भुटानी नागरिकका अविराम आँसु
०६ साउन २०८१
•
४ मिनेट पाठ
भुटानी नागरिकका अविराम आँसु
साउने झरीसँगै शुक्रबार ललितपुर आँसुले पनि भिज्यो। रामबहादुर राई, मधुकर मगर र मानबहादुर खालिङ राईले आफूले भोगेका यातना र पहिचान पीडा बताइरहेका उनीहरू मात्र होइन, उपस्थित धेरैका आँखा रसाए। यी तीन, जसलाई भुटान सरकारले क्रमशः ३२, ३० र २० वर्ष कारागारमा राख्यो र भर्खरै मात्र अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी संस्थाको दबाबमा छाड्न बाध्य भयो।




‘विश्वले नदेखेका भुटानका राजबन्दी’ शीर्षकमा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको छलफलमा उपस्थित यी राजबन्दीले अहिले आफूहरू देशविहीन भएको बताए। भुटानले जेलमुक्त गरेर भारतको सीमामा छाडिदिएपछि त्यहाँबाट नेपालस्थित शरणार्थी शिविर आइपुगेका उनीहरूसँग अहिले उनीहरूसँग यतिबेला थुनाबाट निस्कँदा भुटान प्रहरीले दिएको कागजबाहेक अन्य कुनै परिचयपत्र छैन। 

‘उडिराखेको चरालाई धेरै वर्ष पिँजडामा राखेर छाडिएजस्तै म जेलबाट निस्किँदा निकै खुसी भएँ,’ ६३ वर्षीय रामबहादुरले राईले भने, ‘नेपाल आइपुगेपछि भने म निकै दुःखी भएँ, न गाँस छ न बास।’

भुटानका जेलबाट मुस्किलले यहाँ आएका उनीहरूले देशसँगै यतिबेला परिवारको सदस्यहरूको पनि पत्तो लगाउन सकेका छैनन्। तेस्रो देशमा पुनर्वासका क्रममा श्रीमती, छोराछोरी फरकफरक देशमा छन्। पहिले मरे–बाँचेका टुंगो नलागेका र त्यसपछि जेलबाट फर्केर आउने–नआउने टुंगो भएका यस्ता आस्थाका बन्दीको परिवार विभक्त छ। जस्तो कि छोराछोरी र पत्नी अमेरिकामा पुनर्वासका लागि गएपछि मधुकर एक्लो भएका छन्। जेलबाट छुटेपछिका सुखद कल्पना अहिले पीडामा परिणत भएको छ। ‘सम्बन्ध र साइनो पनि निकटतामा मात्र हुने रहेछ, अहिले नेपाल नआएको भए हुने रहेछ जस्तो पनि लागेको छ,’ उनले भने, ‘भोटेले कुटेको शरीर दुखेर रातभरि सुत्न सक्दिनँ ।’

सन् १९९० को दशकमा भुटानबाट खेदिएका झन्डै डेढ लाख नेपालीभाषी भुटानी यसैगरी भारत हुँदै पूर्वी नेपालको झापा, मेचीपुल तरेर नेपाल आइपुगेका थिए। शरणको मरण हुनुहुँदैन भन्ने नेपाली उदारताले यी भुटानीलाई वर्षौंसम्म झापा र मोरङमा शिविर बनाएर न्यूनतम गाँस र बासको व्यवस्था गर्‍यो। यसमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) लगायत दातृ निकायले पनि सहयोग गरे । यसबीचमा नेपाल र भुटानबीच थुप्रै पटक शरणार्थीलाई देश नै फर्काउने वार्ता पनि भयो । पहिले त भुटानले आफ्ना देशका नागरिकलाई नै समेत चिन्न अस्वीकार गर्दै ती भुटानी नभएको झुट फैलायो । पछि तिनले आफूखुसी देश छाडेकाले फर्काउन नसकिने बतायो । आफ्नो देश फर्कन चाहने भुटानीलाई भारतले झापा सीमामै सुरक्षा फौज प्रयोग गरेर रोक्यो।

भुटानीलाई भारत हुँदै आउन दिने तर त्यही बाटो हुँदै फर्कन नदिने यो भारतको सरासर गलत नीति थियो । भारतले भुटानी जनता होइन, क्रूर शासकको पक्षपोषण गर्नु आफैंमा अस्वाभाविक थियो। भुटानले किन नियोजित रूपमा नेपालीभाषी भुटानीलाई शत्रु देख्न थाल्यो र यसमा कसरी भारतको समर्थन थियो भन्नेबारे तत्कालीन समयमा भारत (भुटानसमेत) को समेत राजदूत भएका डा. भेषबहादुर थापाले आफ्नो पुस्तक ‘राष्ट्र–परराष्ट्र’मा लेखेका छन्– भुटानी राजाले भारतीय प्रधानमन्त्रीसँग सन् १९८९ ताका नै अलिखित समझदारी गरेका थिए । भुटानी शासकको मनमा आफ्नो देशमा भुटानीहरू अल्पसंख्यामा पर्ने अवस्था सिर्जना भएको लाग्न थाल्यो । दक्षिणी भुटानमा धेरै अघिदेखि बसोबास गर्नेमा नेपालीभाषी नै थिए । उनीहरू खेतीपातीमा संलग्न थिए। भुटानले बिस्तारै भाषा र संस्कृतिका आधारमा भुटानीकरण गर्न थाल्यो । उनीहरूले नेपाली मूलका बासिन्दालाई गैरभुटानी देख्न थाले । तर कानुनी प्रक्रिया पूरा गरी लामो समय बसोबास गरिरहेका नेपाली मूलका बासिन्दाको नागरिकता र सम्पत्तिको पुर्जासमेत थियो। भुटानी शासकले यिनीहरूलाई बिस्तारै धपाउने आन्तरिक नीति तय गरे। कुनै न कुनै प्रकारको भारतीय सहयोग र समर्थनबेगर उनीहरूको निर्णय सहज रूपमा कार्यान्वयन हुन सक्नेअवस्था थिएन।

देश फर्कने आशामा एउटा पुस्ता नेपालमै मृत्युवरण गर्ने र नेपालमै नयाँ शरणार्थी पुस्ता हुर्कंदै गरेको अवस्थामा सन् २००७ मा भुटानी शरणार्थीलाई तेस्रो देशमा बसोबास गर्ने नीति रचियो, जसबाट अहिलेसम्म एक लाख १३ हजारभन्दा बढी शरणार्थीले लाभ लिइसकेका छन्।

झन्डै सात हजार भने अहिले पनि शिविरमै जीवन बिताइरहेका छन्, जसमध्ये केही अझै जन्मभूमि भुटानमै मर्न चाहन्छन्। नेपाल बसिरहेका शरणार्थीकै समस्या समाधान नभएको, दातृ निकायको सहयोग नगण्य बराबर रहेको अहिलेको अवस्थामा भुटानी आस्थाका बन्दीको आगमन अर्को नेपालका लागि थप बोझ बनेको छ। शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पक्षराष्ट्र पनि नेपालले शरण पर्नेलाई मरण नहुँदानहुँदै पनि नेपालले भुटानीसँगै अन्य देशका शरणार्थीमा पनि मानवताको दृष्टिले समभाव राखेको अन्तर्राष्ट्रिय जगत्लाई थाहा छ। तर, आफ्नो सुरक्षा संवेदनशीलतामै आँच आउन सक्ने अवस्थामा नेपालले सधैंभरि यो धैर्य कायम राख्न सक्तैन भन्नेमा पनि धेरैको ध्यान जानुपर्छ, खासगरी अन्य दक्षिण एसियाली राष्ट्रको।

शरणार्थी सम्बन्धमा विश्वलाई ढाँट्न सफल भएजस्तो देखिएको भुटान केही वर्षदेखि विदेशमा ‘कुल ग्रार्हस्थ्य खुसी’ नारा बेचिरहेको छ तर उसलाई अनागरिक बनाइएका आफ्ना नागरिकको आँसुले पिरोल्नेछ । नेपालले यसका लागि थप समय पर्खन सक्दैन। अब अति भइसकेको छ, त्यसैले भुटानलाई आफ्नो अपराधबोध गराउन र भारतलाई दोधारे नीति ल्याग्न बाध्य बनाउने विदेश नीति नयाँ परराष्ट्रमन्त्री आरजु देउवाको प्राथमिकतामा पर्नुपर्छ। यसो गर्न नसकिए कहिल्यै उपनिवेश नभएको सार्वभौमसत्ता सम्पन्न मुलुक नेपाल शरणार्थी प्रकरणमा भुटानसँग झुकेको सन्देश जानु राष्ट्रिय सुरक्षाका लागि घात ठहरिनेछ।
अर्को समाचार
सोनियाले खाजा खर्च र दक्षिणा जोगाएर १४ लाख रुपैयाँ बराबरको सहयोग शरणार्थीलाई बाडिन्
१४ मंसिर २०८१
•
१ मिनेट पाठ
सोनियाले खाजा खर्च र दक्षिणा  जोगाएर १४ लाख रुपैयाँ बराबरको सहयोग शरणार्थीलाई बाडिन्
अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छन्।




बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर दुवै शिविरमा बस्ने बृद्धबृद्धा र असक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेको अधिकारीले बताइन्। उनले १४ लाख रुपैयाँ बराबरका कम्बल र शैक्षिक सामाग्री बितरण गरेको बताइन्।  

कक्षा १२ अध्ययनरत अधिकारीको इच्छा १८औँ जन्मदिनको अवसरमा वितरण गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक नेपाल आएर न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको उनले सुनाइन्। उनले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकी हुन्।  

“मलाई यहाँ आएर सहयोग गर्न मन थियो । त्यो पनि आफैंले जम्मा गरेको रकमले, त्यो सपना पूरा भएको छ”, अधिकारीले भनिन्, “मैले केही वर्षदेखि नै खाजा खर्च, दसैँ, तिहार, जन्मदिन र अरु अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिए । त्यो रकम मलाई अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएकी हुँ । सहयोग गर्न पाउँदा खुसी लागेको छ ।”  

सोनिया अधिकारी पनि झापाको टिमाई शरणार्थी शिविरमै जन्मिएकी हुन्। डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी सोनिया चार वर्षको हुँदा आमाबुबासँगै अमेरिका पुगेकी थिइन्।  

डिल्लीले  शरणार्थी शिविरमा बस्ने बृद्धबृद्धा र असक्तहरुलाई मासिक पाँच हजार रुपैयाँ वितरण गरिरहेको बताए। रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस