयमा १२ बुँदे सम्झौतामा दुई देशका सरकार प्रमुखबीच हस्ताक्षर भएको जानकारी पनि दिए । तर कुनकुन विषयमा नेपालले लाभ पाउने गरी हस्ताक्षर भए ? नेपालले एक भूपरिवेष्टित र अल्पविकसित राष्ट्रका नाताले पारबहन, वाणिज्य क्षेत्र, सडक सञ्जाललगायतका विषयमा चीन सरकारबाट प्रत्यक्षरूपमा के/कति सहयोग दिनेबारे ठोस परिणाम आयो ? जनता जान्न चाहन्छन् । जसमध्ये एउटा विषय भारतीय साथै नेपालका धेरै तीर्थयात्रीले कैलाशमानसरोवर पुग्न यातायातको सजिलो र भरपर्दो मार्ग पाएका छैनन् । हुम्लाको हिल्सा र बझाङको उर्रै भञ्ज्याङको मार्ग सरकारले नखोलेसम्म कठिन र महँगो छ कैलाश मानसरोवरको छोटो यात्रा ।  

प्रचण्डसहित उनको भ्रमणदलका ठूलै पंक्ति विदेश गएका बेला शिक्षकहरूले राजधानीमा हड्ताल पनि गरे । २०६२/६३ सालको नागरिक आन्दोलनको झल्को दिने राजधानीकेन्द्रित शिक्षकको उपस्थिति अहिलेसम्मकै ठूलो थियो । अस्थायी र राहत शिक्षकका बारेमा पनि सम्बोधन गर्दै पाँच र सात बुँदामा हस्ताक्षरका साथ सरकार र शिक्षकबीच सहमति जनाएर हजारौँ शिक्षक अहिले जिल्ला फर्किसकेका छन् । जुन खुसीको विषय हो । आफूखुसी सरकारले शिक्षकको विषयमात्र होइन, अन्य विषयमा पनि विधेयक संसद्मा लगेर पास नगरोस् भन्ने चेतावनी पनि हो शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन ।  

अब केही चर्चा हालै सम्पन्न काँग्रेस केन्द्रीय समितिको गरौँ । काँग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर र गणेशमान सिंहको नाममा संघर्षका माला जपेर आफू निहित स्वार्थका लागि वर्तमान सभापति शेरबहादुर देउवालाई खुसी पार्न संस्थापन पक्षका अधिकांश केन्द्रीय सदस्यहरू कहिले धुम्बाराहीस्थित देउवा निवासमा जम्मा हुने गर्छन् त कहिले पार्टी कार्यालय सानेपामा । संस्थापन इतर केन्द्रीय सदस्यहरू सभापति देउवाको कडारूपमा विरोधका शब्दहरू खर्चेर छापाहरूमा आफ्नो औकात देखाइरहेका छन् ।

यता सभापति देउवा थोरै बोलेर रिक्त केन्द्रीय सदस्य पदमा केही पुराना र केही नयाँ अनुहारलाई मनोनीत गर्ने गर्छन् । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघमा पनि यिनै कुरा दोहोरिन्छन् । पार्टीमा अनुशासनको कमी देखिन्छ । आडम्बरी भाषा र शैलीले छाडेको छैन । बरु पार्टी दुर्घटनामा परे परोस्, सभापति देउवालाई गुमराहमा पारी आफ्नो दुनो सोझ्याउने पक्षमा वर्तमानमा अधिकांश केन्द्रीय सदस्यलगायतका व्यक्ति देखिन्छन् ।

लोकतन्त्र, समाजवाद र राष्ट्रियताका पक्षमा सीमित केन्द्रीय सदस्यबाहेक अधिकांशले आपसी विवादका राजनीतिक बिस्कुन सानेपामा सुकाए । लोकतन्त्रको रक्षाका लागि जुन विषय आवश्यक छैन । समाजवादी पार्टी, सामन्तवादी मार्गमा हिँडिरहेको आभास एकातिर देखिँदैछ भने अर्कोतिर परिवर्तनका लागि २०३५/३६ सालको विद्यार्थी आन्दोलनदेखि २०६२/६३ सालको जनआन्दोलनसम्म निरन्तर संघर्ष गरेको ठूलो पंक्तिलाई अवसर नदिँदा पार्टीलाई मानसिकरूपमा ठूलो क्षति भइराखेको छ । शिव कंगाल जस्तै धेरै पुराना कार्यकर्ताको हविगत गाउँ, सहरमा देखिँदैछ ।  

२०४६ सालको जनआन्दोलनमा आन्दोलन दबाउन, तत्कालीन व्यवस्थाको समर्थन जनाउँदै प्रतिकार समितिमा रहेर काम गरेका र २०६२/६३ सालको जनक्रान्तिमा घरमा बसेर रमिता हेर्नेहरूको ठूलै भीड वर्तमानमा पार्टी नेतृत्व पंक्तिसम्म रजाइँ गरेको देख्दा लाग्छ, काँग्रेस दूध दिइरहने घर पालुवा गाई हो । दूध दिन छाडेपछि गाईलाई घरबाट बाहिर निकालिन्छ । यो पार्टीमा लोकतन्त्रप्रति निष्ठावान कार्यकर्ताको कमी छैन, विद्वान्–विदुषीको पनि कमी छैन । तर विडम्बना, उनीहरू पार्टीमा छड्के किनाराका साक्षी मात्र छन्, अवसरबाट सदैव वञ्चित छन् । देशका लागि दुर्भाग्यको विषय हो यो ।

पार्टी अहिले सरकारमा सामेल छ तर बत्तीमुनिको अँध्यारोमा छ । अर्थमन्त्रीको आलोचना धेरै केन्द्रीय सदस्यले गरेका सुनियो । कतिपयले त सरकारबाट अलग हुनुपर्नेसम्मका विचार राखे ।  

संघर्षको शिक्षा सिकाए, बिपी र गणेशमानले, नैतिक र आदर्शको पाठ पढाए किसुनजी र सुशील कोइरालाले, निडरताको मन्त्र फुके गिरिजाप्रसाद कोइरालाले । तर लाखौँ कार्यकर्ता वञ्चित भए, वर्तमानमा यी आदर्श, संघर्ष, निडरताका पाठहरूबाट । बाध्यतावस संसद्मा तेस्रो दलको नेतृत्व स्वीकारिरहेको छ, काँग्रेसले ।  

संसदीय शासन प्रणालीको नियमका अगाडि राजनीतिक सौदाबाजी हाबी भएको भनेको यही हो ।  

काँग्रेसमा वर्तमान अवस्थामा जस्तो नैतिक संकट साायद कहिलै परेन होला । ‘तिम्रो मनमा काम गर्दा द्विविधा उत्पन्न भए देशको माटो हातमा लेऊ, मनन गर, तिम्रो अन्तरआत्माले जे निर्णय दियो, त्यही गर’ भन्ने नैतिक शिक्षा दिने बिपी कोइरालाका लाखौँ अनुयायीका अगाडि नैतिक प्रश्न उब्जिरहेछ यतिखेर ।  
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ७ सेकेन्ड अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस