अवैध ओसारपसार
२८ माघ २०७७
•
४ मिनेट पाठ
अवैध ओसारपसार
नेपाल–भारत सीमा नाकाबाट स्रोत नखुलेको अवैध रकमको शंकास्पद ओसारपसार भइरहेको छ । यस्तो रकमको ओसारपसार के प्रयोजनका लागि भइरहेको हो भन्ने प्रष्ट छैन । तर पछिल्ला दिनमा प्रहरीले अवैध रकम ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरिरहेको छ । प्रहरीले यसमा अनुसन्धान पनि अघि बढाएको छ । तर, यस किसिमको रकम लागुऔषध कारोबार, हातहतियार खरिद वा आपराधिक कार्यमा प्रयोग गर्ने उद्देश्यले नेपाल भित्र्याइएको हुन सक्ने प्रहरीको अनुमान छ । यसअघि स्रोत नखुलेको रकम बरामद गरिएको भए पनि कारोबारी उम्कन सफल हुँदै आएकामा अहिले रंगेहात पक्राउ पर्न थालेका छन् । यसले पनि प्रहरीलाई अनुसन्धान गर्न र कारोबारीको पहिचान गर्न सहज हुने देखिएको छ । स्रोत नखुलेको रकमसहित पक्राउ परेकालाई थप कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाउने गरिएको छ । जे होस्, पछिल्लो समय प्रदेश २ का सीमावर्ती नाकामा यस किसिमको अवैध ओसारपसारसँगै प्रहरीले सक्रियतासमेत बढाएको छ । यो अवस्थामा प्रहरीले अनुसन्धान गरी अवैधरूपमा रकम ओसारपसार गर्ने गिरोहको जालो पत्ता लगाउन र  यस्ता गतिविधि नियन्त्रण आवश्यक छ ।  




नेपालमा प्रतिनिधिसभा विघटन भएसँगै यस किसिमको अवैध ओसारपसारका घटना हुन थाल्नु अनौठो संयोग हो । बलियो र प्रभावकारी सरकार हुँदा अवैध काम गर्नेदेखि अपराधका घटनामा पनि कमी आउँछ । जब मुलुकमा सरकार कमजोर हुन्छ, त्यस्तो बेला अवैध कारोवारीदेखि अपराधमा संलग्नहरूले टाउको उठाउने गर्छन् । त्यसैले नेपालमा प्रतिनिधिसभा विघटन भएसँगै सरकार कामचलाउ भएको छ । प्रशासनिक हिसाबले मुलुकमा अहिले संक्रमणकालीन अवस्था छ । त्यसैले यस्तो बेला अवैध कारोबारमा संलग्नहरूले आफ्ना गतिविधि बढाएका हुन सक्छन् । त्यसैले सरकारले यो अवस्थामा सीमावर्ती नाकाहरूमा भइरहेको अवैध कारोबारदेखि संभावित अन्य अपराध नियन्त्रणका लागि सक्रियता देखाउन जरुरी छ । मुख्य कुरा, सरकार आन्तरिक राजनीतिक समस्यामा मात्रै अल्झिने होइन, सीमावर्ती क्षेत्रमा भइरहेका अवैध गतिविधिहरू नियन्त्रणमा पनि उत्तिकै चनाखो हुन जरुरी छ ।

अवैध ओसारपसारमा संलग्न भरियालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । त्यसकै आधारमा कारोबारका मुख्य व्यक्तिसम्म पुगेर यस किसिमका क्रियाकलाप नियन्त्रण गर्न जरुरी छ । तर त्यसका लागि प्रहरीले कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान अघि बढाउन आवश्यक छ । यस्तो अवैध ओसारपसारको नेटवर्क पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्न सकेमात्र सीमावर्ती क्षेत्रमा हुने अन्य किसिमका अपराध नियन्त्रण गर्न पनि सहज हुनेछ ।
प्रहरीले अवैधरूपमा ओसारपसार भइरहेको रकम बरामद गरेको छ भने रकमसहित कतिपय व्यक्तिलाई नियन्त्रणमा लिएको छ । यस किसिमको अवैध धन्दाको जालो भने पत्ता लगाइसकेको छैन । पक्राउ परेकाले रकमको स्रोत खुलाउन सकेका छैनन् । यही सोमबार गौर नगरपालिका–४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रङको स्कुटरमा सवार महम्मद दिलसाद आलमलाई २१ लाख ९० हजार रुपियाँसहित रौतहट प्रहरीले पक्राउ गर्‍यो । रौतहटको परोहा नगरपालिका–१ का आलमले सोधपुछका क्रममा रकमको स्रोतबारे बताउन नसकेपछि उनलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको छ । चेकजाँचका क्रममा आलमबाट ३१ लाख १६ हजार रुपियाँका पाँचवटा चेक पनि बरामद भएका छन् । बारा प्रहरीले पनि स्रोत नखुलेको ४९ लाख नेपाली रुपियाँसहित दुई भारतीयलाई पक्राउ गर्दै आइतबार सार्वजनिक गरेको छ । भारत बिहार मोतिहारी जिल्ला हरपुर–१० घोडासहनका अरबिन्द महतो र अर्का एक नाबालकलाई पक्राउ गरिएको हो । सीमावर्ती जोतपुर अस्थायी प्रहरी पोस्ट हुँदै नेपालतर्फ आउँदै गरेको बिआर ०५–६४१७ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा उनीहरूलाई अवैध रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेका भारतीयले दिएको शंकास्पद बयानकै आधारमा नेपाल बसेर भारतबाट नेपाली रुपियाँ भित्र्याउने व्यक्तिहरूको समेत खोजतलास सुरु गरिएको प्रहरीको भनाइ छ ।  

अवैध रकम ओसारपसारको शृंखला यतिमै सीमित छैन । पुस दोस्रो साता रौतहटको मौलापुरबाट खटिएको प्रहरी टोलीले सीमापारिबाट आउने सवारीसाधन जाँच गर्दा सिम्रौनगढ नगरपालिका–१ का धीरेन्द्र साहको साथबाट स्रोत नखुलेको आठ लाख रुपियाँ बरामद गरेको थियो । पुस ११ गते रौतहट सदरमुकाम गौर नगरपालिका–२ महादेवपट्टीबाट स्रोत नखुलेको १२ लाख नेपाली रुपियाँसहित भारतको पूर्वी चम्पारण थाना ढाका, ग्राम पञ्चायत फुलबरिया–१० का ललनकुमार र रोहितकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै सिरहा प्रहरीले पुस दोस्रो साता स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपियाँसहित सिरहा नगरपालिका–२२ हकपाडाका ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको थियो । पुस तेस्रो साता सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट प्रहरीले स्रोत नखुलेको ९ लाख रुपियाँसहित बरियारपट्टी गाउँपालिका–२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुरलाई प्रहरीले पक्राउ गरेको थियो । यसरी अहिले प्रदेश २ का सीमावर्ती नाकामा अवैध रकम ओसारपसारका घटनामा उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।  

सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको रकमसहित पक्राउ परेकामा भरिया मात्र भएको प्रहरीको प्राम्भिक अनुसन्धानको निष्कर्ष छ । मुख्य कारोबारीसम्म प्रहरी अझै पुग्न सकेको देखिँदैन । पछिल्लो समय हुन्डी कारोबारीमाथि निगरानी र कारबाही कडा पारेपछि भरियामार्फत स्रोत नखुलेको रकम ओसारपसार सुरु भएको पनि प्रहरीको भनाइ छ । यो अवस्थामा अवैध ओसारपसारमा संलग्न भरियालाई पक्राउ गर्न प्रहरी सफल भएको छ, त्यसकै आधारमा कारोबारका मुख्य व्यक्तिसम्म पुगेर यस किसिमको क्रियाकलाप नियन्त्रण गर्न जरुरी छ । तर त्यसका लागि प्रहरीले कुनै दबाब र प्रभावमा नपरी अनुसन्धान अघि बढाउन आवश्यक छ । यस्तो अवैध ओसारपसारको नेटवर्क पत्ता लगाएर त्यसलाई नियन्त्रण गर्न सकेमात्र सीमावर्ती क्षेत्रमा हुने अन्य किसिमका अपराध नियन्त्रण गर्न पनि सहज हुनेछ । यसतर्फ प्रहरीको गम्भीर ध्यान आकृष्ट हुन आवश्यक छ ।
अर्को समाचार
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै खुल्न थाले मासु पसल
११ साउन २०८३
•
३ मिनेट पाठ
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै खुल्न थाले मासु पसल
बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन्।




सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन्।

यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका कारण बन्द भएको अत्याधुनिक भेरी मिट सप एण्ड कोल्ड स्टोरले पुनः सञ्चालनको तयारी गरिरहेको छ।

करिब रु पाँच करोडभन्दा बढी लगानीमा स्थापना गरिएको सो मिट सप डल्फिन ग्रुपले २०७९ सालमा नेपालगञ्जमा स्थापना गरेको थियो।

पछिल्लो समय सीमावर्ती नाकाबाट अवैध रूपमा आयात हुने मासुजन्य पदार्थ नियन्त्रणका प्रयास प्रभावकारी बन्दै गएपछि उद्योगी र कृषकमा नयाँ आशा पलाएको व्यवसायीले बताएका छन्।

डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापाले उद्योग पुनः सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणतर्फ देखाएको सक्रियताले स्वदेशी उद्योग र कृषकलाई सकारात्मक सन्देश प्रवाह गरेको बताए।

उनले भने, ‘हामीले नयाँ जोश र उत्साहका साथ बन्द भएको उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेका छौँ। सञ्चालनको तयारी भइरहेकाले शीघ्र उपभोक्ताको भान्सासम्म गुणस्तरीय, सुरक्षित र स्वच्छ मासु पुर्‍याउने छौँ।’

थापाका अनुसार अवैध बोइलर कुखुराको आयात पूर्ण रूपमा नरोकिए पनि विगतको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। यसले स्वदेशी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज वातावरण बन्ने अपेक्षा गरिएको उनले बताए।

उक्त कोल्ड स्टोर सञ्चालनमा रहँदा आधुनिक प्रशोधन प्रणाली, ‘कोल्ड चेन’ तथा स्वच्छ उत्पादन प्रक्रियाका कारण छोटो समयमै उपभोक्ताको विश्वास जित्न सफल भएको थियो।

सीमाबाट सस्तो मूल्यमा अवैध रूपमा भित्रिने बोइलर कुखुराले बजारमा प्रभुत्व जमाएपछि स्वदेशी उत्पादन प्रतिस्पर्धामा टिक्न नसक्दा उद्योग बन्द भएको थियो।

उद्योग बन्द भएसँगै यहाँ प्रत्यक्ष रूपमा कार्यरत १०० जना श्रमिकले रोजगारी गुमाएका थिए भने बोइलर कुखुरापालक किसानले आफ्नो उत्पादनको नियमित बजार गुमाउनुपरेको थियो।

यसका साथै स्थानीय पोल्ट्री व्यवसाय, दाना उद्योग, ढुवानी तथा अन्य सहायक व्यवसायसमेत प्रभावित भएका उनको भनाइ छ।

डल्फिन ग्रुपका अनुसार कोल्ड स्टोर उद्योगमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका अत्याधुनिक उपकरण जडान गरिने छ।

‘हाम्रो उद्देश्य केवल मासु बिक्री गर्नु होइन। उपभोक्तालाई सुरक्षित, स्वस्थ र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउनु हो। आधुनिक प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता छ,’ थापाले भने।

यसअघि उद्योग सञ्चालनमा रहँदा यहाँ प्रशोधन गरिएको मासु नेपालगञ्जसहित बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लामा लोकप्रिय बनेको थियो।

स्वच्छ प्याकेजिङ, गुणस्तर र स्वादका कारण धेरै उपभोक्ताले यसलाई पहिलो रोजाइ बनाउने गरेका थापाको विश्वास छ।

उद्योग पुनः सञ्चालनमा आएपछि बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत जिल्लाका हजारौँ बोइलर कुखुरापालक किसानले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको उनले बताए।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
यो पनि पढौँ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस