लामो समयसम्म सैन्य शासन भोगेर लोकतन्त्रिकीकरणको बाटोमा लागेको म्यानमारमा अहिले फेरि सैन्य कु भएको छ । यसले म्यानमारको लोकतन्त्रिकीकरणको बाटो अवरुद्ध गरेको छ । साथै लोकतान्त्रिक प्रणालीले स्थायित्व प्राप्त नगरिसकेका मुलुकहरूमा समेत यो घटनाले अधिनायकवादी शक्तिहरूलाई उत्साहित बनाउन सक्छ । त्यसैले पनि म्यानमारमा अहिले जे भइरहेको छ, त्यसलाई लिएर विश्वभरका लोकतान्त्रिक मुलुकले आलोचना गरेका छन् । झण्डै पाँच दशकसम्म सैनिक शासन रहेको म्यानमारमा सन् २०११ मा लोकतन्त्र आए पनि सेना त्यसप्रति खासै सन्तुष्ट थिएन । उतिबेला लोकतन्त्र स्थापना भने पनि सरकारमा भने सेनाको नै अर्थपूर्ण नियन्त्रण हुने व्यवस्था गरिएको थियो । चाहे संसद्को २५ प्रतिशत सिट संख्या सेनाका लागि आरक्षण गरिएको प्रावधान होस् वा गृह, रक्षा र सीमा मामिलासम्बन्धी शक्तिशाली मन्त्रीहरूको नियुक्ति सेनाप्रमुखले सैन्य अधिकारीबाटै छनोट गर्ने प्रावधान वा मुलुकको दुई उपराष्ट्रपतिमध्ये एक जना सेनाले नै नियुक्ति गर्ने जस्ता प्रावधानले सरकारमा सेनाको अर्थपूर्ण हस्तक्षेप रहँदै आएको देखिन्छ । एक हिसावले भन्ने हो भने नागरिक नेतृत्वको सरकारमाथि सेनाको कुनै न कुनै रुपमा नियन्त्रण रहँदै आएको थियो । तर, पछिल्लो समय जनतामा लोकतन्त्रप्रति जुन किसिमको चेतना र उभार आएको थियो, त्यसले लोकतन्त्रमाथि सैन्य नियन्त्रणलाई कमजोर बनाउँदै लगेको थियो । र, मुलुक पूर्णरूपमा लोकतान्त्रिक बाटोतर्फ अग्रसर हुँदै गएको पनि हो ।
म्यानमारमा भएको सैन्य कुलाई लिएर दुई शक्तिशाली मुलुक अमेरिका र चीनको धारणा बाझिएको छ । चीनले म्यानमारको सैन्य कदमको विरोध नगरेको मात्र होइन, राष्ट्रसंघको सुरक्षा परिषद्मा समेत कुको विरोधमा विज्ञप्ति जारी नगर्न दबाब दिएको छ । चीन आफैँमा लोकतान्त्रिक नभई कम्युनिस्ट शासन प्रणाली रहेको, भूराजनीतिक स्वार्थ र म्यानमारमा रहेको चिनियाँ लगानीका कारण पनि सैन्य कदमकै पक्षमा देखिएको हो । म्यानमारमा ठूलो परिमाणमा लगानी भएकाले पनि चीन सेनालाई असन्तुष्ट पार्न चाहँदैन । त्यसमाथि म्यानमारको राजनीतिमा पछिल्लो समय चीनको प्रभाव बढ्दै गएको छ । यता, पछिल्लो समय अमेरिकाले म्यानमारमा भइरहेको राजनीतिक विकासक्रममा खासै ध्यान दिएको थिएन । बाराक ओबामा प्रशासनले एसिया पिभोट विदेश नीतिमार्फत म्यानमारसँगको सम्बन्धमा सुधार ल्याउनेदेखि उसमाथिको प्रतिबन्ध पनि विस्तारै खुकुलो बनाउँदै लगेका हुन् । एक हिसाबले भन्ने हो भने ओबामा प्रशासनले म्यानमारलाई निरन्तर संलग्न गराउँदै आएको थियो भने डोनाल्ड ट्रम्प प्रशासनले त्यो नीतिलाई बेवास्ता गरिदियो । अहिले अमेरिकामा जो बाइडेनको प्रशासनले म्यानमारमा भएको घटनाप्रति कडा शब्दमा आलोचना गरेको छ । यो अवस्थामा अमेरिकाले फेरि पनि म्यानमारमाथि प्रतिबन्ध लगाउने नीति तय गर्न सक्ने संभावना उत्तिकै छ । म्यानमारमा लामो समयदेखि शासन सम्हाल्दै आएको सेनाको मोहदेखि अन्तर्राष्ट्रिय भूराजनीतिक स्वार्थले पनि तत्कालै लोकतन्त्र पुनस्र्थापना हुने कार्य कठिन देखिन्छ । त्यसमाथि म्यानमार वरिपरि रहेका थाइल्यान्ड, कम्बोडिया, भियतनामदेखि सिंगापुर, मलेसिया, फिलिपिन्स र इन्डोनेसियासम्मका मुलुकमा पनि लोकतन्त्रको जग बलियो छैन । त्यसैले लोकतन्त्रका लागि म्यानमारमाथि क्षेत्रीय राजनीतिको दबाब पर्ने देखिँदैन । त्यसो त म्यानमारमा सन् १९६२ देखि २०११ सम्म प्रत्यक्षरूपमा सैनिक शासन भएकाले पनि तत्कालै लोकतन्त्रको आन्दोलन उठ्न केही कठिनाइ देखिन्छ । तर, सर्वसाधारणमा पछिल्लो समय लोकतन्त्रप्रति जस्तो अभिमत प्रकट भएको छ, त्यसले कुनै पनि बेला लोकतन्त्रका लागि म्यानमारी जनता जाग्न सक्छन् । त्यसमाथि एकपटक लोकतन्त्रको अभ्यास गरिसकेको मुलुक सधैँभरि तानाशाही त्यो पनि सैन्य शासनमा रहिरहन सक्दैन । त्यसैले पनि म्यानमारमा ढिलो/छिटो लोकतन्त्र पुनस्र्थापना नभई सुखै छैन । म्यानमारमा भएको सैनिक मनपरी भत्र्सनायोग्य छ । लोकतन्त्रले मौका पाएन भने त्यो मुलुकको विकास पनि अवरुद्ध हुन्छ । यसकारण पनि त्यहाँको लोकतन्त्र पुनस्र्थापनाप्रतिको आमजनआकांक्षालाई यस क्षेत्रका र विश्वकै लोकतन्त्रप्रेमीको समर्थन हुनुपर्छ ।
सर्वसाधारणमा पछिल्लो समय लोकतन्त्रप्रति जस्तो अभिमत प्रकट भएको छ, त्यसले कुनै पनि बेला लोकतन्त्रका लागि म्यानमारी जनता जाग्न सक्छन् । त्यसमाथि एकपटक लोकतन्त्रको अभ्यास गरिसकेको मुलुक सधैँभरि तानाशाही त्यो पनि सैन्य शासनमा रहिरहन सक्दैन । त्यसैले पनि म्यानमारमा ढिलो/छिटो लोकतन्त्र पुनस्र्थापना नभई सुखै छैन ।गत नोभेम्बरमा भएको चुनावमा स्टेट काउन्सिलर आङ सान सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले दुईतिहाइ बहुमत ल्याउनुले पनि म्यानमारमा लोकतन्त्रप्रति जनताको उत्कट आकांक्षा रहेको पुष्टि हुन्छ । निर्वाचनमा एनएलडीले ४ सय ७६ मध्ये ३ सय ९६ सिट जितेको थियो भने सेना समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो । निर्वाचनमा सुकीको दलले दुईतिहाइ बहुमत ल्याएकामा सेना असन्तुष्ट थियो । सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको थियो भने लोकतान्त्रिक प्रणालीप्रतिको त्यो लहरलाई कुनै न कुनै रूपमा रोक्ने प्रयास गरिरहेको भनी सार्वजनिक चर्चा भइरहेको थियो । त्यसै क्रममा २०२१ को फेब्रुअरी १ मा नयाँ संसद्को बैठक बस्ने कार्यक्रम रहेकामा त्यसै बिहान सेनाले कु गरेको हो । स्टेट काउन्सिलर सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिई सेनाले सत्ता आफ्नो हातमा लिएको हो । सैन्य कु गरेसँगै म्यानमार सेना आफैँले सञ्चालन गर्दै आएको टेलिभिजनबाट भिडिओ जारी गरी एक वर्षसम्मका लागि संकटकाल लगाएको छ । सैन्य कुपछि संभावित विरोध हुने डरले राजधानी नेपिदअ र अर्काे सहर रंगुनका सडकमा ठूलो संख्यामा सैनिक परिचालन गर्नेदेखि सञ्चार सम्पर्क विच्छेद गर्नेसम्मका काम भएका छन् । यस हिसाबले म्यानमारमा पछिल्लो समय अधिकांश जनता लोकतन्त्रको पक्षमा रहेको र त्यसैको प्रतिविम्ब गत नोभेम्बरको चुनावमा देखिएपछि सेना शंकित भएको बुझ्न कठिन छैन ।