पाहुनालाई प्राथमिकता
१७ चैत्र २०८२
•
४ मिनेट पाठ
पाहुनालाई प्राथमिकता
कुनै बेला पर्यटक भनेकै विदेशबाट आएका मानिस हुन् भन्ने ठानिन्थ्यो। तथापि विविध कारणले बाह्य पाहुनाको आगमन प्रवाह यथोचित रूपमा नहुन सक्छ। तर, केही वर्षयता स्वदेशी पाहुना प्रवाह बढेको छ। देशभित्रकै नागरिक अर्को ठाउँमा पुगेर रमाउने र त्यहाँका बासिन्दाले तिनीमार्फत कमाउने व्यवस्था आन्तरिक पर्यटनले दिएको छ।  




अचेल यसै पनि स्वदेशीहरूले देशका विभिन्न भूभागमा घुमघाम गर्न जाने प्रचलन बढेको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय यात्राहरू निरन्तर भइरहेका छन् । दिनभरि आफू निकटका डाँडाकाँडाको पदयात्रामा जाने मात्र होइन, एक दिनभन्दा बढीका निम्ति विभिन्न ठाउँमा जाने प्रक्रियाले देशदर्शनलाई मद्दत पुगेको छ। यसले आफ्नै देश चिन्न मात्र होइन, यहाँभित्रका सांस्कृतिक सम्पदालाई आत्मसात गर्न बल पुगेको छ । हामी कति सुन्दर विविधताबिच बाँचेका छौं भन्ने अनुभूति पनि यसले दिन्छ।

विदेशी पाहुनाको अभाव हुन थालेपछि पोखराले अढाई दशकअघि आन्तरिक पाहुनाको खोजी गर्न थालेको हो। कतिपय अवस्थामा स्वदेशी पाहुनालाई बेवास्ता गर्ने गरेको पनि देखिन्थ्यो । पदयात्रामा निस्केका नेपालीले कतिपय अवस्थामा बेवास्तामा परेको अनुभूति पनि गर्नुपर्थ्याे। बिस्तारै स्वदेशी पर्यटकले पनि विदेशीले जस्तै खर्च गर्ने र कतिपय अवस्थामा स्वदेशीबाट दिगो तथा निरन्तर आम्दानी हुने बुझेपछि महत्त्वबढ्दै गएको हो।

विगतमा द्वन्द्वका बेला विदेशबाट पाहुना नआउँदा पोखराका होटल व्यवसायीले ‘जाऊँ है पोखरा’ भन्ने अभियान चलाएका थिए। त्यसमा स्वदेशी पाहुनाले अर्थतन्त्रलाई बढ्ता टेवा दिन थालेपछि तिनको महत्त्वआन्तरिक पर्यटनमा देखिएको हो। आन्तरिक पाहुनाका कारण होटल व्यवसाय चल्न थालेपछि उद्यमीहरू उत्साहित हुने नै 

भए।

अचेल पोखरा मात्र होइन, देशका विभिन्न पर्यटकीय क्षेत्रले आन्तरिक पाहुनालाई स्वागत गर्न थालेका छन्। संघीयताको एउटा सुन्दर पक्ष भनेको स्थानीय स्तरमा आफ्ना गाउँठाउँ, पाटीपौवा, तीर्थस्थल, पर्यटन क्षेत्रको विकासमा ध्यान दिन थालेका छन्। विगतमा संघीय सरकारको मात्र मुख ताक्दा सबै ठाउँमा ध्यान पुग्न सक्दैनथ्यो। पछिल्ला वर्षहरूमा काठमाडौंभन्दा बाहिर विकासले गति लिएको छ। तुलनात्मक रूपमा बाटाघाटा पनि राम्रा बनेका छन्। तिनले आन्तरिक पर्यटनलाई बढावा दिएको छ।

अहिले पोखराको पर्यटन क्षेत्रमा विगतभन्दा कम पर्यटक आएकोमा अतिथिसत्कार व्यवसायमा लागेकाहरू चिन्तित भएका छन्। विगतमा आन्तरिक पर्यटकको हिस्सा ७० प्रतिशतसम्म पुगेकोमा अहिले ४० प्रतिशत पुगेको छ । यस्तो स्थितिमा आन्तरिक पाहुनाको प्रवाह बढाउने पक्षमा ध्यान दिनुपर्ने हुन्छ। कतिपय अवस्थामा प्रतिकूल परिस्थिति, सडक यातायात र अन्य पक्ष जिम्मेवार हुन्छ। त्यसैगरी आन्तरिक पर्यटक बन्नका निम्ति नागरिकको आम्दानी पनि बढ्नुपर्छ। जति धेरै तिनको आम्दानी बढ्छ, तिनले खर्च पनि बढाउँछन्। यसका निम्ति सेवासुविधा बढाउनुका साथै पर्यटन क्षेत्रमा पनि नयाँपन थप्नु उचित हुन्छ।

कुनै पनि नेपालीले घुम्नका निम्ति जानेबारेमा सोच्दा पोखरा पहिलो छनोटमा पर्छ। सुरम्य प्राकृतिक वातावरणले आन्तरिक पाहुनालाई आमन्त्रण गरिरहेको अवस्था छ। पोखराजस्तै अन्य पर्यटकीय सम्भावना भएका ठाउँको पनि प्रचार गरेर अगाडि बढ्न सकिन्छ। पश्चिम नेपालमा पनि यस्तै कतिपय ठाउँको यात्राका निम्ति कार्यक्रम बन्ने गरेका छन्। तर निकटताका कारण पोखराको आकर्षण छ। दुई दिन मात्रै बिदा हुँदा पनि पोखरा जाने धेरै निस्किन्छन्।

खासमा हाम्रो मुलुकमा सातामा दुई दिन बिदा दिने र पाँच दिनको कार्यघण्टा बढाउने हो भने आन्तरिक पर्यटन प्रवर्धनमा मद्दत पुग्छ। यसले अर्थतन्त्रलाई सघाउँछ पनि। दुई दिन लगातार सार्वजनिक बिदा हुने हो भने इन्धन आदिको खर्च घट्छ। पेट्रोलियम पदार्थ यसै पनि हामीले आयात गर्ने गरेका छौं। नयाँ सरकारले सुशासनमा ध्यान दिन थालेको हुनाले अब सरकारी कार्यालयमा पाँच दिनमा धमाधम काम हुने हो भने दुई दिनको सार्वजनिक बिदाले पनि सहज बनाउन सक्छ। यी दिनलाई बिदाका रूपमा आन्तरिक पर्यटकीय गतिविधिमा बिताउन सकिन्छ।

यसै पनि हाम्रो अर्थतन्त्रका निम्ति पर्यटन नै महत्त्वपूर्ण क्षेत्र हो। हामीले तत्कालै कुनै उत्पादन उद्योग सुरु गरेर त्यसका वस्तु विदेशमा निर्यात गरिहाल्न सकिँदैन। हाम्रोजस्तो मुलुकका सबैभन्दा उपयुक्त व्यवसाय भनेको पर्यटन क्षेत्र सम्बन्धित विषय हुन्छन्। यसमा होटल व्यवसायदेखि पदयात्रा, आरोहण आदि गतिविधि समावेश हुन सक्छन्। यससँग हाम्रा प्राङ्गारिक कृषिजन्य उत्पादनलाई जोड्ने हो भने अझ पाहुनाहरूको गतिविधिलाई उत्साहित तुल्याउन सकिन्छ। पर्यटन क्षेत्रमा कतिपय अवस्थामा आवास र उपभोग्य वस्तुमा विविधिकरण देखिएको छैन। त्यसमा विस्तार गर्न सकिन्छ। यसले हाम्रो पर्यटन क्षेत्रलाई नयाँ जीवन दिन सक्छ।  
अर्को समाचार
पूर्वेलीलाई पोखरा घुम्ने निम्तो
०७ असोज २०७६
•
७ मिनेट पाठ
पूर्वेलीलाई पोखरा घुम्ने निम्तो
पोखराबारे धरानमा प्रचार गर्दै पोखरेली पर्यटन व्यवसायी। तस्बिर : नागरिक
पोखरा – चाँडबाँडको बिदा सदुपयोग गर्दै पोखरा घुम्न आउनु भन्दै यहाँका पर्यटन व्यवसायीले पूर्व क्षेत्रका आन्तरिक पाहुनालाई निम्ता गरेका छन्। गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेकाले आन्तरिक पाहुनालाई पहिलो प्राथमिकता दिएर घुम्न बोलाएको यहाँका व्यवसायीले बताए।




पश्चिमाञ्चल होटल संघले धरानमा पत्रकार सम्मेलन आयोजना गरी त्यहाँका पर्यटन व्यावसायीमार्फत आन्तरिक पाहुनालाई पोखरा भ्रमणको निम्ता दिएका हुन्। वर्षायामको समाप्तिसँगै चाँडबाँडको मौसम सुरु भएको र पोखरा नजिकका हिमाली शृंखला यो बेला निकै आकर्षक देखिने भएकाले पनि पाहुनालाई पोखरा घुम्नका लागि उपयुक्त समय रहेको भन्दै घुम्न बोलाएको संघका अध्यक्ष विकल तुलाचनले बताए।

‘यतिबेला पोखरा घुम्ने उपयुक्त समय हो। त्यसैले पोखरा घुम्नका लागि हामीले पूर्व क्षेत्रका पाहुनालाइ निम्ता गरेका छौं,’ तुचाचनले भने, ‘यतिबेला पोखराको मौसम घुम्नका लागि अनुकूल छ।’ पोखरामा यो बेला पूर्वमात्र नभई पश्चिम क्षेत्रका पाहुनालाई पनि उत्तिकै महत्व दिएको उनले बताए। ‘हाम्रा लागि सबैतिरका आन्तरिक पाहुनाको उत्तिकै महत्व छ,’ उनले भने, ‘यो पटक पूर्वका पाहुनालाई धरान पुगेको बखत घुम्ने निम्ता गरेका हौं। हाम्रा लागि सबैतिरका पाहुना आवश्यक छ।’

गण्डकी प्रदेश सरकारले अहिले आन्तरिक पर्यटन वर्ष २०१९ समेत मनाइरहेको छ। भौगोलिक र सांस्कृतिक रुपमा समेत पोखरा र धरानबीच धेरै समानता भएको भन्दै पोखरा घुम्न आउने आन्तरिक पर्यटकलाई विभिन्न छुटका प्याकेजसमेत व्यवस्था गरिएको जानकारी तुलाचनले सो अवसरमा गराए। 

पोखरामा सामान्यदेखि पाँचतारे स्तरसम्मका होटल उपलब्ध रहेको भन्दै तुलाचनले पर्यटकले आफ्नो आर्थिक हैसियत अनुसार होटलमा बस्ने, खाने र घुमघामका प्याकेज किन्न सक्ने बताए। ‘सबैखाले पाहुनाका लागि पोखरामा होटल रहेका छन्। ती होटलमा खर्च गर्ने क्षमता अनुसार पाहुना बस्न सक्छन्,’ उनले भने, ‘पोखरा महंगो सहरको रुपमा चिनिए पनि सबै पाहुनाका लागि उपयुक्त होटल रहेकोले बढी खर्च हुन्छ भनेर तर्सिनु पर्दैन।’

पोखराका होटलमा ३० हजारभन्दा बढी बेड संख्या रहेको र पर्याप्त रेस्टुरेन्टसमेत रहेको उनले बताए। संघले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ है पोखरा’, भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ र तेस्रो मुलुकमा समेत पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएको तुलाचनले गराए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लोपटक मुक्तिनाथको भ्रमण गरेपछि पोखरा र वरपर भारतीय पर्यटक आगमनमा समेत बढोत्तरी आएको उनले जानकारी गराए। सोही अवसरमा तुलाचनले पर्यटनको विकासका लागि पूर्वाधारको विकास पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै यस विषयमा प्रदेश र संघीय सरकार गम्भीर बन्नुपर्ने उनले बताए।

होटल संघका केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार पोखराका होटलको करिब ५० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको रहेको छ। वर्षभरिमा ५० प्रतिशत अकुपेन्सी आन्तरिक पाहुनाले धानेकै कारण पोखराले व्यावसाय सञ्चालनलाई निरन्तरता दिन सकेको उनले बताए। ‘आन्तरिक पाहुनाको आगमनले हाम्रा लागि सबैभन्दा बढी महत्व राख्छ,’ पराजुलीले भने, ‘दसैं तिहारका बेला आन्तरिक पाहुनाको आगमन राम्रो हुने गरेको छ। अरु बेला पनि बिदाको सदुपयोग आन्तरिक पाहुनाले मज्जैले गर्ने गरेका छन्।’ उनका अनुसार भूकम्प पछि आन्तरिक पाहुनाले पोखराको पर्यटन धानेको छ। ‘आन्तरिक पाहुना हुँदैनथे भने विदेशीको भरमा मात्र व्यावसाय धान्न मुस्किल हुन्थ्यो,’ पराजुलीले भने।

पराजुलीको अनुभवमा पोखरामा पश्चिमको तुलनामा पूर्व क्षेत्रबाट बढी आन्तरिक पाहुना आउँछन्। त्यसको कारण सहज पहुँच र सडक सुविधाले हो। चितवनलाई आधार मान्दा पूर्वेली पाहुना नै बढी पोखरा घुम्न आउने चलन रहेको उनले बताए। धरान, विराटनगर, वीरगन्ज, हेटौंडाका आन्तरिक पाहुना पोखरामा बढी आउने गरेको उनले बताए। ‘पाहुना आउने सहरसम्म सडक सुविधा छ। त्यसले गर्दा पोखरा आउन बढी सहज भएको हो,’ उनले भने।

‘पोखराबाट सिमरा, विराटनगर, भद्रपुरसम्म सिधा हवाई उडान सञ्चालन गर्ने हो भने यो आगमन अझै उकासिन्छ,’ पराजुलीले भने, ‘पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पूर्वी सहरसँग हवाई सेवाको समेत पहुँच बढ्न गई पोखरा आउने आन्तरिक पाहुना अझै बढ्नेछन्।’ पोखरामा आन्तरिक पाहुना भिœयाउनकै लागि संघले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको पनि उनले बताए। ‘प्रत्येक वर्षजसो सञ्चालन हुने जाउँ है पोखरा अभियानले पोखरामा आन्तरिक पाहुना बढाएका छन्,’ उनले भने। संघले दशक अघिदेखि आन्तरिक पाहुना लक्षित गर्दै जाउँ है पोखरा सञ्चालन गर्दै आएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस