अर्थतन्त्रमा आशा
१३ भदौ २०७८
•
५ मिनेट पाठ
अर्थतन्त्रमा आशा
करिब दुई वर्षदेखि कोभिड–१९ महामारीको चपेटामा मुलुकको अर्थतन्त्र परे पनि यसको तस्बिर साह्रै खराब देखिएको छैन। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अर्थतन्त्रको परिसूचक हेर्दा कोभिड महामारीले सबै क्षेत्रमा धेरै प्रभाव पारेको देखिएको छैन। कोभिड आक्रान्तमा आम सर्वसाधारण जति परेका छन्, त्यसको तुलनामा अर्थतन्त्रमा समस्या कम देखिएको छ। मूल्य वृद्धि, आयात निर्यात व्यापार, रेमिटेन्स आय, शोधनान्तर स्थिति, कुल विदेशी विनिमय सञ्चिति, बैंकमा निक्षेप संकलन र निजी क्षेत्रमा गएको कर्जा लगानी लगायत परिसूचक अघिल्ला वर्षभन्दा केहीमा राम्रा र केहीमा कमजोर देखिएका छन्। कोभिडले केही क्षेत्रमा सकारात्मक प्रभाव पारेको पनि छ।




कोभिडको मारमा परेका सर्वसाधारणलाई गत वर्ष मूल्य वृद्धिले चापेको छैन। गत वर्षभर मूल्यवृद्धि ३.६० प्रतिशत मात्र छ। विगत वर्षहरूमा औसतमा पाँच प्रतिशत हाराहारीमा मूल्यवृद्धि हुने गरेको थियो। यसलाई हेर्दा गत वर्षको मूल्य वृद्धिदर न्यून हो। एकातिर, सरकारले कोभिडमा सर्वसाधारणलाई कुनै राहत नदिएका बेला कम्तीमा न्यून मूल्यवृद्धिले थोरै भए पनि सहयोग पुगेको छ। अर्कोतिर, सरकारले जतिसुकै प्रयास गरे पनि आयात दर रोक्न सकेको छैन। गत वर्ष पनि विदेशी सामानको आयात २८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आयात १५ प्रतिशत हाराहारीले घटेको थियो। मुलुकमा गत वर्ष १५ खर्ब ३९ अर्ब रूपैयाँका वस्तु आयात भएका छन्। अर्कोतिर निर्यातको सवालमा भने गत वर्ष सुखद रहेको छ। अघिल्लो वर्ष एक प्रतिशत हाराहारीमा मात्र बढेको निर्यात यो वर्ष ४४ प्रतिशतले बढेको छ। गत वर्ष एक खर्ब ४१ अर्ब रूपैयाँ बराबरका वस्तु निर्यात गरिएको छ। मुलुकबाट डेढ खर्ब हाराहारीको निर्यात भएको यो पहिलो वर्ष हो।

गत वर्ष पनि मुलुकको कुल व्यापार घाटामा सुधार आउन सकेन। गत वर्ष कुल व्यापार घाटा १३ खर्ब ९० अर्ब रूपैयाँको छ। यो अघिल्लो वर्षको तुलनामा करिब २७ प्रतिशतको वृद्धि हो। कोभिड– १९ महामारी सुरु भएको वर्ष आयात उच्चदरले घटे पनि गत वर्ष फेरि विगत वर्षहरूकै हाराहारीका दरले बढेको छ। वैदेशिक व्यापारमा उच्च घाटा भएकै कारण यसको असर मुलुकको शोधनान्तर स्थिति र चालू खातामा परेको छ। अघिल्लोको तुलनामा गत वर्ष शोधनान्तर बचतमा गिरावट आएको छ भने चालू खाता घाटा पनि बढेको छ। अघिल्लो वर्ष २ खर्ब ८२ अर्बमा रहेको शोधनान्तर बचत गत वर्ष एक अर्ब २३ करोडमा झरेको छ। यस्तै चालू खाता तीन खर्ब ३३ अर्बले घाटामा छ।

मुलुकमा विदेशी विनिमय सञ्चितिको अवस्था नराम्रो नभएकाले व्यापार घाटा बढे पनि तत्कालै कुनै समस्या हुने देखिँदैन। २०७७ असारमा १४ खर्ब १ अर्ब ८४ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेकामा गत वर्षभरि यसमा ०.२ प्रतिशतले मात्र कमी आएको छ। गत असारसम्म मुलुकसँग १३ खर्ब ९९ अर्ब ३ करोड विदेशी विनिमय छ। विदेशी विनिमयमा ठूलो चाप नआउँदासम्म उच्च व्यापार घाटा भए पनि बढी समस्या आउने छैन।

सरकारले दुई दुईपटक अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरे पनि त्यसको प्रभाव वैदेशिक लगानी वृद्धिमा देखिएको छैन। गत आवमा खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ। अघिल्लो वर्ष १९ अर्ब ४८ करोड रूपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी आएको थियो। गत वर्ष यसमा तीन करोड रूपैयाँ मात्र थपिएको छ। यो तथ्यांकले वैदेशिक लगानी ल्याउन सरकार चुकेको प्रस्टै देखाउँछ।  

कोभिडका कारण धेरै क्षेत्रमा असर परे पनि केही क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। त्यसमध्ये एउटा इ–कमर्स बढ्नु हो। आम जनता बाहिर निस्कने वातावरण कम भएपछि गत वर्ष एक्कासि डिजिटल कारोबार बढेको छ। सरकार र वित्तीय संस्थाले लामो समयदेखि डिजिटल कारोबारमा जोड दिँदै आएका थिए। तर, कारोबार खासै बढन सकेको थिएन। गत वर्षको वृद्धिले आगामी सम्भावनालाई झनै बढाएको छ। गत एक वर्षमा नै इ–कमर्समार्फत आठ अर्ब ६४ करोड रूपैयाँको कारोबार भएको देखिएको छ। यस्तो कारोबारले सेवा छिटो हुने मात्र नभएर आर्थिक पारदर्शिता कायम गर्न पनि उत्तिकै सहयोग पु¥याउँछ। कोभिड कालमा सानासाना घरायसी सामानदेखि खाद्यान्न लगायत विद्युतीय सामान खरिद समेत अनलाइन कारोबारबाट गरिएको छ।  

कोभिडका कारण सकारात्मक प्रभाव परेको अर्को क्षेत्र हो, रेमिटेन्स। रेमिटेन्स आय अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले बढेको छ। अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले बढेर गत आवमा नौ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स आएको छ। वैदेशिक रोजगारीमा जानेको संख्या घटेको र विदेशमा भएकाको पनि रोजगारी गुमेका बेला रेमिटेन्स आयमा बढोत्तरी हुनुमा विगतको अवैध बाटो अहिले वैध भएर आएको विश्वास लिइएको छ। वास्तवमा देशमा भित्रिएको रेमिटेन्स बढेको छैन। तर वैध बाटो भएर आएको तथ्यांक मात्र बढेको हो। विगतमा कुल रेमिटेन्सको ३० प्रतिशत हाराहारी हुन्डीमार्फत आउने अनुमान गरिएको थियो। कोभिडका कारण विदेशमा रहेका हुन्डी कारोबारीका प्रतिनिधि नेपाली कामदार कार्यरत ठाउँमा सजिलै जान सक्ने वातावरण छैन। यस्तोमा अधिकांश कामदार बैंकिङ प्रणालीमार्फत मात्र रेमिटेन्स पठाउन बाध्य छन्।

कोभिड महामारीले अघिल्लो आर्थिक वर्षमा आर्थिक वृद्धिदरलाई ऋणात्मक बनाएको थियो। गत वर्ष भने आर्थिक वृद्धिदरमा झिनो भए पनि सुधार आउने देखिन्छ। सरकारले पछिल्लोपटक करिब ४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ। तर, यो हाराहारीमा नभए पनि ऋणात्मक हुने वातावरण भने देखिँदैन। अहिले राष्ट्र बैंकले गत आर्थिक वर्षको अर्थतन्त्रको बाह्य क्षेत्रसहित एउटा पाटोको तस्बिर बाहिर ल्याएको छ। अबका केही महिनामा सरकारले पनि गत वर्षको यथार्थ तथ्यांक सार्वजनिक गर्नेछ। गत वर्ष सरकारले पुँजीगत खर्च समयमा गर्न सकेको छैन। कोभिड प्रभावित पर्यटन, घरेलु तथा साना उद्योग व्यवसाय लगायत धेरै क्षेत्रलाई चलायमान गराउन सकेको छैन। बेरोजगारीको समस्या जस्ताको तस्तै छ। यिनै कारणले गत वर्ष पनि अर्थतन्त्रमा कोभिडको प्रभाव कायमै देखिने निश्चित छ। 
अर्को समाचार
भैरहवा हवाइमार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा नयाँ आशा
१८ घण्टा अघि
•
७ मिनेट पाठ
भैरहवा हवाइमार्ग दुईतर्फी बनाउने सहमतिले पर्यटन र अर्थतन्त्रमा नयाँ आशा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने लामो समयदेखिको प्रतीक्षाबीच नेपाल र भारतबीच भैरहवा हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएपछि रुपन्देहीसहित समग्र लुम्बिनी प्रदेशका पर्यटन तथा उद्योग व्यवसायीमा नयाँ आशा जागेको छ।




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग, लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय सहमतिअनुसार हाल एकतर्फी सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाइने भएको हो।

यसका लागि दुवै देशका प्राविधिक अधिकारीबीच थप परामर्श गरी आवश्यक सञ्चालन प्रक्रिया र तौरतरिका टुङ्ग्याइने संयुक्त वक्तव्यमा उल्लेख छ।

यसले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको प्रवेश तथा बहिर्गमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। 

करिब एक दशकभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्गको विषय उठाउँदै आएको नेपालका लागि यो सहमतिलाई हवाई सम्पर्क विस्तारको महत्वपूर्ण प्रगतिका रूपमा लिइएको छ।

विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि पनि अपेक्षित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा लगानी, पूर्वाधार र व्यावसायिक सम्भावनाको पूर्ण उपयोग हुन सकेको थिएन।

नयाँ सहमतिले विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानको केन्द्रका रूपमा विकास गर्ने सम्भावना बढाएको छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई मार्गसम्बन्धी सहमतिलाई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

उनले पर्यटन विकासको प्रमुख आधार हवाई सम्पर्क भएकाले भारतबाट भैरहवामा सहज हवाई आवागमन हुनसक्ने वातावरण निर्माण हुनु सकारात्मक रहेको बताए।

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रका उद्योगी, व्यवसायी, पर्यटन व्यवसायी तथा सर्वसाधारणले अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरेका थिए। तर पर्याप्त हवाई सम्पर्कको अभावमा विमानस्थलले अपेक्षित गति लिन सकेको थिएन।

अब हवाई मार्ग दुईतर्फी बनाउने सहमतिले विमानस्थलको उपयोग बढाउन, विदेशी पर्यटक आकर्षित गर्न र निजी क्षेत्रको लगानीलाई प्रतिफलमुखी बनाउन सहयोग पुग्ने उनको विश्वास छ।

नेपाल ट्राभल एसोसिएसन नाटाका पूर्वअध्यक्ष सागर अधिकारीले भैरहवाबाट भारतका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसँग हवाई सम्पर्क विस्तार गर्नसके नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने बताए।

उनले नेपालको पर्यटन विकासका लागि विमानस्थल निर्माणसँगै सहज हवाई आवागमन र अन्तरराष्ट्रिय सम्पर्क आवश्यक रहेको उल्लेख गर्दै भैरहवाबाट भारतका गन्तव्यमा उडान सञ्चालन गर्ने प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड दिए।

उनका अनुसार लुम्बिनी आउने पर्यटकको सङ्ख्या बढाउन भारतका प्रमुख धार्मिक तथा पर्यटकीय सहरसँग यातायात सम्पर्क सहज हुनुपर्छ।

विशेषगरी बुद्ध सर्किटअन्तर्गतका भारतीय गन्तव्य र नेपालको लुम्बिनी क्षेत्रलाई एउटै पर्यटन प्याकेजमा जोड्नसके पर्यटकको बसाइ अवधि बढ्नुका साथै होटल, ट्राभल, यातायात, रेस्टुरेन्ट र अन्य पर्यटन व्यवसायमा आर्थिक गतिविधि विस्तार हुनेछ।

भारतको उत्तर प्रदेशस्थित लखनउ, वाराणसी, सारनाथ, कुशीनगर, श्रावस्ती तथा विहारका बोधगया, नालन्दा र वैशालीजस्ता बौद्ध तथा धार्मिक गन्तव्यसँग नेपालको लुम्बिनी क्षेत्रलाई जोड्न सकिने पर्यटन व्यवसायीको भनाइ छ।

अयोध्या र वाराणसीजस्ता धार्मिक सहरबाट आउने पर्यटकलाई लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामसम्म पुग्ने सहज यात्रा प्याकेज विकास गर्नसके नेपाल र भारत दुवै देशले पर्यटनबाट लाभ लिनसक्ने सम्भावना छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत सुरज घिमिरेले गौतमबुद्धको जन्मस्थल लुम्बिनी केबल बौद्ध धर्मावलम्बीको तीर्थस्थल मात्र नभई शान्ति, अहिंसा, सकारात्मक सोच, ध्यान र मानव कल्याणको सन्देश विश्वभर फैलाउने महत्वपूर्ण केन्द्र भएको बताए। 

उनले बुद्धको जीवन र दर्शनसँग जोडिएका स्थलको भ्रमण गर्न विश्वका विभिन्न मुलुकबाट लाखौँ मानिस इच्छुक रहेको उल्लेख गर्दै भारतबाट सहज हवाई सम्पर्क स्थापित हुनसके लुम्बिनी आउने पर्यटकका लागि यात्रा थप सहज हुने बताए।

उनका अनुसार बुद्धको जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल भारतको बोधगया, पहिलो धर्मदेशना गरेको सारनाथ र महापरिनिर्वाणस्थल कुशीनगरलाई जोड्ने बौद्ध पर्यटन मार्ग विश्वकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्यटन सञ्जाल हो।

यसमा नेपालको लुम्बिनीलाई केन्द्र बनाएर कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामसमेत जोड्नसके बौद्ध दर्शन, इतिहास र सभ्यतामा रुचि राख्ने पर्यटकका लागि लामो अवधिको भ्रमण प्याकेज विकास गर्न सकिने उनको भनाइ छ।

नेपालको बुद्ध सर्किटअन्तर्गत लुम्बिनी, प्राचीन कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्राम महत्वपूर्ण गन्तव्य हुन्। लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी पोखरी, अन्तरराष्ट्रिय विहार क्षेत्र तथा विभिन्न मुलुकका बौद्ध संस्कृतिको प्रतिनिधित्व गर्ने गुम्बा र विहार रहेका छन्।

कपिलवस्तुको तिलौराकोटलाई सिद्धार्थ गौतमले राजकुमारका रूपमा जीवन बिताएको प्राचीन शाक्य राजधानीका रूपमा चिनिन्छ।

देवदह कोलीय राज्य र मायादेवीको माइती क्षेत्रसँग सम्बन्धित छ भने रामग्राममा बुद्धको अस्तुधातु सुरक्षित रहेको ऐतिहासिक स्तूप छ।

यी सम्पदाको संरक्षण र प्रचारप्रसारसँगै अन्तर्राष्ट्रिय यातायात सम्पर्क विस्तार गर्नसके लुम्बिनी क्षेत्रलाई विश्वव्यापी बौद्ध पर्यटनको प्रमुख केन्द्र बनाउन सकिने सम्भावना छ।

भारत सरकारलेसमेत बौद्ध पर्यटन सर्किटको अवधारणामा लुम्बिनीलाई बोधगया, सारनाथ, कुशीनगर र कपिलवस्तुसँग जोड्ने योजना अघि सारेको छ। यसले नेपाल र भारतबीच संयुक्त पर्यटन प्याकेज विकास गर्न थप आधार प्रदान गर्छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दुईतर्फी हवाइमार्ग सञ्चालनले पर्यटनमा मात्र नभई उद्योग, व्यापार, होटल, कृषि, निर्माण, यातायात र सेवा क्षेत्रसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।

विदेशी पर्यटकको आवागमन बढेमा होटल तथा रिसोर्टमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय उत्पादन, हस्तकला, खाद्य सामग्री र अन्य सेवाको माग बढ्नेछ।

विमानस्थललाई आधार बनाएर अन्तर्राष्ट्रिय सम्मेलन, बौद्ध अध्ययन, ध्यान तथा योग शिविर र धार्मिक पर्यटनका कार्यक्रम आयोजना गर्न पनि सहज हुनेछ।

विशेषगरी श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम, चीन, जापान, दक्षिण कोरिया तथा अन्य बौद्ध धर्मावलम्बीको बाहुल्य भएका मुलुकबाट आउने पर्यटकलाई भारतका प्रमुख हवाई तथा धार्मिक गन्तव्य हुँदै लुम्बिनीसम्म ल्याउन सकिने सम्भावना छ।

यसका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, पर्यटन व्यवसायी र दुवै देशका सम्बन्धित निकायबीच समन्वय आवश्यक हुनेछ।

भैरहवा–सुनौली नाकाबाट भारतसँग जोडिएको रुपन्देही व्यापार, उद्योग र पर्यटनको महत्वपूर्ण केन्द्रसमेत हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्नसके यस क्षेत्रको आर्थिक गतिविधि सीमा क्षेत्रभन्दा बाहिर अन्तरुराष्ट्रिय बजारसम्म विस्तार हुनसक्छ।

विमानस्थलसँगै विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, होटल तथा पर्यटन पूर्वाधारमा भएको लगानीलेसमेत नयाँ व्यावसायिक अवसर पाउने अपेक्षा गरिएको छ।

यद्यपि दुईतर्फी हवाई मार्गसम्बन्धी सहमतिलाई व्यवहारमा उतार्न प्राविधिक प्रक्रिया शीघ्र टुङ्ग्याउनु, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्नु, उडानको नियमितता सुनिश्चित गर्नु र पर्यटकीय पूर्वाधार सुधार गर्नु आवश्यक छ।

भारतका धार्मिक तथा बौद्ध पर्यटन गन्तव्यसँग संयुक्त प्रचारप्रसार, सहज भिसा तथा आवागमन प्रक्रिया र आकर्षक पर्यटन प्याकेज निर्माण पनि उत्तिकै महत्वपूर्ण हुनेछन्।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यप्रति नयाँ अपेक्षा सिर्जना गरेको छ।

अब यसको प्रभावकारी कार्यान्वयन हुनसके बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय पर्यटकको आवागमन बढ्नुका साथै रुपन्देही र समग्र लुम्बिनी प्रदेशको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रले नयाँ गति लिने विश्वास गरिएको छ।

यसले लुम्बिनीलाई विश्व शान्तिको सन्देश फैलाउने आध्यात्मिक गन्तव्यका रूपमा मात्र नभई नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने अवसर प्रदान गर्न सक्छ। रासस
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस