शिलान्यास विकास
११ पौष २०८१
•
३ मिनेट पाठ
शिलान्यास विकास
साइत जुराएर विधिपूर्वक शुभारम्भ गरिने काम हो शिलान्यास। यसरी शिलान्यास भएपछि गर्न लागेको काम अघि बढ्ने र सकेसम्म वा सम्भव भएसम्म चाँडै सक्ने लक्ष्य राखिन्छ। कुनै एउटा व्यक्तिले घर बनाउँदा होस् या समुदायले कुनै मन्दिर बनाउँदादेखि सरकारले गर्ने विकास निर्माणका कामसमेत यसैगरी सुरु गरिने प्रचलन छ नेपालमा। त्यसैले सोझो अर्थमा भन्दा शिलान्यास भएपछि त्यो काम सम्पन्न हुने आशाले सरोकारवालाहरूलाई उत्साहित तुल्याउँछ।




शिलान्यास गरेर यस्तै आशा जगाइदिएको तर त्यसपछि भने सिन्को पनि नभाँचिएका धेरै सरकारी योजना भेटिन्छन् नेपालमा।  यस्तो योजना खोज्न टाढा जानै पर्दैन, प्रत्येक टोल र बस्तीमा भेटिन्छन्। कुनै एउटामा भेटिएन भने पनि अर्कोमा त पक्कै भेटिन्छ, भेटिन्छ।  त्यसैले शिलान्यासपछि त्यो काम सम्पन्न हुन्छ नै भन्ने विश्वास गर्न आमजनताले छाडिसकेका छन्। जसले सरकारप्रति गरिने विश्वास क्रमशः संकुचन हुँदैछ।

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान शिलान्यासपछि बेवास्ता गरिने सरकारी बानीको ज्वलन्त प्रमाण हो। विक्रम संवत् २०७३ असार १० गते शिलान्यास भएको यो उद्यानमा त्यसपछि सिन्को भाँचिएको छैन भन्दा फरक पर्दैन। बितेका ८ वर्षमा केही सिमानामा तारबार गरिनु नै यो अवधिको ‘प्रगति प्रतिवेदन’ सुन्न पाइन्छ। यति लामो अवधिमा आफ्नो पूरै साँध सिमानाको रक्षा गर्न अत्यावश्यक पर्ने बारसमेत लगाउन नसक्नुले लापरबाहीको पराकाष्ठा छर्लंग्याउँछ। तर पनि सरकार गम्भीर देखिएको छैन।

दुर्लभ र लोपोन्मुख वन्यजन्तु संरक्षण गर्न प्रजनन केन्द्रका रूपमा विकास गर्ने तथा टुहुरा र असहाय वन्यजन्तुको आश्रयस्थलका रूपमा विकास गर्ने यो उद्यानको उद्देश्य एकदमै राम्रो थियो। जसका लागि साविकको सिपाडोल, कटुञ्जे र गुण्डूको २४५.१६५ हेक्टर वन क्षेत्र समेटेर योजना बनाइएको थियो। नेपाल प्राकृतिक सम्पदामा धनी भएको कसैबाट छिपेको छैन। यहाँको भूगोल र जनसंख्याको तुलना गर्दा वन क्षेत्र पनि राम्रै छ। त्यसैले दुर्लभ र लोपोन्मुख वन्यजन्तु हाम्रा लागि गतिला स्रोत हुन सक्छन् भने यो धर्ती सबै प्राणीको पनि हो भन्ने दृष्टिकोणबाट विचार गर्दा यो मानवीय र प्रकृतिमैत्री कार्यसमेत हो। तर यस्तो महत्त्वपूर्ण कामप्रति देखिएको सरकारी बेवास्ताले प्रकृतिप्रेमी सबैलाई निराश तुल्याएको छ।

अझ रमाइलो पक्ष त यो छ कि यो योजनाको डिपिआर नै बेपत्ता छ। यतिसम्म कि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले नै डिपिआर पाएका छैनन् र अब खोज्ने बताएका छन्। कुनै पनि योजना सुरु गर्नुअघि अनिवार्य र अत्यावश्यक ठानिएको डिपिआर नै गायव हुनुले पनि यो योजनासँग सम्बन्धित सरकारी कर्मचारी र तिनका कार्यालय कतिसम्म लापरबाहीमा लिप्त छन् भन्ने प्रष्टिन्छ। अर्कोतर्फ योजना शिलान्यासपछि अघि बढ्न नसक्नुमा डिपिआर स्वीकृत नहुनुलाई कारण बताइएको छ। थुप्रै बजेट लगाएर तयार पारिने यस्तो डिपिआर नै हराएपछि के स्वीकृत गर्ने र कसरी काम अघि बढाउने ? जबकि यो थोरै समय र लागतमा सकिने अनि पटक–पटक तयार पार्ने चिज पनि होइन।

आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्यमा सरकारले ‘एक प्रदेश: एक प्राणी उद्यान’ को नीति अवलम्बन गरिने उल्लेख गरेको थियो। त्यसलगत्तै भक्तपुरमा यो काम त थालियो तर ‘हात्ती आयो हात्ती आयो फुस्सा...’ भएको छ। जहाँ चिडियाखानासमेत बनाउने योजना पनि थियो। अहिले जावलाखेलमा अवस्थित चिडियाखाना निकै साँघुरो भएको र प्राकृतिकतवरको नभएका कारण पनि विकल्प खोजी भइरहेको छ। यस्तो बेला यो उद्यानले त्यो विकल्प पूर्ति गर्ने हैसियत राख्थ्यो। तर काम सुरु नभएबाट योजना योजनामै सीमित हुन पुगेको छ।

यो उद्यान शिलान्यास गर्दाका प्रधानमन्त्री नै अहिले पनि प्रधानमन्त्रीको आसनमा छन्। अर्को कुरा यो योजना अहिलेका प्रधानमन्त्री केपी ओलीको निवास बालकोट नजिकै पनि छ। त्यसैले आफैँले शिलान्यास गरेको, आफ्नै बस्ती नजिकको योजना यस्तो अलपत्रे अवस्थामा रहेर आफैँलाई गिज्याइरहेको वास्तविकताबाट उनी बेखबर छन् भन्ने सोच्न पनि सकिन्न। यस्तो अवस्थामा प्रधानमन्त्री स्वयं अघि सरेर भए पनि यसलाई उद्देश्यअनुरूप सम्पन्न गर्नु अन्य प्राणीको मात्र हैन, मानवकै पनि हितका खातिर जरुरी छ। जहाँसम्म डिपिआर हराउने तथा लापरबाही गर्ने कर्मचारी छन्, तिनलाई त सजायको दायरामा ल्याउनुपर्छ नै। 
अर्को समाचार
दैजि छेलामा २५ बर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास
१० फागुन २०७७
•
२ मिनेट पाठ
दैजि छेलामा २५ बर्षपछि औद्योगिक क्षेत्रको शिलान्यास
कंचनपुरको दैजी छेलामा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन । २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारका वेला दैजीछेलामा औद्योगिक क्षेत्रको स्थापना गर्न सर्भे अध्ययन गर्ने निर्णय गरिएको थियो । सर्भे अध्ययनका लागी बजेट समेत बिनियोजन गरिएको थियो । त्यसको २५ बर्षपछि पश्चिमको किनारामा पर्ने जिल्ला कंचनपुरको दैजीमा औद्योगिक क्षेत्रको शिलान्यास भएको छ । प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र स्थापनाले रोजगारी उपलब्ध, सिप बिकास र तालिम उपलब्धका साथै प्रविधीको विकास र हस्तान्तरण हुने बताए । ठूला, मझौला र साना उद्योगहरु स्थापना हुने उनले बताए ।  ‘बिभिन्न स्तरमा जमिन छुट्याएर उद्योगको प्रवृती हेरेर उद्योग संचालन गर्नेलाई जमिन उपलब्ध गराईने छ’उनले भने । ५ बर्षसम्म कर नलाग्ने, पानीको सुविधा, बिद्युतमा कर छुट उपलब्ध गराइने उनले बताए ।  




देशका बिभिन्न स्थानमा औद्योगिक क्षेत्र स्थापना गरिने भएकोमा सुदूरपश्चिमवाट औद्योगिक क्षेत्रको शिलान्यास शुरु गरिएको छ । बिगतमा सवै योजना र काम पुर्ववाट शुरु हुने गरेकोमा औद्योगिक क्षेत्रको शिलान्यास प्रधानमन्त्रीले सुदूरपश्चिमवाट शुरु गरेर नयाँ संदेश दिएको उद्योग तथा आपुर्ती मन्त्री लेखराज भट्टले बताए ।  ५ बर्षभित्र औद्योगिक क्षेत्र स्थापनाको काम सम्पन्न हुने उनले बताए । सरकारले बिद्युत,खानेपानी,जमिन, सडक लगायतका सवै पुर्वाधार तयार पारेर उद्योग संचालन गर्न चाहनेलाई आवश्यकता बमोजिम जमिन उपलब्ध गराउने छ । उद्योग संचालन गर्नेले आफू अनुकुल भवन लगायतको उद्योगको लागी आवश्यक संरचना निर्माण गर्ने छ । औद्योगिक क्षेत्रमा बैदेशिक लगानी पनि आकर्षित गरिने मन्त्री भट्टले बताए । सिमेन्ट लगायतका निर्माण सामग्री, खाद्यान वस्तु लगायत जडिबुटी प्रशोधन केन्द्र समेतका उद्योग याहाँ स्थापना हुने छन । ‘औद्योगिक क्षेत्रको स्थापनाले सुदूरपश्चिमको काचुली फेरिने छ’मन्त्रि भट्टले भने,‘यसले निर्यात बढेर देशकै व्यापार घाटा कम गर्ने छ।’

९ अर्बको लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने मन्त्री भट्टले बताए ।  विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना निर्माण हुने बताइएको छ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १ सय २४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट २२ हजार बढीले रोजगार पाउने अपेक्षा गरिएको छ ।  
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस