समाज जोड्दै छठ
२१ कार्तिक २०८१
•
४ मिनेट पाठ
समाज जोड्दै छठ
कुनैबेला थियो, जतिबेला छठ पर्वलाई भोजपुरी र मैथिलीभाषी हिन्दुको मुख्य चाडका रूपमा अथ्र्याइन्थ्यो। हुन पनि यो पर्व यिनै समुदायमा विशेष रौनकसाथ मनाइन्थ्यो भने अन्यत्र यसको महत्ता बुझिसकिएको थिएन। यतिबेला यसले व्यापकता पाइसकेको छ। छठ अब न तराईको मात्र पर्व रह्यो न त भोजपुरी, मैथिली जस्ता भाषाविशेषमा मात्र केन्द्रित। यो त तराईदेखि पहाड हुँदै हिमालसम्म र भोजपुरीदेखि खस हुँदै नेवारी भाषभाषीसम्म जताततै फैलिइसकेको छ। जसको प्रमाण यतिबेला सर्वत्र देख्न सकिन्छ।




कात्तिक शुक्ल पक्षको चौथो तिथि पारेर सुरु हुने यो पर्व मंगलबारबाट मनाउन थालिइसकिएको छ। सत्य र अहिंसाप्रति मानव रुचि बढाउने मुख्य विशेषतायुक्त छठ पर्व सबै प्राणीप्रति दयावान बन्न प्रेरित गर्ने चाडसमेत हो। त्यसैले न यो पर्व हिंसात्मक हुने गर्छ न त खासै तडकभडक नै। यही कारण पनि छठ पर्वमा विशेषगरी केरा, सुन्तला, नरिवल जस्ता फलफूल र उखु, मुला, अदुवाको बोट आदि छठी मातालाई अर्पण गर्ने चलन छ ।

यो पर्वका अवसरमा पहिलो दिन नुहाएर सफासुग्घर भइ अलिनो खाना खाने, दोस्रो दिन निराहार बस्ने र साँझपख छठी माईको पूजा गरी प्रसाद ग्रहण गर्ने गरिन्छ भने तेस्रो दिन निराहार बसी ठेकुवा नामक परिकार बनाइन्छ। जुन छठका बेला बनाइने मुख्य र विशेष परिकार पनि हो। अनि साँझ पोखरी, नदी आदिमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। चौथो दिनचाहिँ बिहानै उदाउँदो सूर्यलाई अर्घ दिइ व्रत तथा पर्व समापन गरिन्छ।

यसरी हेर्दा यो पर्व सूर्यको उपासनासँग सम्बन्धित छ। सौर्य प्रकाश र तापविना यो सृष्टिको परिकल्पना हुन सक्दैन। प्रकाश र ताप नहुने बित्तिकै सबै वनस्पति र प्राणीको अन्त्य हुन्छ। केही मानिस सूर्यबिहीन पृथ्वीमा केही दिन, महिला वा केही वर्ष बाँच सके पनि यो निरन्तर चल्न सक्दैन भन्ने तथ्यलाई संसारले बुझिसकेको छ। यही पक्षलाई बुझेका हाम्रा पुर्खाले सुर्योपासनालाई विशेष महत्त्व दिएको हुनुपर्छ। छठ पर्वमा व्रत लिँदा जे जस्ता उपलब्धि हुने कल्पना गरिएको छ, त्यसलाई अन्यथा ठान्नु पर्दैन। विशेषगरी महिलाहरू यो पर्वभर निराहार बस्छन् र आफ्नो तथा परिवार र समस्त लोकको भलाइको कामना गर्छन्। सँगै आफन्तजन र अतिथिजनलाई समेत बोलाएर प्रसाद ग्रहण गराउने, सत्कार गर्ने कर्ममा पनि उत्तिकै तल्लीन रहन्छन्। यसले सामाजिक सद्भाव बनाउन पनि विशेष भूमिका खेल्छ।  

राजधानीका गुहेश्वरी, थापाथलीलगायतका नदीहरू तिहार लगत्तै झिलिमिली हुने गरेका छन् छठको तयारीका लागि। पहिले पहिले छठ पर्व मनाउनकै लागि तराई जाने गरेका श्रद्धालुहरू अब संघीय राजधानी र अन्यत्र सहर÷गाउँमा समेत यस पर्वको रौनक बढ्दै गएकाले आआफ्नै ठाउँमा धूमधामसँग मनाउने अवस्था सिर्जना भएको छ। छठ पछिल्ला वर्षहरूमा सर्वप्रिय बन्दै गएको छ। यसै पनि हाम्रा सबैखाले नागरिकबीच सद्भावपूर्ण रहेको छ। कसैले गरेको तीर्थव्रतबाट प्रेरित भएर त्यसलाई अपनाउने उत्सुकता सबैमा देखिन्छ। यसले हाम्रो समाजमा रहेको उदारतालाई समेत देखाउँन्छ। यही कारण पनि छठ अब कुनै वर्गविशेष, समुदायविशेष र ठाउँविशेषको मात्र पर्व रहेन। एकापसमा घुलमिल हुने, साझा थलोमा बस्ने र पूजाआजा गर्ने, मिलिजुली प्रसाद ग्रहण गर्ने, छठी माताको विशेष प्रसाद ठेकुवाको स्वाद लिने र पछि पछिसम्म पनि सम्झिरहने जस्ता कार्यले एकापसमा सम्बन्ध गाढा तुल्याएको छ। त्यसैले पनि छठ विस्तार छरिएका मनहरू जोड्ने माध्यमका रूपमा विकास भइरहेको छ। जसलाई निकै सकारात्मक पक्ष मान्नुपर्छ ।

नेपाल पर्व र चाडको खुला संग्रहालय हो। आधुनिक विकासको चरम चुलीमा पुगेर पनि आनन्दको खोजी र सुन्दर हिमालदेखि तरेली फाँटसम्मको अनुभव गर्न चाहनेलाई यी चाडले थप उत्साहित तुल्याउँछन्। भर्खरै सकिएका दसैँ, तिहार र अहिले जारी छठ यसका उदाहरण हुन्। जतिबेला जस्तासुकै अप्ठेरोलाई पनि थाती राखेर नेपालीहरू रमाउन जानेका छन्। यसले मानिसको खुसीको रेखालाई माथि लैजान मद्दत गर्छ।  

भद्रपुरको मेची नदी होस् या काठमाडौँको मनोहरा, सर्लाहीको वाग्मती होस् या सिन्धुलीको मरिण, वीरगञ्जको घडीअर्वा होस् या जनकपुरको गंगासागर, नेपालगञ्जको रानीतलाउ होस् या कैलालीको घोडाघोडी, कुनै यस्तो ठाउँ भेटिन्न जहाँका नदी र तलाउ छठ मनाउनेहरूको आस्थाले भरिभराउ नहोस्। केराको खम्बा र हरिया तरकारी अनि बाँस÷निगालोका ढकी र फूलप्रसादले सजिसजाउ नहुन्। जहाँ न पहाडे मात्र भेटिन्छन् न त तराईबासी मात्र। न भोजपुरीभाषी मात्र सामेल हुन्छन् न त थारूभाषी मात्र। त्यसैले यो पर्व त्यस्तो रंगीन संसारमय हुन्छ जहाँ धर्तीमा सिर्जना भएका सबै रंग, वर्ग, समुदाय, क्षेत्र आदिको प्रतिनिधित्व क्रमशः बढ्दो छ। त्यसैले त छठ एउटा पर्व मात्र नभएर पछिल्लो समय मुलुकलाई एउटै मालामा सजाउने धागोका रूपमा परिणत भइरहेको छ।  

यस्तो महत्वपूर्ण पर्वमा सामेल सम्पूर्ण आस्थावानप्रति शुभकामना !
अर्को समाचार
सामाजिक सञ्जाल, समाज जोड्दै कि तोड्दै ?
१० कार्तिक २०७३
•
४ मिनेट पाठ
सामाजिक सञ्जाल, समाज जोड्दै कि तोड्दै ?
सामाजिक सञ्जालको दुरुपयोग विरुद्ध बुधबार भरतपुरमा महिलाहरुले गरेको प्रदर्शन
चितवन–फेसबुक ट्विटर जस्ता इन्टरनेटमा आधारित सामाजिक सञ्जालको प्रयोग बढेसँगै दुरुपयोग पनि हुने गरेको छ। कम्प्युटर, ल्यापटपबाट मात्रै नभएर खल्तीमा अटाउने मोबाइल फोनसेटबाट समेत सहजै चलाउन मिल्ने सामाजिक सञ्जालले मान्छेलाई असामाजिक त बनाउँदै छैन? बुधबार भरतपुरमा यही प्रश्नसहित महिलाहरुले प्रर्दशन गरेका छन्।




‘सामाजिक सञ्जाल, समाज जोड्दै कि तोड्दै? सामाजिक सञ्जाललाई असामाजिक नबनाऔं, साइबर अपराध र सामाजिक सञ्जालबाट हुने अपराध रोक्न प्रहरी एकजुट होस, फेसबुक जस्तो सामाजिक सञ्जालको कसैले दुरुपयोग नगरौं, दुरुपयोग गर्नेलाई सम्झाउ’ जस्ता प्लेकार्ड बोकेर महिलाहरु र्यालीमा सहभागि भएका थिए।

भरतपुर चौविसकोठीबाट महिलाहरुले निकालेको र्याली चितवन जिल्ला प्रशासन कार्यालयमा पुगेर सकिएको थियो। महिलाले चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मालाई ज्ञापनपत्र बुझाए। चितवनमा क्रियाशील विभिन्न ३१ वटा संघ संस्थाले गठन गरेको सामाजिक सञ्जाल दुरुपोग विरुद्धको अभियान चितवन नामक संस्थाले प्रदर्शन आयोजना गरेको हो।

‘दुरुपयोग रोक्ने यो अभियानलाई हामी चितवनबाट देशव्यापी बनाउने योजनामा छौं’, ज्ञापनपत्र बुझाउँदै अन्तरपार्टी महिला सञ्जाल चितवनकी संयोजक संगिता भट्टराईले भनिन्। सामाजिक सञ्जालको दुरुपयोग हुँदा महिलाहरु नै बढी पीडित हुनु परेको उनले बताइन्। गाली गलौज र लाञ्छना लगाउने मात्रै नभएर हत्यासम्मका घटनाहरु हुने गरेको उनको भनाइ छ।

‘चितवन जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आउने धेरै जस्ता अपराधसँग सम्बन्धित उजुरीहरु फेसबुकका कारण महिलालाई परेको मर्कासँग सम्बन्धित छ। गाली गलौज र चरित्र हत्या मात्रै नभएर फेसबुकबाट बसेको सम्बन्धले महिला हत्यासम्म भएको घटना प्रहरीमा छ’, भट्टराईले भनिन्।

‘सामाजिक सञ्जाल तथा अनलाइनहरुमा जथाभावी लेख्ने, अश्लिल सामाग्रीहरु राख्ने, शिष्टाचार र नैतिकताभन्दा बाहिर गएर व्यक्ति र संस्थामाथि लाञ्छना लगाउने, सामाजिक सद्भाव भड्काउने जस्ता विषयप्रति सरकार गम्भिर हुँनैपर्छ। त्यसो गर्नेलाई कारवाही हुनु पर्छ’, महिलाहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ। कानुन नै बनाएर यस्ता कुरामा कडाइ गर्न महिलाहरुले माग गरेका छन्।

‘हाम्रो यो अभियान जनमानसलाई सजग गराउने, दुरुपयोग गर्नेलाई निरुत्साहित गराउने र सरकारलाई कारवाहीका लागि दबाव दिन सुरु भएको हो’, महिला नेतृ सरिता केसीले भनिन्। प्रदर्शनको समिक्षा र आगामी कार्यक्रमको रुपरेखा तयार गर्न चाडै बैठक बस्ने उनले जानकारी दिइन्।

‘व्यक्तिको मान प्रतिष्ठामाथि आक्रमण हुने, बालबालिकाहरु आफ्नो पढाइ र जिम्मेवारीबाट विमुख हुने र ठगी र हत्यासम्मका घटना बढेका कारण आज यसरी जाग्नु परेको हो’, प्रदर्शनमा सहभागी सकुन्तला हमालले भनिन्। उनले फेसबुक जस्ता सामाजिक सञ्जालबाट हुने दुरुपयोग रोक्न व्यक्ति सचेत र सरकार सशक्त हुनु पर्ने बताइन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस