हवाई भाडाको हन्डर
२९ कार्तिक २०८१
•
३ मिनेट पाठ
हवाई भाडाको हन्डर
हवाई भाडाका दृष्टिले गन्तव्य काठमाडौं यात्रुका निम्ति कठिन बनिसकेको छ। यसको टिकटका लागि गरिने खर्चका आधारमा यो अत्यन्तै दुर्गमजस्तो बन्न पुगेको छ। नेपाल आउने र बाहिरिने हवाइजहाज कम्पनीहरूले भाडा चुलीमा पुर्‍याएका छन्। २५ हजार लाग्ने ठाउँमा ५० हजार र ४० हजार लाग्ने ठाउँमा ८० हजारभन्दा बढी भाडा लिने गरेका छन्। यही महँगो टिकट पनि चाहेका बेला नपाइने भएका कारण कालोबजारीबाट समेत खरिद गर्नुपर्ने बाध्यता नेपालीसामु सिर्जना भएको छ। तर पनि यो समस्या समाधानतर्फ सरकारले उचित कदम चालेको देखिन्न।




त्रिभुवन विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि भन्दै प्रत्येक दिन १० घण्टाका दरले बन्द गरिने सरकारी निर्णयसँग थुप्रै उडान कटौती भएका छन्। एकातिर उडान कटौती हुने अर्कोतिर यात्रुको चाप उत्तिकै रहेकाले एयरलायन्सहरूले नेपालीको यो बाध्यतालाई कमाउने मौकाका रूपमा उपयोग गरेका हुन्। नेपालमै शासकदेखि कर्मचारीसम्म र बिचौलियाबाट समेत ठगिएर वाक्कदिक्क भई विदेशिन लागेकालाई विदेशी एयरलायन्सले समेत परिस्थितिबाट फाइदा उठाइरहेका छन्।

नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा प्रत्येक दिनजसो १५ सयजनाका दरले वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। यति ठूलो संख्याका यात्रु बोक्ने क्षमतायुक्त जहाज नेपालसँग छैनन्। त्यसैले विदेशी एयरलायन्सहरूले उसै पनि नेपाली कामदारबाट अरबौँ रुपियाँ कमाइ गरिरहेका छन्। अझ उडान कम भएको निहुँमा दोब्बर, तेब्बर भाडा लिनु गरिब जनतामाथि तीव्र र अक्षम्य शोषण हो। जसमा मानवीयतासमेत हेरिएको देखिन्न।

शोषण गर्ने अवसर पर्खिनेहरू जहिले पनि र बहाना खोजेर बसेका हुन्छन्। अहिले यही बहाना ट्याक्सी वे निर्माण गर्ने भन्दै सरकारले नै उपलब्ध गराइदिएको छ। प्रत्येक दिन वैदेशिक रोजगारीमा जाने त छँदैछन्, त्यसमाथि पर्यटकीय मौसम सुरु भएकै बेला यस्तो मार्ग किन बनाउनुपरेको हो भन्ने प्रश्न पनि खडा भएको छ। त्यसमाथि यो काम विमानस्थल बन्द नगराइ वा अझ थोरै समय बन्द गराएर पो गर्न सकिन्थ्यो कि ? यसतर्फ पर्याप्त विचार पुर्‍याएको देखिन्न। यस्तो अवस्थाले विदेश जाने सबै नेपाली, विशेषगरी श्रमिकलाई त मार परेको छ नै, साथै पर्यटक आउने सम्भावना अत्यन्त क्षीण हुँदा मुलुकको राजस्व र पर्यटन व्यवसायसमेत प्रभावित हुने पक्कापक्की छ।

ठीक यतिबेलै भैरहवा विमानस्थलमा केही विदेशी एयरलायन्सका उडान सुरु भएको छ। त्रिभुवन विमानस्थलको काम सक्दो चाँडो सम्पन्न गर्ने र सम्पन्न नहुन्जेलका लागि यहाँ कटौती गरिएका उडानलाई भैरहवाबाट नियमित गर्ने व्यवस्था मिलाउन सके शोषणको बहाना केही कम गर्न सकिन्छ। जहाँसम्म ह्वात्तै बढाइएको भाडा दर छ, त्यसलाई प्रष्टीकरण सोधेर वा वैधानिक मार्ग अपनाएर समाधान गरिनुपर्छ। नेपालमा जे पनि गर्न पाइन्छ भन्ने विदेशी एयरलायन्सहरूलाई लागेको हुन सक्छ, यो बुझाइलाई सुधार गराउने दायित्व सरकारको हो।

एकातिर वैदेशिक रोजगारीका लागि तोकिएकै दिन पुग्नैपर्ने अर्कोतर्फ टिकट नपाइने बहाना देखाएर यहीबेला दिन दुगुना, रात चौगुनाका दरले बिचौलियाहरूले टिकटको कालोबजारी धन्दा जमाएका छन्। टिकटको मूल्य एउटा विन्दुभन्दा माथि जान नदिन प्रयास गरेको देखिएन। गरिएका प्रयास पनि पर्याप्त भएनन्। स्वदेशमा रोजगारी अभावमा ऋण गरेर विदेशिन लागेकाहरूमाथि थप समस्या आइलाग्न नदिन पनि सरकारले वैकल्पिक उपाय अपनाउनै पर्छ।

मुख्य कुरा बेला न कुबेला, बिना कुनै उचित कारण भाडा वृद्धि नै अनुचित छ। दोस्रो कुरा, यतिबेला नै किन र लामो समय विमानस्थल बन्द गर्नुपर्ने हो भन्नेमै रहस्य छ। यस्ता विषयलाई समाधान गरेर अघि बढ्नुपर्छ। तेस्रो कुरा, अहिले भैरहवा विमानस्थललाई व्यवस्थापन र नियमित गर्ने अवसर पनि हो। त्यसैले काठमाडौँमा उडान गरिरहेकालाई यहाँ बढी भाडा लिन नदिई भैरहवामा उडान गर्ने वातावरण सरकारीतवरबाटै मिलाइनुपर्छ। र, नमानेमा उनीहरूलाई उडानमा प्रतिबन्धसमेत लगाउन सकिन्छ। मुख्य कुरा सरकार आफ्ना नागरिकलाई ठगिन नदिन दृढ अठोटका साथ अग्रसर हुनै पर्छ। देशभित्र आउने पर्यटक मात्र होइन काम खोज्न विदेश जाने नेपाली दुबैको हीतका निम्ति क्रियाशील हुन सरकारले ढिला गर्नु हुँदैन। 
अर्को समाचार
हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय (विज्ञप्तिसहित)
१३ असोज २०८१
•
१ मिनेट पाठ
हवाई टिकटको अधिकतम मूल्य नलिने सङ्घको निर्णय (विज्ञप्तिसहित)
विमान कम्पनीहरुले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन् । विपत्तिको समयमा महङ्गो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।




सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिए।उनले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्याण्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताए । यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उनको भनाइ छ ।

हवाई भाडा महङ्गो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरुसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध  गरेका थिए ।

हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले पनि  विपदको अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरुलाई आग्रह गरेको जनाएको छ । “कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ”,  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने ।

हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप भढेकाले हवाई भाडा बढेको हुनसक्ने उनको भनाइ छ । “एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरुले भाडा निर्धारण गर्ने चलन छ”, उनले भने ।

हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वभाविक रुपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो ।

कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस