अब बिजुली बेच्छ नेपाल
०५ भदौ २०८१
•
४ मिनेट पाठ
अब बिजुली बेच्छ नेपाल
नेपालले भारतलाई झन्डै एक हजार मेगावाट बिजुली निर्यात गर्ने भएको छ। सोमबार नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा यसअघि ६ सय ९० मेगावाट निर्यातको स्वीकृत पाएको नेपालले थप दुई सय ५१ मेगावाटका लागि पनि सहमति पाएको हो। ‘नेपालले पहिलोपटक विहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएको छ। यो एउटा नयाँ कोसेढुंगाका रूपमा रहेको छ।’




लामो समयदेखि देशी–विदेशी विज्ञहरू भनिरहन्थे, ‘जलस्रोतको धनी देश नेपाल जलविद्युत्मा आत्मनिर्भर मात्र होइन, बिजुली निर्यात पनि गर्नसक्छ।’ तर, नेपालीका लागि यो कुरा स्वैरकल्पनामा सीमित थियो किनकि वास्तविकता बेग्लै थियो। हामी दशकअघिसम्म दैनिक १८ घण्टासम्म लोडसेडिङ सहन बाध्य थियौं। यसले नागरिकमा चौतर्फी अवसाद थपेको थियो। तर, अहिले अवस्था फरक छ। थाहा भयो, ठूला व्यापारिक घरानालाई डेडिकेटेड लाइनका कारण जनताले अँध्यारोको सास्ती भोग्नुपरेको यथार्थ सामुन्ने आयो। त्यसपछि बिस्तारै नियमित लोडसेडिङ हट्न थाल्यो। अहिले हामीलाई केही छिन बिजुली नआउँदा नै छटपटी हुने भइसक्यो। त्यही अँध्यारो देश नेपालले आज भारतलाई बिजुली बेच्ने भयो। कतिपयका लागि असत्यजस्तो लागे पनि यो सत्य हुनआयो।

भारतका अनुसार, नेपालबाट १० जलविद्युत् आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् विहारलाई र दुई जलविद्युत् आयोजनाबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीहरूलाई बिक्री गरिनेछ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विहार र हरियाणालाई बिक्री गर्ने छ। प्राधिकरणले अहिले हरियाणा राज्यलाई एक सय नौ मेगावाट विद्युत् प्रतियुनिट आठ रूपैयाँ ७२ पैसा (५.४५ भारु) मा बिक्री गरिरहेको छ। बिहारसँग प्रसारण लाइन जोडिएका कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ। हरियाणामा भने लिखु–१ र लिखु–२ बाट उत्पादित विद्युत् बिक्री गरिनेछ। विद्युत् प्राधिकरणले गत आव २०८०/८१ मा एक अर्ब ९४ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरी १७ अर्ब सात करोड रूपैयाँ आम्दानी गरेको थियो। सन् २०२१ अक्टोबरमा भारतले पहिलोपटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो। इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ।

नेपालले हिउँद याममा भारतबाट विद्युत् आयात गर्छ। आगामी केही वर्ष हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने प्राधिकरणले जनाएको छ। नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ। ‘अब विद्युत् निर्यातको परिणाम बढ्दै जानेछ,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भनेका छन्, ‘चालु आवमा २५ अर्ब रूपैयाँ बराबरको विद्युत् निर्यातको लक्ष्य राखिएको छ ।’ यो लक्ष्य पूरा गर्न सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने प्रसारण लाइन सञ्जाल विस्तार हुने सुनिश्चित गरिएको प्राधिकरणको दाबी छ। नेपालले बंगलादेशमा पनि विद्युत् निर्यात गर्ने तयारी गरेको छ। बाङ्लादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता गर्ने तयारी गरेको भए पनि बाङ्लादेशको पछिल्लो राजनीतिक घटनाक्रमले रोकिएको छ। यस्तो देखिन्छ कि, नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा बढेको छ।

देशभित्रै जलविद्युत् उत्पादन गर्नु, पूरै देशलाई विद्युतीकरण गर्नु, खपत बढाउनु, बचेको विद्युत् निर्यात गर्नु प्रभावकारी विद्युत् व्यवस्थापनका कार्य हुन्। सम्भवतः लोडसेडिङबाट मुक्ति र विद्युत् निर्यात नेपालले बितेको दशकमा गरेको सबैभन्दा ठूलो उपलब्धि हो। यसले देशमा उज्यालो मात्र होइन, आत्मविश्वाससमेत छरेको छ। तर, हामीले बिजुली बेचेरै समृद्ध बन्ने एकोहोरो सपना देखिरहेका छौं भने त्यो भ्रान्तिबाट जतिसक्दो चाँडो मुक्त हुनुपर्छ। जलस्रोतविज्ञहरूले नेपाल बिजुली बेचेरै मात्र धनी बन्न नसक्ने बरु थप परनिर्भरताको बाटोमा जाने तर्क पनि गरिरहेका छन्। उनीहरूको मतमा कृषि र उद्योगधन्दा नै दीगो विकासको एकमात्र सुत्र र साध्य हो। बिजुली बेच्ने निहुँमा हाम्रो जलस्रोत दोहन हुने र यसले समग्र देशलाई नै जोखिममा पार्ने तर्क पनि गर्न थालिएको छ। त्यसकारण विद्युत् निर्यातमा खुसी मनाइरहँदा विकास र विनाशको यो भाष्यतर्फ पनि ध्यान दिनु आवश्यक देखिन्छ। 
अर्को समाचार
बेहुलाको गलामा एक करोड ३३ लाखको माला : छतदेखि सडकसम्म मानिसहरूले गन्न थाले
२४ जेष्ठ २०८२
•
१ मिनेट पाठ
बेहुलाको गलामा एक करोड ३३ लाखको माला : छतदेखि सडकसम्म मानिसहरूले गन्न थाले
पछिल्ला दिनमा सामाजिक सञ्जालमा एउटा रोचक भिडियो भाइरल भइरहेको छ। भाइरल भिडियोमा एक दुलहाले आफ्नो गलामा नोटको लामो र भारी माला लगाएको देखिन्छ। 




भिडियोमा गरिएको दाबी अनुसार यो मालामा एक करोड ३३ लाख भारतीय रुपैयाँका नोट छन्। माला यति लामो छ कि यो छतबाट सुरु भएर सडकसम्म पुग्छ।

भाइरल भिडियोमा स्पष्ट देखिन्छ कि नोटको माला विवाह समारोहको एक भाग हो। मानिसहरूको भीड यो दृश्य हेर्न उत्साहित छ। मालामा पाँच सय रुपैयाँका नोटहरू जोडिएका छन्, जुन सडकमा कार्पेटजस्तै फैलिएको छ। दुलहाले यो माला गर्वका साथ लगाएका छन्।

माला र त्यसको दाबीबारे कुनै आधिकारिक पुष्टि भएको छैन। कतिपयले सार्वजनिक रूपमा यत्राे रकम देखाउनु बुद्धिमानी हो भन्दै प्रश्न उठाएका छन्। धेरैले समाजमा बढ्दो फजुल खर्चको प्रतीक मानेका छन्। मालाको मूल्य ३३ लाख रुपैयाँको हाराहारीमा हुन सक्ने अनुमान गरेका छन्।

यो भिडियो इन्स्टाग्राममा आमिर मेवातीले सेयर गरेका थिए, जसलाई कराेडाैं पटक हेरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो भिडियो भारतकाे नै हाे। तर कुन सहर वा राज्यको हो भन्ने स्पष्ट छैन। कतिपयले यस्तो खर्चलाई फजुल मानेका छन्, भने कतिपयले सबैलाई आ-आफ्नै तरिकाले उत्सव मनाउने अधिकार भएको तर्क गरेका छन्। एजेन्सी
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस